धुपु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धुपु
अञ्चल
 - जिल्ला
कोशी
 - सङ्खुवासभा
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
४६६२
 - 

धुपु नेपालको कोशी अञ्चलको सङ्खुवासभा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ९०६ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११को जनगणना अनुसार धुपुको जनसंख्या भने जम्मा परिवार संख्या ९४६ रहेको छ भने जम्मा जनसंख्या ४२०२ रहेको छ त्यसमध्ये ४७% पुरुष र ५३% महिला रहेका छन् [१]

खादबारीबाट लगभग १८ किलोमीटर पूर्व दिशाको ग्रामिण कच्ची सडकको यात्रा गरिसकेपछि संखुवासभाको प्रख्यात ठाउँ धुपु पुगिन्छ | पानी बिजुली सडक लगायत बिकाशका पुर्बधारको पर्याप्त सुबिधा भएको धुपु गा.बि. स. खादबारी नगरपालिकासंग सिमाना जोडिएको गा बि स हो | धुपु गा बि सको उत्तरमा मस्त्यपोखरी,पश्चिममा खाँदबारी नगरपालिका दक्षीण र पूर्व मा सभाखोला पर्दछन | धुपुं गा बि स लाई ९ वटा वडामा बिभाजन गरिएको छ जसअनुसार धुपु १ लेब्रांग ,धुपु २ डके,धुपु ३ तल्लो धुपु ,धुपु ४ माथिल्लो धुपु र देउराली , धुपु ५ गोठगाउ ,धुपु ६ बितलप,धुपु ७ हुत्तिखिम, धुपु ८ ज्यामिरे र धुपु ९ धुपुसेरा आसपासका क्षेत्र पर्दछन |धुपु गा.वि.स को कार्यालय वडा नं ४ को सिरानमा अवस्थित छ ।

स्रोत[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१" 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]