दोलालघाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोलालघाट
दोलालघाट
दोलालघाट
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
उन्नतांश
३५० मिटर (११५० फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा२२३७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजिककाठमाडौँ देखि ५६ कि.मि. (१६ कोष ) पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ।

अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्त्व अघिदेखिकै हो। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ। हुन त राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा बजार नभएको र तिनको ब्यापारिक प्रभाव नपरेको अवश्य होइन। प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल भएकाले अझ बढी महत्त्व थपिएको छ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

यो ठाउँको अक्षांश र देशान्तर हो 27.65° N 85.7° E[२] समुद्र सतह भन्दा यो ठाउँ ६५० मिटर (२१३२ फुट) माथि पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार दोलालघाटको जनसङ्ख्या २२३७ छ।[३] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।

दोलालघाट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जिल्ला झलक", ddckavre.gov.np 
  2. "Dolalghat", Falling Rain Genomics, Inc, अन्तिम पहुँच सेप्टेम्बर २८ 
  3. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]