नमस्ते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो   । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ ।

नमस्ते अथवा नमस्कारको अर्थ

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ” मनुष्य कुन घटकले बनेको हुन्छ रु”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्मा ९ईश्वरीय तत्व० हुन्छजसलाई हामीआत्माभन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ ।

‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ क्ष् नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ

नमस्कार गर्नुको उद्देश्य

नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि हाम्रो सामुन्य व्यक्तिको आत्मालाई नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ ।

नमस्कार गर्ने समय यदि हामीयस्तो विचार राख्छौ कि “तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छौनअनि तपाई सर्वज्ञ हुनुहुन्छ”, यो अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।

मुख्यतया नमस्कार तिन प्रकारका हुन्छन् ।

सामान्य नमस्कार: कुनै व्यक्तिसँग भेटिदा सामान्य तया दुवै हातलाई जोडेर नमस्कार गरिन्छ । प्रत्येक दिन कयौ मानिसहरूसँग भेटिन्छौ र हामी नमस्कार गर्छौ । यसप्रकारको नमस्कारलाई सामान्य नमस्कार भनिन्छ ।

पद नमस्कारः यस प्रकारको नमस्कार हामी आफनो परिवार, नाता, बृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।

साष्टांग नमस्कार : यस प्रकारको नमस्कार मन्दिरहरूमा मात्र गरिन्छ । मठ मन्दिरमा देवि देवताको शरणमा गरिने नमस्कार साष्टांग नमस्कार हो । मंदिरमा नमस्कार गर्ने समयमा खाली खुट्टा हुनु पर्दछ ।

नमस्कार गर्नुको फाइदाहरु : राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकरात्मक सोचको विकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपाईप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन । यसले अन्य ब्यत्ति प्रति नम्रत बढ्छ साथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

नमस्ते दुई हात जोडेर हिन्दूहरू द्वारा एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो। यस भावको अर्थ सबै मनुष्यहरूको हृदयमा एक दैवीय चेतना र प्रकाश छ जो अनाहत चक्र (हृदय चक्र)मा स्थित छ भन्ने हुन्छ। यो शब्द संस्कृतको नमस शब्दबाट निकालिएको हो।

यस भावमुद्राको अर्थ हो एक आत्माले अर्को आत्मालाई आभार प्रकट गर्नु।


''''नमस्कार ( नमस्ते, पाउ लागि ) लाई नेपालका विभिन्न भाषामा यसरी सम्वोधन गरिन्छ । कतै छुट त भएको छैन ? हेरौ । आफूले जानेको थपौ‌ । , ज्वज्वलपा, तारेमाम– नेवारी (नेपाल),

२, बन्दगी– राजवंशी, ३, सेवा–राई , ४, सेवारो –लिम्बू, ५, सेमूना : चाम्लिङ राई, ६, सेउपाखा – धिमाल, ७, सेवानुङ : भुजेल ८, टासीदेलेक– शेर्पा ९, छ्याज्यलो, फ्याफूल –गुरुङ, १०, मिझोर, झोर्ले – मगर ११, अछा सक्ले , गोड् लाग्छुन - पूर्वेली थारू १२, बङ्गी– ताजपुरिया १३, दर्शन– क्षेत्री १४, जदौ – खष भाषा १५, रामराम –मारवाडी, पश्चिमी थारू १६, प्रणाम : मैथिली १७ ल्हासो, फ्याफूल्ला– तामाङ, या फ्यासी मुः :- तीनगाउँले थकाली

१८ सलाम अलेकुम : इस्लाम धर्मालम्वी १९ जय मशिह : इसाइ धर्मालम्वी २० प्रणाम : कृष्ण प्रणामी २१ राधे राधे : बैष्णव २२ जय श्रीमन नारायण : श्रीबैष्णव २३ लाल सलाम : नेकपा २४ जय नेपाल : नेपाली कांग्रेस २५जय मधेश: मधेशवादी दल २६ जय नेपाल नेपाल प्रहरी २७ ॐ : पतञ्जली योग समितिका अनुयायी २८ ढोग गरे : मातापिता अभिभावकलाई सानाबाट २९ (छड्के) सलाम : सेना (?) ? ३० जय गुरूदेव : जीवन जीउने कला ( श्रीश्री रविशंकर मार्गी ) ३१ जय ओशो : ओशो सन्याशी ३२ साइराम : साइ भक्त ३३ सक्ले : खवास ( कौशिया) ३३राधे श्याम –निम्वार्गी वैष्णव , ३४हरेकृष्ण – अन्तर्राष्ट्रिय कृष्ण भावनावृत्त सङ्घ (इस्कोन) ३५जय सीयाराम – रामानन्दजी वैष्णव , ३६जय भोले– शिवमार्गी–, ३७हरि ओम – सिद्धाश्रम योगसाधक , ३८ओम शान्ति– बह्मकुमारी राजयोग केन्द्रका अनुयायी, ३९आदेश –गोरखनाथ सम्प्रदाय , ४०जय प्रभु सदानन्द जी– सदानन्द तत्वज्ञानी , ४१ नमस्कारम् –स‌ंस्कृत ४२ सेवाढोग - माझी,जैदेउ-आदेेश