नर बहनदुर पुन
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नरबहादुर पुन
नीरज उपनाम भएका नरबहादुर पुन नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं.३ बाट निर्वाचित सभासद हुनुहुन्छ। ४९ वर्षीय पुनले भारतबाट व्यवस्थापनमा स्नातक सम्मको अध्ययन गर्नुभएको छ। दुई छोरी र एक छोराका पिता पुनको रुचि गीत, संगीत तथा खेलकुदमा रहेको छ। उहाँले १४ वर्ष स्कूल सञ्चालन गरिसक्नुभएको छ। यस अघि उहाँले कुनै पनि संसदीय निर्वाचनमा भाग लिनुभएको छैन। पुनले शिक्षक सङ्घ र आदिवासी जनजाति महासंघको केन्द्रीय तहमा रही काम गरिसक्नुभएको छ। २०४७ सालमा कांग्रेसबाट राजनीति शुरु गरेका ४९ वर्षीय सभासद पुनलाई पञ्चायती सरकारले त्यसभन्दा एक दशक अघि नै राजद्रोहको आरोपमा मुद्दा लगाउने प्रयास गरेको थियो। आफूलाई पक्रन आएका प्रहरी गाउँलेको सहयोगका कारण रित्तो हात फर्केपछि उहाँ भारत प्रवासमा जानुभएको थियो। जनताले परिवर्तन खोजेकाले आफूलाई संविधानसभामा विजयी वनाएको सभासद पुनको आकलन छ। विभेद र समानता हटाएर सबैलाई न्याय दिनसक्ने संविधान सबै पक्षको सहभागितामा लेखिनुपर्ने उहाँको धारणा छ। नरबहादुर पुन संविधानसभामा जातीय विभेद तथा क्षेत्रीय असन्तुलन हटाएर सबै अटाउने संविधान बनाउनुपर्ने तर्फ आफ्नो प्रयास केन्द्रित हुने बताउनुहुन्छ।