नारायणकाजी श्रेष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ
राष्ट्रियता नेपाली
पेशा राजनीति
चिनारीको कारण उपाध्यक्ष एकीकृत नेकपा माओवादी
धर्म हिन्दू

नारायणकाजी श्रेष्ठ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुन ।

उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा पनि पत्रकार सम्मेलनबाटै फरक मत राख्ने ब्यक्ति हुन् । राष्ट्रियताका मुद्धामा भन्दै उनले पार्टीमा पटक पटक राखेका फरक मतलाई कतिपयले स्टन्ट देखाएर चर्चामा आउने दाउ भनेर समेत आलोचना गर्छन् । पार्टी भित्रै पनि जनयुद्धको ब्याज खान आएको भनेर आलोचित हुने गरेकाभएपनि नारायणकाजी श्रेष्ठले आफ्ना कुरा अडिगरुपमा सँधै स्पष्टरुपमा राख्छन्, सार्वजनिकरुपमै राख्छन् । पछिल्लो समयमा नारायणकाजी करिव छ महिना मौन बसेर मुख खोलेको र सार्वजनिक सवारीको प्रयोग गरेर चर्चामा छन् ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

नारायणकाजीसँग टेम्पो संवाद