धिरेन शाक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धिरेन शाक्य
जन्म१३ फागुन २०२७
पाल्पा
राष्ट्रियतानेपाली
पेशाअभिनेता
कार्यकालसन् १९९४ – हाल
पुरस्कारराष्ट्रिय चलचित्र पुरस्कार

धिरेन शाक्य नेपालका एक चर्चित अभिनेता हुन्।[१] उनले थुप्रै चलचित्रहरूमा प्रमुख भूमिका निर्वाह गरेका छन् भने उनी विभिन्न लोक दोहोरी तथा अन्य साङ्गितिक दृश्यहरूमा पनि देखा परेका छन्।[२][३] उनले २०५१ साल देखि नेपाली चलचित्र क्षेत्रमा कदम राखेका थिए जहाँ उनले आफ्नो पहिलो चलचित्र कर्जामा अभिनय गरेका थिए जसलाई ९ असोज २०५१ मा, प्रदर्शन गरिएको थियो।[४] चलचित्र क्षेत्रमा सफल कलाकारको रूपमा उनले विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार पनि समावेश छ। उनको सफल चलचित्रहरूमा, क्रोध, जिवनदान, चिनो, सिमाना, इस्साफ, अजम्बरी माया आदीलाई लिन सकिन्छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आर्मी छोरीका बाबु धिरेन शाक्य"। न्युज अफ नेपाल। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  2. "यस्ता देखिए धिरेन शाक्य नयाँ म्यु्जिक भिडियाेमा"। उज्यालो अनलाइन। सङ्ग्रह मिति ८ जुन २०१९ 
  3. "पत्रकार श्रेष्ठले निर्देशन गरेको भिडियोमा धिरेन शाक्य र कमलाको रोमान्स" (नेपालीमा), अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ८ जुन २०१९ 
  4. "कर्जा (चलचित्र)"। रिल नेपाल। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  5. दिप्सन लुइटेल, "रहरले होइन, ‘लक’ले हिरो बनेका धिरेन" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच ८ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]