नरेश भण्डारी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एकिकृत नेकपा माओवादीको तर्फबाट जुम्ला जिल्लाबाट विजयी नरेश भण्डारी पार्टीको सही राजनैतिक विचारधारा र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ।
वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका भण्डारी माओवादीको बुद्धिजीबी संगठनको केन्द्रीय सचिव तथा माओवादीको राज्य समितिका सदस्य पनि हुनुहुन्छ। २०५१ साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला हालेका भण्डारी २०५६ सालदेखि भूमिगत हुनुभएको थियो। २०६० सालमा जिल्ला समितिको सदस्य हुदै उहा २०६३ सालमा जुम्ला जिल्लाको पार्टी इन्चार्ज हुनुभएको थियो।
भण्डारीको जन्म जुम्लाको देवालगाउ -८ कुम्डीमा २०३५ असार १ गते निम्न मध्यम वर्गीय परिवारमा भएको थियो। काशीकला र हरिबहादुर भण्डारीका छोरा नरेशलाई अध्ययनका क्रममा काठमाडौं बस्दा, गलैचा, हिङ, सिलाजीत बेच्दै हिड्ने जुम्लीलाई आफ्ना सहपाठीहरू समेतले हेपेको देखिपछि भण्डारी राजनैतिक चेतना बीना परिवर्तन गर्न सकिदैंन भन्ने ठानेर माओवादी पार्टीमा लाग्नु भएको थियो।
सङ्घीय संरचनामा नेपाललाई लगेर राज्यको साधन स्रोतमा हरेक क्षेत्र र पिछडिएका वर्गको प्रतिनिधित्व हुने गरी संविधान लेख्नमा भण्डारीले जोड दिनुहुनेछ।[१]