धर्मशिला चापागाईं
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माओवादीको तर्फबाट झापा -४ बाट चुनिनुभएकी सभासद् धर्मशीला चापागार्इं माओवादी निकट महिला संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। जुझारु स्वभावकी धर्मशीलाकी श्रीमान् शेखर घिमिरेको ०५९ साउन ७ गते हत्या भएको थियो। शहीदपत्नी धर्मशीलाका एक छोरी छन्। बुधवारे १ होक्सेमा ३६ वर्षअघि जन्मनुभएकी धर्मशीलाले ०४६ देखि राजनीति थाल्नुभएको थियो। ०५४ देखि भूमिगत राजनीतिमा होमिनुभएकी धर्मशीला ०५४मा र ०५८-०६३ सम्म बन्दी जीवन व्यतीत गर्नुभयो। कलाशास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी धर्मशीलाको पार्टी र विशेष गरी महिला संघमा सक्रिय रहनुभयो।
राजनैतिक जीवन अन्य दलका उम्मेदवारका तुलनामा कम भए पनि जनयुद्धमा गरेको वलिदान र त्यागका साथै माओवादीको जनमुखी एजेण्डाका कारणले आफूले जितेको बताउनुहुन्छ। यसैगरी संविधानमा लेखाउने एजेण्डामा माओवादीले उठाउँदै आएका राज्यको पुनर्संरचनासम्बन्धि मुद्दा नै आफ्नो एजेण्डा हुने धर्मशीलाले बताउनुहन्छ।[१]