नर्जामण्डप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नर्जामण्डप
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लानुवाकोट
जनसङ्ख्या
 (1991)
 • जम्मा४४९३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नुवाकोट जिल्लाको ६१ वटा गाउँ विकास समितिहरु मध्येको नर्जामण्डप गाउँ विकास समिति विभिध किसिमको भौगोलिकता रहेको स्थानका रूपमा रहेको छ । बेशी, टार देखि उच्च पहाडी भाग रहेको नर्जामण्डप गाउँ विकास समितिका सबै टोल विकासको पुर्वाधार सडकबाट सम्पन्न रहेको छ ।

उक्त माध्यमिक विद्यालय १ निजी विद्यालयहरु २ वटा रहेको नर्जामण्डपमा झण्डै ६ हजार जनसङ्ख्या रहेको छ । २०१६ सालमा नर्जामण्डपका बाम्हणहरूले सहकारी स्थापना गरेर घरमा कुखुरा पालन गरेर क्रान्ति गरेका थिए ।

नर्जामण्डप नुवाकोट जिल्लामा पत्रकारहरु उत्पादन गर्ने गाविसको रूपमा चिनिएको छ । अहिले झण्डै आधा दर्जन पत्रकारहरु नर्जामण्डपका क्रियाशिल रहेका छन् । पत्रकारिताका प्राध्यापक श्रीराम खनाल देखि पुर्व सम्पादक गणेशप्रसाद खनालसम्म नर्जामण्डपको उत्पादन रहेका छन् । श्रीराम खनाल त्रिविमा पत्रकारिता पढाउँदैछन् भने पत्रकारितमै पिएचडीको तयारीमा छन् । उनी नर्जामण्डप १ का हुन् ।

अधिवक्ता गणेशप्रसाद खनाल लामो समय जिल्लामा र केन्द्रको पत्रकारितामा क्रियाशिल रहेका थिए । विमान, अर्थवित्त जस्ता पत्रिकामा सम्पादक रहेका खनालले कान्तिपुर, अन्नपुर्ण पोष्टमा लामो समय लेख लेख्नुभयो । अहिले उहाँ वकालत पेशामा सक्रिय हुनुहुन्छ । उनी नर्जामण्डप २ का हुन् ।

त्यस्तै, कपिलदेव खनाल नुवाकोट जिल्लाबाट प्रसारण हुने दुई वटा एफएम रेडियो र रसुवाबाट प्रसारण हुने एउटा एफएम रेडियोको सञ्चालक छन् । नुवाकोटको रेडियो त्रिशुली ८८.४ मेगाहर्ज र मिक्स एफएम ८९.४ मेगाहर्ज, रसुवाको रेडियो गोसाइँकुण्ड ९६.५ मेगाहर्जका सञ्चालक कपिलदेव खनालले नुवाकोटबाट सोमवार इमेज साप्ताहिक प्रकाशन गर्छन । त्यस्तै रसुवाबाट बुधवार प्रकाशन हुने गोसाइँकुण्ड खबर साप्ताहिकको उनी सम्पादक छन् । त्यसबाहेक इमेज च्यानल र राससमा पनि उनी कार्यरत छन् । उनी नर्जामण्डप ३ का हुन् । कपिलदेव खनाल हाल प्रेस सोसाइटी नेपालका केन्द्रिय सदस्य समेत छन् ।

नर्जामण्डप वडा नं. ४ कै शर्मिला उप्रेती रेडियो त्रिशुलीको स्टेशनम्यानेजर, इमेज साप्ताहिकका सम्पादक छन् । रेडियो त्रिशुली, मिक्स एफएम र रेडियो गोसाइँकुण्डको उप्रेती सञ्चालक समेत छन् ।

जगदीश खनाल नुवाकोट जिल्लाबाट प्रसारण हुने रेडियो जालपाको स्टेशन म्यानेजर छन् । हिमालयन टिभीमा जिल्ला समाचारदाताका रूपमा कार्यरत उनी नर्जामडण्प १ का हुन् ।      

नर्जामण्डप २ का सुजित भण्डारी रेडियो त्रिशुली, रेडियो गोसाइँकुण्ड र मिक्स एफएम सञ्चालक समेत छन् । उनी ती रेडियो बाहेक इमेज साप्ताहिकमा समाचार प्रमुखका रूपमा कार्यरत छन् ।  


स्रोत[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]