धनगढी नगरपालिका
| धनगढी | |
|---|---|
|
|
|
| निर्देशांक: 28°41′N 80°36′E / 28.683°N 80.600°ECoordinates: 28°41′N 80°36′E / 28.683°N 80.600°E | |
| देश | |
| अञ्चल | सेती अञ्चल |
| जिल्ला | कैलाली जिल्ला |
| जनसङ्ख्या (2001 Census) | |
| - जम्मा | ६७,४४७ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (UTC+5:45) |
धनगढी नगरपालिका नेपालको सुदूरपश्चिमञ्चल विकास क्षेत्र, सेती अञ्चलको कैलाली जिल्लाको एक हो। करिब ९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको धनगढी नगरपालिकाको दक्षिण भारत, पश्चिम कञ्चनपुर, उत्तर वेलादेवीपुर गाविस र पूर्व उर्मा गाविस छ। नगरपालिकाको सिमाना दक्षिण र पश्चिममा मोहना नदीले र पूर्वमा खुटिया नदीले छुट्याएको छ।
विषयसूची |
बसोबास [सम्पादन गर्ने]
विसं २०४८को जनगणनाअनुसार ६८ हजार जनसंख्या (हाल करिव एकलाख पुगेको अनुमान) रहेको उक्त नगरपालिकामा बाहुन, क्षेत्री, चौधरी, डगौरा, राना-थारू, ठकुरी र दलित समुदायको बाहुल्य छ। मध्यकालीन समयमा माहाराणा प्रतापका वंशज मानिने राना थारू समुदायले आफ्नो धन (मुद्रा) जमीनमा गाडी सुरक्षित भएर बसेकोले उक्त क्षेत्रको नाम "धनगढी" रहन गएको किंवदन्ती छ। त्यस समयमा भारतमा मुशलमानहरूको दवदवा सहन नसकी त्यहाँका राना-थारूहरू यहाँ आएर बसेका हुन्।
नगर [सम्पादन गर्ने]
झण्डै १३ हजार घर संख्या रहेको उक्त नगरपालिकामा वि.सं. २०३५ तिर भएको पहिलो नगरनिर्वाचनबाट प्रमुखमा यज्ञराज पन्त र उपप्रमुखमा रत्नभक्त श्रेष्ठ निर्वाचित हुनु भएको थियो। नगरपालिकाको स्थापनाकाल २०३३मा उहाँहरू दुबै जनालाई श्री ५को सरकारले प्रमुख तथा उप-प्रमुखमा मनोनित गरेको थियो। त्यस पछिको चुनावबाट प्रमुखमा निर्वाचित छेदालाल चौधरी र उपप्रमुखमा निर्वाचित जुद्धलाल राना अर्कोपटक भएको चुनावबाट पनि सोही पदमा निर्वाचित हुनु भएको थियो। वि.सं. २०४९को नगर चुनावबाट प्रमुखमा नेपाली काङ्ग्रेसका किशोरकुमार बम र उप-प्रमुखमा पनि सोही पार्टीकै उजागर राना निर्वाचित हुनु भएको थियो भने वि.सं. २०४५मा खेमराज पाण्डेय प्रमुख र नारदमुनि राना उप-प्रमुखमा निर्वाचित हुनु भएको थियो। उहाँहरू दुबैले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनु भएको थियो।निर्वाचिन जनप्रतिनिधिहरूको कार्यकालको समाप्तिसँगै झण्डै दुई वर्षअघि नगर प्रमुखमा धनबहादुर बम र उप-प्रमुखमा श्रीमती जनक कुँवरलाई सरकारले मनोनयन गरेको थियो।
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार धनगढी नगरपालिकाको जनसंख्या ६७,४४७ छ।
[१] यस मध्य पुरुष ५२%, र महिला ४८% छन।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||