धौलागिरि
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
हिमालको नाम बाट राखिएको दुइटा अञ्चल मध्ये एउटा धौलागिरी अञ्चल हो। पश्चिम नेपालका ३ अञ्चल मध्ये एक यस अञ्चलमा ४ जिल्लाहरू छन्। झोलुङे पुलको जिल्ला भनेर चिनिने बाग्लुङ यसको सदरमुकाम हो। यसक अरु जिल्लाहरूमा पर्बत्,म्याग्दी र मुस्ताङ पर्दछन। धौलागिरी अञ्चलले नेपालको धेरै बिशेषता बोकेको छ। मुस्ताङको मुक्तिनाथ,म्याग्दीको धौलागिरी हिमाल,बाग्लुङको कालिका मन्दिर यस अञ्चलका मुख्य बिशेषता हुन। हरेक बर्ष हजारौं श्रद्धालु भक्तजनहरूले तिर्थ जाने मुक्तिनाथ हिन्दू धर्मावलम्बीहरूको प्रमुख तिर्थस्थलमा पर्दछ। हजारौ साल देखि बलिरहेको ज्योतिले मुक्तिनाथको शोभा बढेको छ। पर्यटकको आर्कषणको केन्द्र अन्नपूर्ण पदमार्ग विश्वका प्रमुख पदमार्ग मध्ये एक हो। बिश्वको सातौ अग्लो धौलागिरी हिमालको उपस्थितीले यस अञ्चलको शोभा झन बढाएको पाइन्छ। ढोरपाटन समरण संरक्षण क्षेत्र सिकारको लागि प्रख्यात् छ। विश्वको गहिरो गल्छी कालिगण्डकी गल्छी म्याग्दी जिल्लामै पर्दछ। पर्यटकको आकर्शनको केन्द्र अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको ठूलो संरक्षित क्षेत्र हो। [१]