ध्यान गोबिन्द रञ्जित
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
[सम्पादन गर्ने] ध्यान गोबिन्द रञ्जित
ध्यान गोबिन्द रञ्जित नेपालका एक राजनीतिज्ञ, संविधान सभा सदस्य र नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिका सभापति हुन |
चैत्र २०६४मा भएको संविधान सभाको निर्बाचनमा वहाँ काठमाडौं ९ बाट निर्बाचित हुनु भएको छ |
रञ्जित २०१४ सालको भद्र अवज्ञा अन्दोलन देखि राजनीतिमा सक्रिय हुनु भएका हुन | २०१७ सालमा प्रजातन्त्रको समर्थन गरेकोले १७ बर्ष्को कलिलो उमेरमा जेलमा पर्नु भए देखि हाल सम्म वहाँ निरन्तर राजनीतिमा लाग्दै आउनु भएको छ| प्रजातान्त्रिक अन्दोलनको क्रममा वहाँलाई निरङकुश पंचायती शासनले पटक पटक गरि १० (दस) बर्ष भन्दा बदि जेलमा बन्दी बनाएका थिए |
पञ्चायती शासनको बिरोधको क्रममा वहाँले धेरै वर्ष् भारतमा निर्वासन जीवन समेत बिताउनु भएको थियो |
निरन्तर जेल जीवन् र निर्वासनको वाबजुद वहाँले राजनिति शास्त्रमा स्नातकोत्तर (एम. ए.) गर्नु का साथै मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एम. पि. ए.) र ब्याचेलर इन ल (बी. एल.) अध्ययन गर्नु भएको छ |