देहरादून

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख देहरादून नगर माथि छ। विस्तार हेतु देखें देहरादून जिल्ला
देहरादून
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य उत्तराखण्ड
जिल्ला देहरादून
जनसंख्या ४४७,८०८ (2001)
क्षेत्रफल
ऊंचाई (AMSL)

• ६५७ m (२,१५६ ft)
आधिकारिक वेबसाईट : dehradun.nic.in/

निर्देशांक: 30°20′N 78°04′E / 30.33°N 78.06°E / 30.33; 78.06

देहरादून, देहरादून जिल्ला को सदर मुकाम हो जो भारत को राजधानी दिल्ली बाट २३० किलोमीटर टाढा दून घाटीमा बसेको छ। ९ नवंबर, २००० को उत्तर प्रदेश राज्यलाई विभाजित गरेर जब उत्तराखण्ड राज्यको गठन गरिएको थियो, त्यस समय यसलाई उत्तराखण्ड (तब उत्तरांचल) को अंतरिम राजधानी बनाया गया। देहरादून नगर पर्यटन, शिक्षा, स्थापत्य, संस्कृतिप्राकृतिक सौंदर्य को लागी प्रसिद्ध छ। यसको विस्तृत पौराणिक इतिहास छ।

इतिहास[सम्पादन गर्ने]

देहरादूनको इतिहास धेरै सय वर्ष पुरानो छ । देहरादूनबाट ५६ किलोमीटर टाढा काल्सीको नजिक स्थित शिलालेबाट यहाँ तेश्रो शताब्दी ईसा पूर्वमा सम्राट अशोक को अधिकार भएको जानकारी पाईन्छ । देहरादूनले पहिले देखी नै आक्रमणकारीहरुलाई आकर्षित गरेको छ। खलीलुल्लाह खानको नेत्वृत्वमा १६५४ मा यहाँ मुगल सेनाले आक्रमण गरेका थिए । सिरमोरको राजा सुभाक प्रकाशको सहायताबाट खान गढवाका राजा पृथ्वी शाहलाई हराउन सफल भए । गद्दीबाट अपदस्त गरिएका राजाले नियमित रूपबाट मुगल बादशाह शाहजहाँ लाई कर तिर्ने गरिरहन्छु भन्ने शर्त कबुल गरेकाले उनलाई पुनः राजगद्दीमा आसीन गरियो । यसलाई १७७२ मा गुज्जरहरूले लूटेका थिए । पृथ्वी शाहका वंशज तत्कालीन राजा ललात्तही शाहकी छोरीको विवाह गुलाब सिंह नामक गुज्जरसँग गरिएको थियो । गुलाब सिंहको पुत्रको नियंत्रण देहरादून माथी थियो र उनको वंशज अझैंपनि नगरमा पाईन्छ ।

गढवालको राजा ललत शाहको पुत्र प्रदुमन शाहको शासन कालमा रोहिल्ला नजीबको नाती गुलाम कादिरको नेतृत्वमा अफगानहरूको आक्रमण भयो । जसमा उसले गुरू राम रायको अनुयायी र शिष्यहरुलाई मारिदिए । जो मान्छेहरूले हिन्दू धर्म त्याग्ने निर्णय गरे, उनीहरूलाई छोडि दिईयो । तर अन्य मानिसहरूको साथमा धेरै निमर्मतापूर्वक व्यवहार गरियो । सहारनपुरको राज्यपाल र अफगान प्रमुख नजीबुदौल्ला पनि देहरादूनलाई आफ्नो अधिकारमा राख्ने उद्देश्यमा सफल भए त्यसपछि देहरादून माथी गुज्जर, सिख, राजपूत र गोरखालीहरूको लगातार आक्रमण भयो र यो उपजाउ र सुन्दर भूमि चाडै नै बाँझो स्थलमा बदलियो । १७८३ मा एक सिख प्रमुख बुघेल सिंहले देहरादून माथी आक्रमण गरे र बिना कुनै ठुलो प्रतिरोधको सहजताबाट यस क्षेत्रलाई जीते। १७८६ मा देहरादून माथी गुलाम कादिरको आक्रमण भयो । उनले पहिले हरिद्वारलाई लूटे र फेरी देहरादून माथी ठुलो बिनाश । उनले नगर माथी आक्रमण गरे र त्यसलाई जमेर लूटे तथा पछि देहरादूनलाई बर्बाद गरिदिए। १८०१ सम्म अमरसिंह थापाको नेत्वृत्वमा गोरखालीहरूले दून उपत्यकामाथी आक्रमण गरे र त्यस माथी अधिकार गरे । १८१४ मा नालापानीको लागी अमर सिंह थापाको नाती बलभद्र कुँवरको नेत्वृत्वमा गोरखा र जनरल जिलेस्पीको नेत्वृत्वमा बेलायतीको बीच युद्ध भयो । गोरखालीहरूले यस लडाईमा जमेर बराबरी गरे र जनरल समेत धेरै बेलायती सेनालाई आफ्नो प्राणबाट हाथ धुनु पर्यो । यस बीच गोरखालीहरूलाई एक असामान्य स्थितिको सामना गर्नु पर्यो र उनीहरूले नालापानीको किल्लालाई छोड्नु पर्यो। १८१५ सम्म गोरखालीहरूलाई हराएर बेलायती शासनले यस पुरै क्षेत्र माथी आफ्नो अधिकार गरे ।

देहरादूनको दो स्मारक प्रसिद्ध छ। (कलंगा स्मारक) को निर्माण बेलायती जनरल जिलेस्पी र उनको अधिकारीहरूको स्मृतिमा गराईएको हो । दोश्रो स्मारक जिलेस्पीसंग टक्कर लिने कैप्टन बलभद्र कुँवर र उनको गोरखाली सिपाहिहरूको स्मृतिमा बनाईएको छ । यो स्मृती कालंगा गढी सहस्त्रधारा सडकमा स्थित छ । घण्टा घरबाट यसको दूरी ४.५ किलोमीटर छ। यसै वर्ष देहरादून तहसीलको वर्तमान क्षेत्रलाई सहारनपुर जिल्लासँग जोडियो । त्यसपछि १८२५ मा यसलाई कुमाऊँ मण्डल लाई हस्तांतरित गरियो । १८२८ मा अलग-अलग उपायुक्तको प्रभारका अन्तर्गत देहरादून र जनसार बवार हस्तांतरित गरियो र १८२९ मा देहरादून जिल्लालाई मेरठ खण्डलाई हस्तांतरित गरियो। १८४२ मा देहरादूनलाई फेरी सहारनपुर जिल्लासंग जोडियो र यसलाई जिलाधीशको अधिनस्थ एक अधिकारीको अधिकार क्षेत्रमा राखियो। १८७१ देखी यो एक अलग जिल्ला भएको छ । १९६८ मा यस जिल्लालाई मेरठ खण्डबाट अलग गरेर गढवाल खण्डसँग जोडियो । देहरादूनको इतिहासको बारेमा विस्तृत जानकारी चंदर रोडमा स्थित स्टेट आर्काइवक्समा छ । यो संस्था ढालानवालामा स्थित छ।

सन् २००० मा उत्तराखंड राज्यको स्थापना भएपछी यस शहरलाई उत्तराखंडको राजधानी बनाइयो ।

स्थापना[सम्पादन गर्ने]

देहरादूनको स्थापना १६९९ मा भएको थियो । भनिन्छ सिखहरूका गुरु रामराय किरतपुर पंजाबबाट आएर यहाँ बसेका थिए । मुगल सम्राट औरंगजेबले उनलाई केही गाउँ टिहरी नरेशबाट दानमा दिलाई दिएका थिए । यहाँ उनले १६९९ ई. मा मुगल मकबराहरूसँग मिल्दो-जुल्दो मन्दिर पनि बनाउन लगाए जो आजसम्म प्रसिद्ध छ । शायद गुरुको डेरा यस उपत्यकामा भएका कारणले नै यस स्थानको नाम देहरादून भएको हुनसक्छ । यसका अतिरिक्त एक अत्यन्त प्राचीन किंवदन्तीको अनुसार देहरादूनको नाम पहिले द्रोणनगर भनिन्थ्यो । पाण्डवकौरवहरूको गुरु द्रोणाचार्यले यस स्थानमा आफ्नो तपोभूमि बनाएका थिए र उनैको नाममा यस नगरको नामकरण भएको थियो । एक अन्य किंवदन्तीका अनुसार द्रोणपत्रको औषधी हनुमानजीले लक्ष्मणलाई शक्तिबाण लाग्दा लंकामा लिएर गएका थिए, त्यो देहरादूनमा थियो, तर वाल्मीकि रामायणमा यस पर्वतलाई महोदय भनिएको छ । [१]

जलवायु[सम्पादन गर्ने]

देहरादूनको जलवायु समशीतोष्ण छ। यहांको तापमान १६ देखी ३६ डिग्री सेल्सियसको बीच रहन्छ जहां शीतको तापमान २ से २४ डिग्री सेल्सियस को बीच रहन्छ। देहरादूनमा औसत २०७३.३ मिलिमीटर वर्षा हुदछ। अधिकांश वर्षा जून र सितंबरको बीच हुदछ। अगस्तमा सबभन्दा धेरै वर्षा हुदछ।

नगरको विषयमा[सम्पादन गर्ने]

राजपुर मार्गमा वा डालनवालाको पुरानो आवासीय क्षेत्रमा पूर्वी यमुना नहर सडकबाट देहरादून शुरु हुन्छ। सडकको दुबै किनारामा स्थित चौडा बरामदे र सुन्दर ढालदार छतों वाले छोटे भवन यस शहरको पहिचान हो। यि भवनहरुलाई फलहरुबाट लदिएको रुख वाला बगीचा बाध्यरुपमा ध्यान आकर्षित गर्दछ। घण्टाघरबाट अगाडीसम्म फैलिएको रंगीन पलटन बाजार यहाँको सर्वाधिक पुरानो र व्यस्त बाजार हो। यो बाजार त्यसबेला अस्तित्वमा आयो जब १८२० मा बेलायती सेनाको टुकडीलाई आउने आवश्यकता पर्यो। आज यस बाजारमा फल, तरकारी, सबै प्रकारको कपडा, तैयारी लुगा(रेडीमेड गारमेंट्स) जूता र घरमा प्रत्येक दिन काममा आउने वस्तुहरु पाईन्छ। यसको स्टोर माल, राजपुर सडक सम्म छ जसको दुबै तर्फ विश्वको लोकप्रिय उत्पादहरुको शो रूम छ। अनेक प्रसिद्ध रेस्टुराहरु पनि राजपुर सडकमा छ। केही सानो आवासीय बस्तिहरु जस्तो राजपुर, क्लेमेंट टाउन, प्रेमनगर र रायपुर यस शहरको पारम्परिक गौरव हो।

देहरादूनको राजपुर मार्गमा भारत सरकारको दृष्टिबिहिनहरुको लागी स्थापित पहिलो र एकमात्र राष्ट्रीय स्तरको संस्था राष्ट्रीय दृष्टिबाधित संस्थान (एन.आइ.वी.एच.) स्थित हो। यसको स्थापना १९ औं शताब्दी दशकमा अपाङ्गहरुको लागी स्थापित चार संस्थाहरुको श्रंखलामा भयो जसमा राष्ट्रीय दृष्टिबिहिन संस्थाको लागी देहरादूनलाई चयन गरियो। यहाँ दृष्टिबिहिन बच्चाहरुको लागी स्कूल, कलेज, छात्रावास, ब्रेल पुस्तास्तलय एवं ध्वन्यांकित पुस्तकहरुको पुस्तकालय पनि स्थापित गरिएको छ। यसको कर्मचारी यसको अन्तर्गत रहन्छ यसको अतिरिक्त (तेज यादगार) शार्प मेमोरियल नामक निजी संस्था राजपुरमा छ यो दृष्टि अपंगता तथा कान सम्बन्धि बजाज संस्थान तथा राजपुर सडकमा दोश्रो अन्य संस्थाहरु धेरै राम्रो कामा गरिरहेको छ। उत्तराखण्ड सरकारको एक र नया केन्द्र हो। करूणा विहार, बसन्त विहारमा केही कार्य शुरू गरिएको छ। तथा गहनता साथ बच्चाहरुको लागी कार्य गरिरहेको छ तथा केही नगरको चारै तर्फ केन्द्र छ। देहरादून राफील रेडरचेशायर अर्न्तराष्ट्रीय केन्द हो। ‍रिस्पना ब्रिज शायर गृह डालनवाला मा छ। जो मानसिक समस्याहरुको लागी कार्य गर्दछ। मानसिक समस्याहरुको लागी काम गर्नको अतिरिक्त राफील रेडरचेशायर अर्न्तराष्ट्रीय केन्द्रले टी.बी र पक्षघातको उपचारको लागी पनि अस्पताल बनाएको छ। अधिकाँश संस्थाहरु भारत र विदेशबाट स्वेच्छासंग आउने वालालाई आकर्षित तथा प्रोत्साहित गर्दछ। आवश्यकता विहीनको भनाई छ कि स्वेच्छासंग काम गर्ने वाला यि संस्थाहरुलाई ठीक प्रकारसंग चलाउद छन। तथा अयोग्य, मानसिक समस्या र कम योग्य वाला मानिसहरुलाई व्यक्तिगत रूपबाट चेतना दिन्छन।

देहरादून आफ्नो पहाड र ढलानहरुको साथ-साथ साईकिलिंगको पनि एक महत्वपूर्ण स्थान हो। चारै तर्फ पर्वत र हरियालीबाट घेरिएको कारण यहाँ साईकिलिंग गर्नु धेरै सुखद हुन्छ। लीची देहरादूनको पर्यायवाची हो किनकी यो स्वादिष्ट फल केही निश्चित जलवायुमा नै फल्छ। देहरादून देशको ति ठाउहरु मध्ये एक हो जहाँ लीची फल्छ। लीचीको अतिरिक्त देहरादूको चारै तर्फ बेर, नाशपत्ती, अम्बक र आपको रुख छ। जो नगरको बनावटलाई घेरेको छ। ये सबै चीजले घाटीको आकर्षणमा वृद्धि गर्दछ। यदि तपाई मे महिना या जूनको शुरूको गर्मीमा भ्रमणको लागी जानु हुन्छ भने तपाई यि फलहरुलाई केवल देख्नु हुन्छ मात्रै होइन बरु किन्नु हुन्छ पनि। बासमती चामलको लोकप्रियता देहरादून र भारतमा मात्र होईन बरु विदेशहरुमा पनि छ। एक समय अंग्रेज पनि देहरादूनमा बस्तथे र त्यो नगरमा आफ्नो प्रभाव छोडेर। उदाहरणको रूपमा देहरादूनको बैकरीज (बिस्कुट आदि) आज पनि यहाँ प्रसिद्ध छ। त्यस समयको अंग्रेजहरुले यहाँको स्थानीय स्टाफलाई सेंक्न (बनाउन) सिकाए। यो निपुणता धेरै राम्रो सिद्ध भयो तथा यो निपुणता अगाडीको सन्तानमा पनि आयो। फेरी पनि देहरादूनको बासिन्दाहरुको लागी यहाँको स्थानीय रस्क, केक, होट क्रोस बन्स, पेस्टिज र कुकीज साथी भाईहरुको लागी सामान्य उपहार हो, कोहि पनि यस्तो बनाउदैन जस्तो देहरादूनमा बन्दछ।

दोश्रो उपहार जो पर्यटक यहाँबाट लिएर जाने काम हुन्छ विख्यात क्वालिटीको टफी जोकि क्वालिटी रेस्टोरेन्ट (राम्रो खालको पसलहरु) बाट प्राप्त हुन्छ। यद्यपि आज ठुलो संख्यामा दोश्रो पसलहरु (स्टोर) बाट पनि यो टफी पाईन्छ । तर असली टफी आज पनि सर्वोतम छ। देहरादूनमा आन्नदको र धेरै पर्याप्त विकल्प छ। प्रर्याप्त मात्रामा देहरादूनमा दर्शनीय चीजहरु छ जो उनीहरुको लागी प्रकृतिको उपहार हो विशेष रूपबाट देहरादून देखी मसूरीको मार्ग जो कि पैदल हिड्नेहरुको लागी धेरै लोकप्रिय छ। ति मानिसहरुको लागी जो साधारणबाट माथी केही गर्न चाहन्छन सर्वोतम योग संस्थानहरु मध्ये कुनै एकबाट जोडिनु पर्छ अथवा सलसा सिक्नु।

आवागमन[सम्पादन गर्ने]

सडक मार्गः देहरादून देशको विभिन्न भागहरुबाट सडक मार्गसंग जोडिएको छ र यहाँ कुनै पनि ठाउबाट बस या टेक्सीबाट सजिलोसंग पुग्न सकिन्छ। सबै प्रकारको बस, (साधारण र लक्जरी) गान्धी बस स्टेंड जो दिल्ली बस स्टेंडको नामबाट जानिन्छ, यहांबाट खुल्दछ। यहाँ दुई बस स्टैंड छ। देहरादून र दिल्ली, शिमला र मसूरीको बीच डिलक्स/ सेमी डिलक्स बस सेवा उपलब्ध छ। यो बस क्लेमेंट टाउनको नजदीक स्थित अंतरराज्यीय बस टर्मिनसबाट चल्दछ। दिल्लीको गांधी रोड बस स्टैंडबाट एसी डिलक्स बस (वोल्वो) पनि चल्दछ। यो सेवा हालमा नै यूएएसआरटीसी द्वारा शुरू गरिएको छ। आईएसबीटी, देहरादून देखी मसूरीको लागी प्रत्येक १५ देखी ७० मिनटको अंतरालमा बस चल्दछ। यस सेवाको संचालन यूएएसआरटीसी द्वारा गरिन्छ। देहरादून र त्यसको छिमेकी केंद्रहरुको बीच पनि नियमित रूपबाट बस सेवा उपलब्ध छ। यसको छेउछाउको गाँउहरुबाट पनि बस चल्दछ। ये सबै बस परेड ग्राउंड स्थित स्थानीय बस स्टैडबाट चल्दछ।

देहरादून र केही महत्वपूर्ण स्थानहरुको बीचको दूरी तल दिईएको छ:

  • दिल्ली - २४० किमी
  • यमुनोत्री - २७९ किमी
  • मसूरी - ३५ किमी
  • नैनीताल - २९७ किमी
  • हरिद्वार - ५४ किमी
  • शिमला - २२१ किमी
  • ऋषिकेश - ६७ किमी
  • आगरा - ३८२ किमी
  • रुडकी - ४३ किमी
  • रेलः देहरादून उत्तरी रेलवे को एक प्रमुख रेलवे स्टेशन हो। यो भारतको लगभग सबै ठुलो शहरहरुसंग सीधा ट्रेनहरुबाट जोडिएको छ। यस्तो केही प्रमुख ट्रेन हुन- हावडा-देहरादून एक्सप्रेस, चेन्नई- देहरादून एक्सप्रेस, दिल्ली- देहरादून एक्सप्रेस, बांद्रा- देहरादून एक्सप्रेस, इंदौर- देहरादून एक्सप्रेस आदि।
  • हवाई मार्गः जली ग्रांट विमानस्थल देहरादून बाट २५ किलोमीटर छ। यो दिल्ली विमानस्थलसंग राम्रोसंग जोडिएको छ। एयर डेक्कन दुबै विमानस्थलको बीच प्रतिदिन वायु सेवा संचालित गर्दछ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]

ढाँचा:उत्तराखण्ड

  1. विभिन्न पत्र पत्रिकामा अपडेट भनाइहरू