नन्दकुमार प्रसाई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् नन्दकुमार प्रसाईं 'राजन' माओवादी आमन्त्रित केन्द्रीय सदस्य एवं संयुक्त जनपरिषद् सचिवालय सदस्य पनि हुनुहुन्छ।
०१४मा राष्ट्रिय विद्यार्थी फेडेरेसनबाट राजनीति थाल्नभएका प्रसाईं ५१ वर्षदेखि निरन्तर वाम राजनीतिमा हुनुहुन्छ। आफ्नो राजनीतिक जीवनमा जम्मा १२ वर्ष जेल, २ वर्ष निर्वासन र २ वर्ष भूमिगत जीवन बिताउनुभएका प्रसाईं मध्यम वर्गीय किसान परिवारमा जन्मनुभएको थियो। मनमोहन अधिकारीको पूर्व कोशी प्रान्तीयमा लाग्नुभएका प्रसाईं पछि चौथो महाधिबेसनको संस्थापक बन्नुभयो। त्यसपछि उहाँ ५ वर्ष मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालमा बस्नुभयो। चौथो महाधिबेसन फुटेपछि प्रसाईंले आफ्नै नेतृत्वमा पार्टी खोल्नुभयो र कृष्णदास श्रेष्ठको पार्टीसित एकीकरण गरेर नेकपा मालेमा बनाउनुभयो।
०४६को जनआन्दोलनमा संयुक्त जनआन्दोलन संयोजन समितिका उहाँ संस्थापक हुनुहुन्छ। उहाँ संयोजन समितिमा रहेका वामहरूको चुनावी मोर्चा संयुक्त जनमोर्चाको केन्द्रीय उपाध्यक्ष पनि बन्नुभयो। तुलसीलाल अमात्य एमाले भइसकेपछि प्रसाई साम्यवादी पार्टी मालेमाको महासचिव बन्नुभयो। ०५३मा फुटपछि उहाँ क्रान्तिकारी वाममोर्चाको अध्यक्ष बन्नुभयो। साम्यवादी र मालेमा मिलेर उहाँहरूले मालेमा केन्द्र गठन गर्नुभयो। त्यसपछि ६ साना वामको संयुक्त मोर्चा वाममोर्चाको अध्यक्ष बन्नुभयो। पूर्वी पहाडी जिल्लामा शिक्षक भएर उहाँले कम्युनिष्ट पार्टीको गठन गर्नुभएको थियो। ०६४ असोज २७ गते उहाँ माओवादीमा प्रवेश गर्नुभएको थियो।
६५ वर्षीय प्रसाईंले कलाशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। मुलुकको मूल कानून संविधानमा सबै जाति र भाषभाषीको समाबेसी सहभागिताको सुनिश्चितता गराउने उहाँको मूल एजेण्डा छ।[१]