ध्यानगोविन्द रञ्जित

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ध्यानगोविन्द रन्जित

२०१७ सालमा, आफ्नै आँखा अगाडि बी. पी. कोइरालालाई पक्राउ गरेर लगेको घटनाले ध्यानगोविन्द रन्जितलाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो। त्यसवेला राजा महेन्द्रको 'कु' विरुद्ध आन्दोलन गर्न लाग्दा उहाँ पक्राउ पर्नुभयो। त्यसपछि राजनैतिका क्रममा उहाँ दर्जनौ पटक पक्राउ परिसक्नुभएको छ।

हाल नेपाली कांग्रेसका काठमाडौं जिल्ला अध्यक्ष रहनुभएका रन्जित प्रजातन्त्र प्रतिको लगाव, जन आन्दोलनमा खेलेको सक्रिय भूमिका र समाजवादी चिन्तनले आफूलाई विजयी बनाएको बताउनुहुन्छ। संविधानसभामा समृद्ध नेपाल, जनताको मौलिक अधिकार र लोकतन्त्रको विकास सम्बन्धी मुद्दा उठाउने उहाँको लक्ष छ।

रन्जितले त्रिभुवन विश्वविद्यालयबाट बी.एल्. र राजनीतिशास्त्रमा एम्.ए. गर्नु भएको छ। उहाँ दुई छोरा र दुई छोरीका पिता हुनुहुन्छ। विभिन्न सामाजिक संघसंस्था सँग आबद्ध ध्यानगोविन्द रन्जितको रुचि भ्रमण र अध्ययनमा छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा