देवी खड्का

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

राजनैतिक लगानी र उमेरले पनि 'हजुरबा' पर्ने कांग्रेसभित्रका इमान्दार नेता भीमबहादुर तामाङलाई हराएर देवी खड्का 'अस्मिता' सभासद् बन्नुभएको थियो। आफ्ना दाजुहरू राजनीतिमा होमिएकाले सानैदेखि राजनीतिमा लाग्नुभएकी देवी अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष, माओवादी दोलखा इन्चार्ज र राज्य समिति सदस्य हुनुहुन्छ। खड्का दम्पति नै प्रत्यक्ष चुनावबाट संविधानसभामा जाने चार जोडी मध्ये एक जोडी हो खड्कादम्पति पनि। उहाँका श्रीमान् राजकुमार श्रेष्ठ सिन्धुपाल्चोक -१बाट चुनिनुभएको छ।

सैन्य हिरासतमा चरम यातना पाउनुभएकी खड्काकी काइला दाजु रितबहादुर खड्का माओवादी केन्द्रीय सदस्य हुनुहुन्थ्यो। हिरासतमा रहेको बेला वीरअस्पतालबाट फरार हुनुभएका खड्काकी दाजु रितलाई सेनाले मारेको थियो। ०५५मा माओवादीको जिल्ला समितिमा पुग्नुभएकी खड्का दुई वर्ष माओवादी दोलखा सचिव बन्नुभयो। त्यसपछि इन्चार्ज। जनमुक्ति सेनामा उहाँ प्लाटुन कमाण्डर बन्नुभयो। मैनापोखरी, मुडे देउरालीलगायतका थुप्र्रै भिडन्तमा भाग लिनुभयो। उहाँका जेठा दाजु जेलमा मारिनुभएको थियो।

शिक्षा स्वास्थ्य र रोजगारलाई जनताको मौलिक हकको रूपमा सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। माओवादीको सही विचार र दाजु रितबहादुर खड्काको योगदान र आफ्नो पनि त्यागका कारण आफूलाई जिताएको उहाँको भनाइ छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा