नरबहादुर साउद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नरबहादुर साउद (२०१९ फागुन ४ -) मदन पुरस्कार विजेता नेपालका कृषि प्राविधिक हुन्। साउँदले कृषि विधामा लेखेको नेपालका बालीनाली र तिनको दिगो खेती पुस्तकका लागि २०६६ सालको मदन पुरस्कार पाएका हुन्।

जन्म र शिक्षा[सम्पादन गर्नुहोस्]

उनको जन्म बैतडीको रिम-३ बन्डामा २०१९ सालमा बुबा धनबहादुर साउँद र आमा धर्मादेवी साउँदका सन्तानका रूपमा भएको हो।

उनले गाउँकै पञ्चदेव माविबाट २०३६ सालमा एसएलसी सकेका हुन्। साउँदले रामपुर क्याम्पसबाट २०३९मा कृषिमा आईएस्सी- एजी गरे। ०४१ सालमा सरकारी छात्रवृत्तिमा हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालय, पालमपुरबाट कृषि बिषयमा स्नातक, बीएस्सी- एग्री गरे।

जागीर र दुर्घटना[सम्पादन गर्नुहोस्]

सन् १९८९मा सहायक स्याउ उत्पादन अधिकृतका रूपमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् खुमलटारबाट सेवा सुरू गरेका हुन्। उनी दुग्ध विकास संस्थानको प्राविधिक अधिकृत बने।

उनी २०४७ मै संस्थानमा कार्यरत थिए। बुटवलबाट सुर्खेत जाँदै गर्दा दूधको ट्यांकर दुर्घटनामा भयो। उनी घाइते भए। साउँदले थुप्रै उपचार गरे पनि सञ्चो भएन। कम्मरमुनि नचल्ने गरी अशक्त भए। दुर्घटनामा परेर अपांग भएपछि माइती गएकी श्रीमती फर्किनन्।

ओछ्यानमै पल्टेर उनले कृति तयार पारे। करिब १० वर्ष लगाएर पुस्तक तयार भएको हो। नेपालका बालीनाली र तिनको दिगो खेती २०६५ सम्म अपडेट छ। पहिले पाण्डुलिपि साझा प्रकाशन पठाइयो। सुरूमा विश्वास गरिएन। कृषि विशेषज्ञ डा. फणिन्द्रप्रसाद न्यौपानेको पाण्डुलिपि पढेपछि कृषिको क्षेत्रमा प्रथम दर्जाको कृति टिप्पणी गरेपछि किताब २०६७ वैशाखमा मात्र बाहिर आएको हो। साउँदको ९४० पृष्ठको उनको उक्त किताब सात खण्डमा बाँडिएको छ।

अहिले उनी च्याउ उत्पादनसम्बन्धी किताब लेख्दै छन्।

हाल उनी भीमदत्त नगरपालिका-१, उल्टाखाम कन्चनपुरमा बुबा, आमा र बहिनीहरूसँग बस्दै आउनु भएको छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]