नवराज धामी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत मुगु जिल्लाबाट एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संविधान सभा सदस्य नवराज धामी २०४७ सालदेखि कम्युनिस्ट राजनीतिमा लाग्नु भएको थियो।
२०५४ सालमा नेकपा एमालेको तर्फबाट गाउ विकास समितिका अध्यक्ष विजयी भएको धामी एमालेले परिवर्तनकामी जनताको पक्षमा शसक्त भूमिका खेल्न नसेको भन्दै २०५८ सालमा माओवादीमा प्रवेश गर्नुभएको थियो। माओवादीमा एरिया सदस्य, एरिया सचिव हुँदै धामी २०६०मा जिल्ला सदस्य र जनसरकार प्रमुख हुनु भएको थियो।
२०६५ साल देखि विष्ट माओवादीको भेरी कर्णाली राज्य समितिका सदस्य हुनुहुन्छ। एस एल सी सम्मको औपचाकि अध्ययन गनेरका धामी मुगुको अति सुक्खाग्रस्त गाउँ पनि गाविसको ठूलोगाउँमा जन्मनु भएको हो।
माओवादी पार्टी प्रति जनताले गरेको विश्वास नै आफ्नो विजयको कारण बताउने धामी पिछडिएका वर्ग, समाज र क्षेत्रको हितमा नयाँ बन्ने संविधान केन्द्रित हुनुपर्ने बताउनुहुन्छ।[१]