नवलपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपुर
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
बौद्ध धर्म
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

नवलपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नवलपुर गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.४८ वर्ग किलोमिटर छ। नवलपुरको पूर्वमा कुन्चोक पश्चिममा ज्यामिरे, शिखरपुर उत्तरमा सिम्पालकाभ्रे र दक्षिणमा बाडेगाउँ पर्दछ। नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविसमा तामाङ जाति तथा योल्मोली लामा जातिको बाक्लो बसोबास छ। गाविसका अधिकांश मानिसहरू कृषिमा र अन्य मानिसहरू व्यापार व्यावसाय तथा नोकरीमा व्यस्थ हुने गर्दछन्। यहाँको प्रमुख कृषिबालीमा धान गहुँ मकै तथा कोदो पर्दछ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसमा २०५८ सालको जनगणना अनुसार कुल ७२७ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३६४७ थियो। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "नवलपुर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]