नगरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नगरा
नगरा
अन्य नामहरूनघरा
वर्गीकरण Percussion instrument
बजाउने दायरा
Rope tensioned

नगरा एक प्रकारको नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा तामाबाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा यो बाजा बजाउने चलन छ । विभिन्न चाडपर्वमा यो बाजा बजाउने चलन थियो । यस बाजालाई डङ्का पनि भनेको सुनिन्छ ।

नेपालका विभिन्न स्थानमा विशेष पर्वहरूको समयमा बजाइने एक प्रकारको बाजा हो । नेपालका विभिन्न जिल्लामा अहिलेपनि दसैँ सुरु भएको सङ्केत नगराले गर्छ । नगराको एकोहोरो आवाज सुन्न थालेपछि दसैँ सुरु भयो भनेर गाउँवासीलाई सूचना दिने परम्परागत चलन अझै कायमै छ । [१]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]