देव प्रसाद गुरुङ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
दुई ठाउँबाट विजयी हुने पाँच सभासद् मध्येमा एक हुनुहुन्छ देव गुरुङ। उहाँले मनाङ र कास्की ३बाट माओवादीको तर्फबाट विजयी हुनुभएको हो। गुरुङ माओवादीको सचिवालय सदस्य एवं स्थानीय विकासमन्त्री पनि हुनुहुन्छ। ०३६ देखि नै राजनीतिमा लाग्नुभएका गुरुङ ०४२मा अखिल छैठौंको अध्यक्ष हुनुभएको थियो। लामो समयदेखि नै माओवादीको केन्द्रीय नेतृत्वमा रहनुभएका गुरुङ जनयुद्ध थालनी भएको केही समयपछि नै गोरखाबाट गिरफ्तार हुनुभयो। रुकुमको महतको चौकी जनमुक्ति सेनाले कब्जा गर्दा कब्जामा परेका डीएसपी ठूले राईलाई छोड्दा गुरुङलाई छाडिएको थियो। उहाँ पछिल्लोपटक भएको माओवादी सरकार वार्ताटोलीको सदस्य पनि हुनुहुन्थ्यो।
अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा उहाँ माओवादी विधायकका संसदीय दलको उपनेता हुनुहुन्थ्यो। यसैगरी गुरुङ अन्तरिम सविधान निर्माण गर्ने टोलीमा पनि संलग्न हुनुहुन्थ्यो।
अति विकट हिमालपारिको जिल्ला मनाङको ओडारगाउँमा ५१ र्व्षअघि जन्मनुभएका गुरुङले जनजाति, महिला तथा उत्पीडित वर्गको पक्षमा संविधान लेखाउन माओवादीले उठाएका एजेण्डा नै आफूले उठाउने एजेण्डा बताउनुहुन्छ। विद्यार्थी कालदेखि राजनीतिमा होमिनुभएका गुरुङले राजनीतिप्रतिको आफ्नो अनवरत यात्रा र माओवादीको वैज्ञानिक एजेण्डाको कारण आफूले दुई दुई ठाउँबाट जितेको दाबी गर्नुहुन्छ। उहाँकी श्रीमती यशोदा सुवेदी सभाद् तथा माओवादी राज्य समितिकी सदस्य हुनुहुन्छ।[१]