दोस्रो इन्टरनेसनलको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोस्रो इन्टरनेसनलको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन सन् १९००को २३-२७ सेप्टेम्बरका पेरिसमा सम्पन्न गरिएको थियो । 'राजनीतिक सत्तामाथि विजय र पुँजीजीवी पार्टीहरूसित एकत' भन्ने प्रश्नमा महाधिवेशनले बहुमतद्वारा कार्ल काउत्स्कीद्वारा प्रस्तुत गरिएको प्रस्ताव पारित गरेको थियो । यो प्रश्न चाहिँ भाल्डेक-रुस्सोको प्रतिक्रान्तिकारी सरकारमा एलेक्जेन्ड मिलेराँको प्रवेशसित सम्बन्धी थियो । उक्त प्रस्तावमा के भनिएको थियो भने "पुँजीजीवी सरकारको पंक्तिमा कुनै एक जना समाजवादीको प्रवेशलाई राजनीतिक सत्तामाथि विजयको निम्ति सामान्य विधिको रूपमा होइन, बरु कठिन वस्तुस्थितको विरुद्ध संघर्षमा विवशतापूर्ण अस्थायी तथा असाधारण माध्यमको विरुद्ध संघर्षमा विवशतापूर्ण अस्थायी तथा असाधारण माध्यमको रूपमा विचार गर्नुपर्दछ ।" त्यसपछि अवसरवादीहरूले पुँजीजीवीवर्गसँग आफ्नो सहयोगको सफाई दिन उक्त प्रस्तावको यसै बुँदातर्फ नै प्राय‌शः औंल्याउने गरेका थिए ।

'जार्‍या' पत्रिकाको सन् १९०१को अप्रलिको अङ्कमा 'प्रेरिसमा सम्पन्न भएको गतः अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशनबारे केही शब्द (मलाई अधिकारपत्र पठाउने साथीहरूको नाममा खुला पत्र)' शीर्षकमा गेओर्गी प्लेखानोभनो लेख प्रकाशित भएको थियो । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८१