नरेन्द्र बहादुर धिमाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मोरङ २ बाट विजयी संविधान सभा सदस्य नगेन्द्र धिमाल तत्कालिन नेकपा मालेले गरेको झापा विद्रोहको राप र तापले तानिएर २०३५ साल देखि राजनीतिमा लाग्नु भएको थियो। ४८ वर्षीय धिमाल एमाले छाडेर माले हु147दै २०५७ सालमा मालेबाट माओवादीमा प्रवेश गर्नुभएको हो।

प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गरेका धिमाल मोरङ उर्लाबारीमा जनसरकार प्रमुख पनि बन्नु भएको थियो। १६ वर्षसम्म शिक्षण पेशामा संलग्न रहेका धिमाल हाल धिमाल राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष तथा माओवादी मोरङ जिल्ला सचिवालय सदस्य पनि हुनुहुन्छ।

माओवादीको घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुसार जनताले आफूलाई विजय गराएको धिमालको धारणा रहेको छ। राज्यको हरेक अंगमा धिमाल जातिको पनि सहभागितालाई संविधानमै सुनिश्चित गराउनु उहाको एजेण्डामध्येको एक हो।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा