धान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धान
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
भाग: Angiosperms
वर्ग: Monocots
गण: Poales
कुल: Poaceae
वंश: Oryza
प्रजाति: O. sativa
द्विपद नाम
Oryza sativa
L.

धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारतचीनमा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।

इतिहास[सम्पादन गर्ने]

धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।

सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला बंगलादेश, आसाम, उडिसा र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका अनि स्पेन, इटालीफ्रान्सजस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।

विकास[सम्पादन गर्ने]

ओरिजाका २० परिचित प्रजाति छन्, तर ओरिजा सेटिभा र ओरिजा ग्लाबेरिमा मात्र उब्जाउ गरिन्छ। ओरिजा सेटिभा एसियामा उत्पादन गरिन्छ भने ओरिजा ग्लाबेरिमा अफ्रिकामा उब्जाउ गरिन्छ। ओरिजा पेरिनिस नामक एक जंगली धानबाट ओरिजा सेटिभा विकास भएको हुनसक्छ। ओरिजा रूफिपोगोन नामक प्रजाति एसियाली बाह्रमासे प्रकारको हो भने ओरिजा निभारा एकवर्षे बाली हो। ओरिजा ग्लाबेरिमा सुडान वा पश्चिम अफ्रिकाको कुनै ठाउँमा ओरिजा ब्रेभिलीगुलाटा वा ओरिजा ब्राथी नामक प्रजातिबाट विकास भएको हुनसक्छ।

क्षेत्र तथा वितरण[सम्पादन गर्ने]

धान सिक्किमको एक महत्त्वपूर्ण खाद्यान्न बाली हो। कम्ती पानी भएको गरम तथा चिसो जलवायुमा सिक्किमको सबै ठाउँमा यसको खेती गरिन्छ। करिब १४.१५ हजार हेक्टर इलाकामा यसको उब्जनी गरिन्छ। धानको उत्पादन २००५-०६मा २२.६९ हजार टन र २००६-०७मा २१.४५ हजार टन भएको थियो। विशेष खाद्यान्न उत्पादन कार्यक्रम (एसएफपीपी) र विशेष धान विकास कार्यक्रम (एसआरपीपी)-लाई असरदार ढंगमा लागू गरेर यो उत्पादन बढाउन सकिन्छ। सिक्किममा धानको वितरण निम्नअनुसार दिइएको छ:

सिक्किममा धान उत्पादनको जिल्लागत क्षेत्र (२००६-०७)

जिल्ला ०००’ हेक्टरमा क्षेत्र ०००’ टनमा उत्पादन उत्पादित परिमाण प्रति हेक्टर केजीमा उत्तर ०.८५ ०.८५ १०६२.५० पूर्व ५.५० ८.५० १५४६.५५ दक्षिण २.३० ३.७५ १५१८.१८ पश्चिम ५.५० ८.३५ १५१८.१८ राज्य १४.१५ २१.४५ १५१५.९०

सोना मन्सुली चामल

प्रयोग तथा महत्त्व[सम्पादन गर्ने]

चामल विश्वका जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको मुख्य खाद्य हो। भारतीय संस्कृतिमा यसको ठूलो महत्त्व छ अनि जन्मदेखि मृत्युसम्म यसको अस्तित्व सधैं रहेकै हुन्छ। चामल पकाएपछि भात, पलाउ, ब्रियानी र अन्य धेरै भोजनको रूपमा खाइन्छ। भारतमा धानले करिब ४२ मिलियन हेक्टरको ठूलो क्षेत्र ओगटेको छ अनि अधिकतम उत्पादन ९१.८ मेट्रिक टन रेकर्ड गरिएको छ (भारतको आर्थिक सर्वेक्षण, २००६)। यसले प्रमुख खाद्यान्न मात्र प्रदान गर्दैन, तर विश्वभरि अतिरिक्त रोजगार पनि सिर्जना गरेको छ। यसका उपोत्पादन (बाइ-प्रोडक्ट) विभिन्न औद्योगिक उत्पादनहरू बनाउन प्रयोग गरिन्छ। खासगरी यसमा च्यापच्यापे तरल पदार्थ (स्राव) –को राम्रो मात्रा हुने हुनाले वस्त्र उद्योगमा यसको प्रयोग गरिन्छ। धानको पराल प्याकिङ गर्न प्रयोग हुन्छ। यो पशुआहारको उत्तम स्रोत हो अनि सोतरको रूपमा पनि उपयोग गर्न सकिन्छ। धानको कनिका भोज्य तेलको एउटा स्रोत हो। यसको भुस कार्डबोर्ड बनाउन पनि प्रयोग गरिन्छ।

पौष्टिक मूल्य[सम्पादन गर्ने]

चामलको दानामा स्राव (सेतो च्यापच्यापे तरल पदार्थ) ७५-८० प्रतिशत हुन्छ। गहुँमा भन्दा धानमा प्रोटिनको मात्रा कम हुन्छ, तर यो उत्तम गुणको हुन्छ अनि गहुँको प्रोटिनभन्दा यसलाई शरीरले राम्रोसँग प्रयोग गर्छ। चामलको दाना निम्नलिखित चीजले बनेको हुन्छ:

चामलको दानाको बनोट

क्रम संख्या पोषण तत्त्व धानको अंश हातले कुटेको चामल मिलमा कुटेको चामल १. ओस (प्रतिशत) १२.० १३.३ १३.७ २. प्रोटिन (प्रतिशत) ७.५ ७.५ ६.८ ३. चर्बी (प्रतिशत) १.९ १.० ०.५ ४. खरानी (प्रतिशत) १.२ ०.९ ०.६ ५. मोठ कार्बोहाइड्रेट्स (प्रतिशत) ७७.४ ७६.७ ७८.२ ६. फाइबर (प्रतिशत) ०.९ ०.६ ०.२ ७. क्यालसियम (एमजी प्रति १०० ग्राम) ३२.० १० १० ८. फस्फोरस (एमजी प्रति १०० ग्राम) २२१.० १९० १६० ९. फलाम (एमजी प्रति १०० ग्राम) १.६ ३.३ ३.१ १०. सोडियम (एमजी प्रति १०० ग्राम) ९.० - - ११. पोटासियम (एमजी प्रति १०० ग्राम) २१४.० - - १२. थाइमिन (एमजी प्रति १०० ग्राम) ०.३४ - - १३. रिबोफ्लाबिन (एमजी प्रति १०० ग्राम) ०.०५ - - १४. नियासिन (एमजी प्रति १०० ग्राम) ४.७ - -

पौष्टिक मूल्यलाई असर गर्ने तत्त्वहरू

चामलको पौष्टिक मूल्यलाई असर गर्ने तत्त्वहरूका बारेमा तल चर्चा गरिएको छ:

मिलमा धान कुट्ने

मिलमा धान कुट्दा त्यसबाट भुस र अन्नको कोसा छुट्टिन्छ। मिलमा कुट्ने प्रक्रियामा कनिकाको सतह र अविकसित धानको बियाँ पनि निकालिन्छ। पौष्टिकताको क्षति सौझै घर्षणबाट हुने परिष्कृत वा चमकको अनुपातमा हुन्छ। हातले वा ढिकीमा कुट्दा भिटामिन बी१ –को कम मात्रामा क्षति हुन्छ भने चामलको मोठ भिटामिन बी१ मध्ये मेसिनमा कुट्दा दुई-तिहाई र उसिन्दा एक-तिहाइ भिटामिनको क्षति हुन्छ। पूर्ण रूपमा परिष्कृत गरिएको वा पोलिस हटाएको चामल नियमित रूपमा खानाले थायमिनको कमी हुन्छ अनि बेरीबेरी नामक रोग लाग्छ। मिलमा कुटेको चामलभन्दा उसिनेको चामल धेरै पौष्टिक हुन्छ, किनभने उसिनेको चामललाई धुँदा त्यसबाट पौष्टिक तत्त्वको क्षति कम हुन्छ। पकाएको भात धेरै फुलिन्छ अनि फुर्र हुन्छ तर टाँसिने हुँदैन। भातको यो गुणस्तर चामल कति पुरानो हो भन्ने, उसिनेको चामल, पकाउँदा पानी कति हालिन्छ, पकाउने विधि अर्थात् पानीमा वा भर्साएर पकाउने आदिमाथि भर पर्दछ।

भण्डारनको अवस्था

गर्मी, ओस, कीट र काई वा ढुसीले चर्बीको पानी र हावा घटाउँछ अनि थायमिनको मात्रामा कमी ल्याउँछ। अन्नमा ९ प्रतिशत वा त्यसभन्दा कम ओस भयो भने चर्बीको गन्ध आउँदैन। तर १५ प्रतिशतभन्दा माथि ओस भयो भने अन्नमा किरा र ढुसी लाग्नसक्छ, जसले यसको गुणस्तरलाई असर गर्छ। यद्यपि, ९ प्रतिशत वा त्यसभन्दा कममा धान भण्डारन गरिन्छ भने वायुमण्डलीय चिसोपनको कारणले गर्दा ओसरोधी कन्टेनर र भण्डारनको आवश्यकता पर्दछ। यसले भण्डारन मूल्य बढाउँछ र यो व्यावहारिक रूपमै असम्भव हुन्छ। यसैले, धानको उचित भण्डारन गर्नु छ भने त्यसमा ओसको मात्रा १२ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्छ।

प्रशोधन तथा भुस निकाल्ने

गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन आम छ। मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्त्व रहन्छ। दुई प्रकारको स्वचालित मेसिनमा धान कुटिन्छ- एउटा हुलर टाइप (भुस निकाल्ने) र सेलर कम पोलिसर टाइप ( भुस निकाल्ने तथा परिष्कृत गर्ने)। पौष्टिक तत्त्वको दृष्टिले पछिल्लो विधि निकै हानिकारक छ किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्त्वको ठूलो मात्रामा क्षति हुन्छ।

आनुवंशिक कारण

धानको प्रजाति-प्रजातिअनुसार पोषणको स्थितिमा धेरै फरक पर्दैन, तर विभिन्न नश्ल र सन्तानका धानको जातअनुसार त्यसको पोषण अवस्थामा फरक पर्दछ।

गोडमेलको कारण

गोडमेलको कारण, खासगरी मल र पानीको व्यवस्था ठिकसँग भएन भने कोसा लाग्ने वा दूध पस्ने र त्यसको स्तर छुट्याउने प्रक्रियामा असर पर्छ।

आनुवंशिक वर्गीकरण

गेनस ओरिजाका करिब २३ प्रजातिहरू छन्, जसमध्ये दुई प्रजातिको मात्र व्यापारिक खेती गरिन्छ। एसियामा उत्पादन गरिने धानलाई तीनवटा उप-प्रजातिहरूमा विभाजित गरिएको छ। ती हुन्- इण्डिका, जापोनिका र जाभानिका।

जाभानिका प्रजाति इण्डोनेशियामा मात्र उत्पादन गरिन्छ अनि कम बाला, ठूलो र कडा पात, कडा पराल, लेमा (पत्रदलको तल्लो भागको सतह)-मा लामो रेसा र शंकु हुनु यसको विशेषता हो। यी लामो समयका प्रजातिहरू हुन्। इण्डिका प्रजाति गर्मी वा उष्णकटिबन्ध क्षेत्रमा उब्जाउ गरिन्छ, जो ढिलो पाक्छ, प्रकाशसंश्लेषण गर्न सक्ने लामो कमजोर र पातलो आँख्ला वा डाँठ हुन्छ अनि लामो, चौडादार छरिएको भुँइडाँठ, झर्ने, फिका हरियो पात र ठूलो झुप्पै फूल फुल्ने प्रक्रिया शिथिल हुन्छ। यी बोटहरू सोतर भएर लड्नसक्ने हुन्छन्। यिनमा प्राय: झल्लर वा चँदुवा हुँदैनन् अनि लेमामा पातलो र छोटो रेसा हुन्छ। यसैले, यदि पाकेको अवस्थामा आकाशबाट पानी प-यो भने फूलगुच्छाको दानामा टुसा पलाउँछ।

जापोनिका प्रजाति ज्यादा गर्मी पनि नहुने अनि ज्यादा ठण्डा पनि नहुने शीतोष्ण क्षेत्रमा उब्जाउ गरिन्छ, जो ढिलो पाक्छ, प्रकाशसंश्लेषण भएको पातलो, छोटो र मजबुत आँख्ला वा डाँठ हुन्छ। पातहरू मोटो, सानो, ठाडो, केहीमात्रामा बाक्लो र गाढा हरियो रंगका हुन्छन्। अन्न पाक्ने अवस्थामा पुग्दासम्म पातहरू प्रकाशसंश्लेषणमा निकै सक्रिय हुन्छन्। नाइट्रोजन मलमा यो प्रजातिको बोटले राम्रो प्रतिक्रिया जनाउँछ अनि यसमा बोट सोतर हुने लक्षण पाइँदैन। यदि पाकेको अवस्थामा आकाशबाट पानी प-यो भने फूलको गुच्छामा दानामा टुसा पलाउँछ।

सिक्किममा बाली विकास कार्य

राज्यको कृषि विभागले सिक्किम भारतमा विलयको भएको एक वर्षपछि १९७६ देखि नै सिक्किममा धानको एफवाईएम (फार्म यार्ड मेनुर) –को परिचय गर्दै आएको छ। १९७६-७७मा सिक्किममा स्थानीय प्रजातिहरूको ठूलो संकलनसितै राज्यमा करिब ६० धानका प्रजातिहरू परिचित गरिएको थियो। पुसा-३३, गोबा, के-३३-१, डीआर-९२, चौनरी, सीबी-९८८, जेएस-५२-१०२, जेबीएस-म्युट-५०८-२७०, आरपीए-५९२९, ओआर-१, ओआर-२, आईईटी-१४४४, गिजा-१४, जेएस-१६२०, सीआर-१२६-४२-१, सीआर-१२६-५३-५, सीआर- १२६-२७-५३, आईईटी-२९१४, कलिङ्ग-१, कलिङ्ग-२ आदि जस्ता प्रजातिहरू यिनीहरूका अनुकूलन (हावापानीसँग मेल खाने गुण) र उत्पादनका लागि पाकिम, मंगन, गेजिङ, दरामदिन र माझीटारमा परीक्षण गरिएको थियो।

शुरुमा पुसा-३३ सिफारिश गरिएको थियो, तर ब्लास्ट वा ढुसी रोग लाग्नसक्ने भएकोले यसलाई पछि फिर्ता लिइएको थियो। त्यसपछि आईईटी- १४४४, गिजा-१४, सीआर-१२६ जस्ता प्रजातिहरू सिफारिश गरियो। गिजा-१४ पनि सिफारिश गरियो।

१९८०को दशकमा भीएलके-३९ सिफारिश गरिएको थियो, जसले सबैभन्दा धेरै क्षेत्र ओगटेको छ। अहिले आईसीएआरले सिफारिश गरेका प्रजातिहरू हुन्-

क. वासना आउने धान : गीताञ्जली, पुसा सुगन्ध ख. वासना नआउने धान: पीडी-१०, भीएल धन-६१, सत्यरञ्जन, आरसीपीएल-१-८७-८

एचवाईभीको परिचयकरणमा राज्य सरकारले गरेको व्यापक प्रयासका बाबजुद पनि स्थानीय प्रजाति अट्टे अहिले पनि निकै लोकप्रिय छ अनि यसले धानखेती ऐकरको ४०-५० प्रतिशत क्षेत्र ओगटेको छ। यसको कारण हुनसक्छ-

•सबै प्रकारको उँचाइमा रोप्न सकिने व्यापक क्षमता •प्रकाशअवधिमा कम संवेदनशीलता (समस्या उत्पन्न हुनसक्ने नहुनु) हुनु •उत्तम गुणस्तरसहित ठिक्कैको उत्पादन दिन सक्नु •निम्न र मध्यम उर्वर माटोमा पनि निश्चित उत्पादन दिन सक्नु, र •उब्जाउको राम्रो गुणस्तर।

अन्य लोकप्रिय स्थानीय प्रजातिहरू हुन्- कृष्णभोग, भुइँफूल, ताप्रे, दूतकाटी, चम्पासारी, गोदुला फुदुङगे, कान्छी अट्टे, नुनिया, बगडे तुलसी, चिम्टे, ताइचुङ आदि।

पूर्वोत्तर क्षेत्र आईसीएआर अनुसन्धान केन्द्र, सिक्किमले २००६-०७ का अवधिमा सिक्किमको लागि स्थानआधारित धान उत्पादन कार्यक्रम शुरु ग-यो। यस कार्यको उद्देश्य स्थानीय धान अट्टेको तल दिइएका गुण विकास गर्नु थियो-

•अर्ध-बुकुनो विशेषता •१०-१५ दिनसम्मको समयावधि घटाउनु र, •उत्पादन बढाउनु।

सिक्किममा लघु प्रबन्धन व्यवस्था अन्तर्गत अनेकौं धान विकास कार्यक्रमहरू चालु छन्, जसबारे निम्नअनुसार चर्चा गरिन्छ:

एकीकृत खाद्यान्न विकास कार्यक्रम (आईसीडीपी)

यो केन्द्रद्वारा प्रायोजन गरिएको योजना हो, जसमा खस्रो अन्नको विकासको निम्ति निम्नलिखित विभिन्न कार्यक्रमहरू प्रस्तावित गरिएको छ:

प्रमाणीकृत बीजको वितरण

भारत सरकारको मार्गनिर्देशनअनुसार प्रति एकाइ १८०० रूपियाँको दरमा कृषकहरूलाई धान, गहुँ र कोदोको बीज वितरण गरिन्छ।

नयाँ प्रजातिहरू लगाउन प्रोत्साहन

भारत सरकारको मार्गनिर्देशनअनुसार, यस भागअन्तर्गत राम्रो उत्पादनका लागि पुरानो र पारम्परिक प्रजातिको ठाउँमा नयाँ प्रजाति लगाउनको लागि कृषकहरूलाई २०० रूपियाँ प्रति कुइण्टलको छुटमा बीज दिइन्छ। बर्खे र हिउँदे मौसममा सिक्किमका चारै जिल्लामा यो कार्यक्रम लागू गरिनेछ।

एकगुच्छ प्रदर्शन

यस कार्यक्रमअन्तर्गत फसल मौसममा धान र बर्खा मौसममा गहुँमा नयाँ र उन्नत तक्निक अप्नाएर यसको प्रदर्शन गरिन्छ। यसको दर प्रति हेक्टर २५०० रूपियाँ रहेको छ।

अनुकूलन (हावापानी र परिवेशसँग मेल खाने)

परिवेश र माटोको अवस्थामा धानको व्यापक अनुकूलता रहेको हुन्छ। भौगोलिक रूपमा भूमध्यरेखाको ४० डिग्री दक्षिण र ५० डिग्री उत्तरका भूभागमा धानको खेती गरिन्छ, जसमा तापमान र दिनको लम्बाइको अवधि पनि फरक-फरक हुन्छ। भूमध्यरेखादेखि अझ बेसी टाडो भएका देशहरू अनुकूल हुनाले प्रति एकाइ उत्पादन परिणाममा साधारणत: वृद्धि हुन्छ, किनभने यहाँ प्रकाशसंश्लेषण क्षमता राम्रो हुन्छ। यसैअनुसार, जापान, इटाली र स्पेन ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर ४४८० देखि ५१३६ केजी धान उत्पादन हुन्छ। भारत, चीन र इजिप्ट २१ डिग्रीदेखि ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर १३४४ देखि २४६४ केजी औसत उत्पादन हुन्छ। भूमध्यरेखा नजीक भएका देशहरूमा प्रति हेक्टर औसत उत्पादन ५६० देखि ११२० केजी भएको देखिन्छ।

मलको मात्रै कारण वा उन्नत प्रजातिहरूको कारणले शीतोष्ण (गर्मी र ठण्डा ठिक्क भएको) अक्षांशमा अधिक उत्पादन एकसमान हुँदैन, तर जलवायुको फरक भने व्यापकमात्रामा पर्दछ। जलवायुका कारकहरूको विश्लेषणबाट के लक्षण देखिन्छ भने न्यायो शीतोष्ण क्षेत्रबाट अत्यधिक उत्पादन प्राप्त गर्न सकिन्छ।

भारतमा, समुद्रसतहदेखि तल (केरलाको कट्टानाड क्षेत्र) र अधिकांश समुद्रसतहदेखि नजीकका क्षेत्र, काश्मीरको २००० मिटर उँचाइ र सिक्किमको ६००-१७०० मिटर उँचाइ अनि नेपालमा २६२१ मिटरको उँचाइमा रहेको जुम्ला उपत्यकामा धानको खेती गरिएको पाइएको छ। हिमालयको ३००० मिटर उँचाइको क्षेत्रमा समेत यसको खेती गरिन्छ (ग्रीस्ट, १९७५)।

वैज्ञानिक विवरण

धान पोसिया परिवारअन्तर्गत पर्दछ अनि यो एकवर्षे घाँसजातीय बाली हो। यसले आफै पराग हाल्छ। यो छोटोदिने बाली हो। धान अर्ध-जलचर पौधा हो अनि यसमा एरेनकाइमेटिक तन्तु हुन्छ। पात, डाँठ र जरामा एरेनकाइमेटिक कोशिका भएकोले वायुमण्डलीय भागबाट बोटले अक्सिजन तल जरासम्म पु-याँउछ।

जरा व्यवस्था

यसको जरा व्यवस्था रेसादार हुन्छ, जसमा जराको शाखा र जराको जटा वा रेसा हुन्छ। रोपेको लगत्तैपछि धानको बीजले मूल जरादेखि बीजीय जरा निकाल्छ। यो कम्ती बाँच्छ। खास काम गर्ने जरा दोस्रो बलियो जरा हुन्छ, जो आँख्लाको तल्लो डाँठबाट पलाउँछ।

अङ्कुर व्यवस्था

डाँठको रूपमा जानिने धानको डाक्ला खोक्रो, गोलो, जोडिएको र डाँठ र अन्तरडाँठले बनेको हुन्छ, जो एकपछि अर्को गर्दै मिलेर बसेको हुन्छ। भुइँडाँठले मुख्य आँख्लामा एउटा पात र कली दिन्छ, जो मुना वा डाँठको रूपमा बढ्न सक्छ। पहिलो डाँठ मुख्य आख्लामध्येबाट बढ्छ। पहिलो डाँठले दोस्रो डाँठ जन्माउँछ अनि दोस्रोले तेस्रो शाखाहरू बनाउँछ। उद्बिद अवस्थासम्म धानको डाँठ बढ्ने क्रम जारी रहन्छ। पानी र पोषण तत्त्वको चापको कारण केही डाँठहरू प्रजनन अवस्थामै मर्छन्। फूलको डाँठ बोक्ने आँख्लालाई उर्वर तथा प्रजनक डाँठ भनिन्छ।

पात

प्रत्येक आँख्लाको डाँठमा एउटा चौडादार पात रहेको हुन्छ, जो प्रत्येक डाँठको कुनामा जन्मछ। प्रत्येक पातमा तल दिइएका अंगहरू हुन्छन्:

पातको दाप

यो आँख्लाको डाँठबाट निस्कन्छ अनि प्राय: यसमा जोडिएको हुन्छ अनि कहिलेकाहीं अर्को माथिल्लो डाँठ र माथिल्लो पातको दापसँग जोडिएको हुन्छ।

पात तन्तु

यो पातको माथि फैलिएको अङ्ग हो अनि डाँठबाट निस्कन्छ, जहाँ यो पातको दापसँग जोडिन्छ। जोर्नीमा यसको बाक्लो कठालो हुन्छ।

बाह्यकर्ण (बाहिरी काणजस्तो आकृति भएको ‘अरिकल’)

पातको दापको फेदमा यो जटायुक्त गाँस वा जोर्नीजस्तो हुन्छ।

लिगुल

यो बाह्यकर्णदेखि केही माथि एउटा पातलो कागजी बनोटको हुन्छ। प्रजातिहरू चिन्हित गर्नको निम्ति पातका विभिन्न भागहरू महत्त्वपूर्ण हुँदछ।

ध्वजे पात

यो फूलडाँठदेखि ठीक तल सबैभन्दा माथिल्लो पात हो। यो लम्बाइमा सामान्यतया छोटो हुन्छ अनि एउटा कुनामा ठाडो रहन्छ। डाक्लामा मुख्य आँख्लादेखि पहिलो डाँठ र पहिलोदेखि दोस्रो डाँठ अनि दोस्रोदेखि तेस्रो डाँठमा पातको संख्या घट्दै जान्छ।

नोट

एकिनोक्लोआ एसपी.(धानबालीमा जताततै हुने एउटा अति साधारण झार, जसलाई हामी सामा भन्छौं)–बाट धानलाई छुट्याउन फूलडाँठ र लिगुलले पहिचानको विशेषता बोकेको हुन्छ।

फूलडाँठ

धानको बोटको फूलगुच्छ अन्तिम डाक्लामा जन्मन्छ, जसलाई फूलडाँठ भनिन्छ। यो अडिएर रहेको हुन्छ अनि पाकेपछि झर्छ। फूलडाँठले फुलगुच्छ बोकेको हुन्छ।

फूलगुच्छ

फूलगुच्छ पुष्पदलहरूको एकमुष्ठ एकाइ हो, जसमा ग्लुम भनिने दुई बाँझो लेमा, एउटा लेमा, एउटा शंकु, एन्थर र कील रहेको हुन्छ।

लेमा

यो पाँचवटा नसा भएको कडा आवरण वा खोल हो, जसमा झल्लर प्रकारको एउटा पातलो खोल विस्तार भएको हुन्छ। धानका प्रजातिहरूमा झल्लर वा चँदुवा हुन पनि सक्छ अथवा नहुन पनि सक्छ।

शंकु

यो तीनवटा नसाले भरिएको बाहिरी आवरण हो, जो हल्का साँघुरिएको र लेमाभित्र जोडिएको हुन्छ।

फूल

यसमा ६ वटा पुंकेसर हुन्छ, जसमा दुई एन्थर र एउटा गर्भकेशर अनि एउटा अण्डाशय र पुष्पकेसर गर्भाधान गर्ने दुईवटा गर्भाशय हुन्छ। गर्भकेशरमा एउटा पोथी बीज रहेको हुन्छ।

अन्न धानको दाना पाकेको अण्डाशय हो, जसमा लेमा र शंकु राम्रोसँग जोडिएको हुन्छ। भुस वा बियाँका अन्य स-साना अंगहरूसहित लेमा र शंकु धानको छिल्का निकाल्दा हटाइन्छ। धानको दाना एक क्यारियोपसिस फल हो, जसमा एउटा दाना पातलो झिल्लीसितै अण्डाशय (बीजथैली)-मा विलय हुन्छ वा गर्भाधान गर्छ। बीजमा बीजकोष र भ्रुण हुन्छ। भ्रुण धेरै सानो हुन्छ अनि क्यारियोपसिसको अघिल्तिर रहेको हुन्छ। यसले भ्रुण पात (प्लमुल) र मूल जरा (रेडिकल)-लाई साथमा लिएको हुन्छ। यसलाई पानीमा भिजाएपछि वा माटोमा रोपेपछि रेडिकल जरा भएर अनि प्लमुल डाक्ला भएर बढ्छ।

धानले अन्नको आकार, आकृति, बियाँको रङ्ग र चामलको दानामा उल्लेखनीय विभिन्नता देखाउँदछ। धानको कोसा छोटो मोटो वा छोटो पातलोदेखि लिएर लामो मोटो वा लामो पातलोसम्म हुनसक्छ। धानको कोसाको लम्बाइ, चौडाइ र लम्बाइ/चौडाइ अनुपातको आधारमा धानलाई पाँच श्रेणीमा बाँडिएको छ। धानका विभिन्न समूहको विभेद निम्न प्रकारले गर्न सकिन्छ:

क्रम संख्या समूह स्पष्ट विशेषता १ लामो पातलो कोसाको लम्बाइ धेरै बेसी ६ एमएम हुन्छ, लम्बाइ-चौडाइ अनुपात ३ एवं ३ भन्दा ठूलो हुन्छ। २ छोटो पातलो कोसाको लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात ३ एवं ३ भन्दा ठूलो हुन्छ। ३ मध्यम पातलो कोसाको लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ देखि ३ वा लम्बाइ ४.५ एमएमभन्दा कम र लम्बाइ-चौडाइ अनुपात २ र २.५को बीच हुन्छ। ४ लामो मोटो लम्बाइ धेरै बेसी ६ एमएम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ भन्दा कम हुन्छ। ५ छोटो मोटो लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ हुन्छ।

चामल साधारणत: सेतो हुन्छ, तर सिक्किममा रातो र बैजनी रंगको धान (चामल) पनि उत्पादन गरिन्छ। रातो र बैजनी रंगको धान स्थानीय प्रजातिहरूमा मात्र पाइन्छ। रातो धानको प्रजाति बच्ची हो भने बैजनी धानको प्रजाति हो कालो धान। धानमा एन्थोसाइनिनको मात्रा हुनु वा नहुनुको कारणले यसरी फरक पर्दछ। अन्य शारीरिक बनोट जस्तै जरा व्यवस्था, बोटको उँचाइ, भुइँडाँठ पलाउने क्षमता, पातको विशेषता जस्तै प्रकाशसंश्लेषणको क्षमता, दिनको लम्बाइ र तापमान सहन सक्ने मात्रा आदि विशेषताअनुसार पनि धानमा उल्लेखनीय विविधता आउँछ।

वृद्धि तथा विकास अवस्था[सम्पादन गर्ने]

शारीरिक रूपमै धानको जीवन-चक्रलाई तीन खण्डमा विभाजित गरिएको छ, जसबारे निम्नअनुसार चर्चा गरिन्छ:

उद्भिद अवस्था: यसका चार अवस्था हुन्छन्, ती हुन्-

क. बिरुवा अवस्था बीज टुसाको रूपमा कलिलो बिरुवामा फेरिन्छ, जसमा बीज जरा र स्थायी जरा अनि हरिया पातहरू हुन्छन्। यो बिरुवा १५ दिनसम्म अथवा पहिलो दुई पात नआउञ्जेलसम्म बीजकोषमा संचित रहेको कार्बोहाइड्रेट्समाथि निर्भर रहन्छ। पाँचपात विकसित भएपछि यो चरण सकिन्छ। यस अवधिमा बिरुवाले प्राय: सबै बीजकोषलाई समाप्त गरेर नयाँ बिरुवा निकाल्छ।

ख. बीजारोपण अर्थात् बिरुवा रोपनको अवस्था यो अवधिले बिरुवा उखेलेर सबै बिरुवालाई फेरि रोपाइँ गर्नेसम्मको पुन: प्राप्तिको अवस्थालाई समेट्दछ। बिरुवा रोपाइँ गरेको चारदेखि दश दिनभित्रमा दोस्रो स्थायी जरा आउँछ अनि यसले माटोबाट पोषकतत्त्वहरू चुस्न थाल्छ र बोटको वृद्धिलाई अघि बढाउँछ। यदि पानीको दह राखेर बिरुवाहरू सावधानीपूर्वक उखेलियो भने बिरुवा उखेल्दा जरामा लाग्ने चोटपटक घटाउन सकिन्छ। यदि धानको बीजलाई सोझै छरियो भने पुन:प्राप्तिको अवस्था आउँदैन अनि उद्भिद विकासको चरण तदनुसार चारदेखि दश दिन घट्छ।

ग. भुइँडाँठ आउने अवस्था बिरुवा रोपेपछिको दश दिनपछि अत्यधिक भुइँडाँठ पलाउने अवस्था हुन्छ, जो बिरुवा उखेलेर फेरि बीजारोपन गरेको ३५ देखि ४२ दिनभित्रमा आउँछ। साधारणत: तेस्रो वा तृतीयक डाँठ आएपछि बोटले डाँठ निकाल्न बन्द गर्छ। अत्यधिक आँख्ला पलाउने अवस्थामा पुगेपछि बोटमा डाँठको संख्या घट्दै जान्छ।

घ. उद्भिदको मन्द अवस्था यो अवधि अत्यधिक डाँठ पलाउने र फूलडाँठ शुरु हुने बीचको अवस्था हो, जसमा केही डाँठहरू समय पुगेर मर्छन्। चाँडो पाक्ने धानका प्रजातिहरूमा यो चरण हुँदैन, तर यो लामो समयमा पाक्ने धानमा भने हुन्छ। यो मन्द अवधि अन्य अवधिभन्दा कम हुन्छ। यो उद्भिदको मन्द अवस्थालाई प्रकाशसंश्लेषणप्रतिको संवेदनशील अवस्था पनि भनिन्छ। विशेष प्रकारको प्रकाशसंवेदी प्रजातिहरूमा यो अवधि एक वा दुई महिनासम्म पनि रहन सक्छ। यो मूल उद्भिद अवस्थाको अन्तिम अवधि हो।

प्रजनन चरण: यस अवधिमा चार चरण हुन्छन्।

फूलडाँठ शुरु हुने अवस्था

यो प्रजनन अवस्थाको शुरुआत हो, जसमा दीर्घम्यादीको प्रजातिहरूमा अत्यधिक डाँठ अवस्था सम्पन्न हुन्छ। यसले अत्यधिक डाँठ पलाउने अवस्थालाई अघि बढाउन वा छोप्न पनि सक्छ। गुबो पसाउने अवस्था अघि लगभग २१ देखि २५ दिनमा यो अवस्था आउँछ तर फूलडाँठको शुरुआती चरण सकिएको एक हप्तापछि मात्र फूल फुलेको थाहा पाउन सकिन्छ।

अन्तरडाँठ बढ्ने अवस्था

फूलडाँठ शुरु हुने अवस्थापछि बोटको मध्यमा रहेको भित्री कोखले अन्तरडाँठ लम्बिने क्रमलाई तीव्रताका साथ बढाउँछ। भुइँडाँठ शुरुआती अवस्थाको लगत्तैपछि बोट लम्बिनु थाल्छ। छिट्टै पाक्ने प्रजातिहरूमा माथिल्लो अन्तरडाँठ लम्बिने क्रम भुइँडाँठ शुरु हुने अवस्थाभन्दा धेरै अघि नै हुनसक्छ। पातको दापभित्र फूलडाँठको विकास शुरु हुँदा यसले वृद्धि अवस्था देखाउँछ।

पसाउने अवस्था

बढ्ने अवस्था सकिएपछि फूलडाँठ वा टुप्पो पसाउन थाल्छ। सबै धानका प्रजातिहरूमा वृद्धिको १५ दिनपछि यो अवस्था आउँछ।

फूल फुल्ने अवस्था

वृद्धि अवस्थाको २०-२५ दिनपछि फूल फुल्न थाल्छ। फूलडाँठमा भएको सबै फूलगुच्छ नफुलेसम्म यो क्रम सफलतापूर्वक जारी रहन्छ। यसपछि पराग हाल्ने र षेचन गर्ने क्रम चल्छ।

पाक्ने अवस्था

बालीले निम्नलिखित चरणहरू पार गरेपछि २५ देखि ३५ दिनको बीचमा धान पाक्ने क्रिया पूरा हुन्छ।

दूधे अवस्था

अन्नमा पानीको मात्रा सुकेपछि ७ देखि १२ दिनको बीचमा कोसामा दूध पसाउन थाल्छ जसलाई दूधे अवस्था पनि भनिन्छ।

फ्याप्लो अवस्था

दूधे अन्न नरम फ्याप्लो अवस्थामा परिणत हुन्छ अनि पछि कडा फ्याप्लो अवस्थामा पुग्छ। दूधे अवस्थादेखि फ्याप्लो अवस्थामा पुग्न करिब दुई-तीन हप्ता लाग्छ।

पाक्ने अवस्था

यस अवस्थामा अन्न राम्रोसँग पाकेर कडा हुन्छ अनि हरियो रंगको मात्रा हट्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]