धर्म प्रसाद घिमिरे
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माओवादीको तर्फबाट झापा -१बाट चुनिनुभएका सभासद् धर्मप्रसाद घिमिरे झापा आन्दोलनदेखि नै राजनीतिमा होमिनुभएको हो। ६४ वर्षीय घिमिरे ०२३ देखि राजनीतिमा सक्रिय घिमिरे नक्खु जेल तोड्ने समूहको एक सदस्य हुनुहुन्थ्यो। संयोग नक्खु जेल तोड्नेमध्येकै अर्का भीष्म धिमाल पनि माओवादीकै सभासद् हुनुभएको छ।
जेल तोड्ने सीपी मैनाली र प्रदीप नेपाल नेपालको राजनैतिक परिदृश्यमा माथि आए पनि जीवन मगर र भीष्म धिमालसँगै घिमिरे पनि तलतल ओझेलमा रहनुभयो। सामान्य साक्षर मात्र घिमिरे ९ वर्षसम्म जेल जीवन ब्यतीत गर्नुभयो। झापाको दुवागडी -६ दुवागडीमा जन्मनुभएका घिमिरेका एक छोरा र २ छोरी हुनुहुन्छ। रामचन्द्र अधिकारी र पवित्रादेवीका छोरा घिमिरेको लामो राजनैतिक जीवन छ।
आफ्नो छुट्टै एजेण्डा नभएको बताउँदै घिमिरेले पार्टीको एजेण्डा नै आफूले संविधानमा लेखाउने मुख्य एजेण्डा हुने बताउनुहुन्छ। वलिदानको नदी तरेर आएको माओवादीको वैज्ञानिक र जनमुखी एजेण्डा र आफ्नो लामो राजनैतिक जीवनको मूल्याकंन गरेर नै झापाली जनताले आफूलाई विजयी बनाएको घिमिरेको तर्क छ।[१]