दोलालघाट
| दोलालघाट | |
|
|
|
| अञ्चल - जिल्ला |
बागमती - काभ्रे |
| निर्देशक | 27.65° उ 85.7° पू |
| क्षेत्र - उचाई |
- ६५० m (२१३२ ft) |
| समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
| जनसंख्या (2001) - जनघनत्व |
२२३७ - |
दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजीक काठमाडौं देखि ५६ कि.मि. (१६ कोष ) पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ।
अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्व अघिदेखिकै हो। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ। हुन त राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा बजार नभएको र तिनको ब्यापारिक प्रभाव नपरेको अवश्य होइन। प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल भएकाले अझ बढी महत्व थपिएको छ।[१]
विषयसूची |
भूगोल [सम्पादन गर्ने]
यो ठाउँको अक्षांश र देशान्तर हो 27.65° N 85.7° E।[२] समुद्र सतह भन्दा यो ठाउँ ६५० मिटर (२१३२ फुट) माथि पर्दछ।
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार दोलालघाटको जनसंख्या २२३७ छ।[३] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
स्रोत [सम्पादन गर्ने]
- ↑ "जिल्ला झलक"
- ↑ "Dolalghat", Falling Rain Genomics, Inc
- ↑ "नेपाल जनगणना २००१"
| नेपालको भूगोल सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |