नविन्द्र राज जोशी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नविन्द्र राज जोशी
काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुनुहुन्छ। २०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका ४२ वर्षीय जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। हाल नेपाली काङ्ग्रेस, काठमाडौं जिल्ला सदस्य रहेका जोशी राजनैतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा रहिसक्नुभएको छ। सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिदै आएकाले जनताले संविधानसभामा आफूलाई विजयी बनाएको उहाँको आकलन छ। लोकतान्त्रिक मूल्य-मान्यता र संस्कृतिले नै देशलाई प्रगतिको बाटोमा हिडाउन सक्ने उहाँको मान्यता रहेको छ। त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका सभासद जोशीका राजनैतिक लेखरचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। कुशल संगठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा विशेष रुचि राख्नुहुन्छ। उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ। एक छोरीका पिता जोशीले संविधानसभामा उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन्- क. सङ्घीयताको खाका कोर्ने, ख. काठमाडौंमा खानेपानीको व्यवस्था मिलाउने।