देवी लाल चौधरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माओवादी शसस्त्र संघर्ष सुरु भए देखि विद्यार्थी राजनीतिमा लागेका देबीलाल चौधरी २०५४ साल देखि माओवादी राजनीतिमा आकर्षित हुनुभएको थियो। एस. एल. सी. सम्मको औपचारिक शिक्षा लिनु भएका चौधरीले माओवादीको स्थानीय सेलको सचिव हुँदै जिल्ला समितिको सदस्य भएर पनि काम गरिसक्नु भएको छ।

२०५८ साल मन्सिर २४ गते जेल परेका चौधरी, २०६१ साल भदौ २६ गते महेन्द्रनगर जेलब्रेक गरी भागेका माओवादी कार्यकर्ताहरू मध्येका एक हुनुहुन्छ। चौधरीकै नेतृत्वमा महेन्द्रनगरको जेलको पर्खाल भत्काएर १९ जना माओवादी र २ जना अन्य संगै एकजना प्रहरी ग्रिनेट र राइफलसहित बाहिर निस्केका थिए।

निम्न बर्गको पारिवारिक पृष्ठभूमिको व्यक्ती बताउने चौधरीका भाइ पनि माओवादीको कलाकारमा पर्नुहुन्छ। २०५२ सालदेखि २०५६ सालसम्म शिक्षण पेशा अपनाउनु भएको चौधरी २०५६ सालदेखि भूमिगत हुनु भएको हो।

माओवादी पार्टीले लिएको सही राजनैतिक कार्यदिशा र जनताले परिवर्तनका लागि माओवादी पार्टी र आफूलाई विजयी बनाएको चौधरीको विश्वास छ। राष्ट्रिय अख48डतामा ध्यान दिदैं गरीब जनताको पक्षमा परिवर्तनकारी संविधान लेख्ने चौधरीको लक्षय रहेको छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा