नारायणगोपाल गुरूवाचार्य

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
नारायणगोपाल


नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.1939 अक्टोबर 4 - इ.सं.1990 डिसेम्बर 5), पूरा नाम नारायणगोपाल गुरूवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन् । उनलाई नेपालको श्वर सम्राटको उपाधिले सम्मान गरिएको छ । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अंगाले । उनले करीव ५०० वटा नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।

विषयसूची

[परिवर्तन्] जीवनी

स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाण्डौको किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे । भातरको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाड्नुभयो । डिस्क र टेपमा गरी जम्मा २ सयवटा जती गीतहरू रेकर्ड गराए ।

[परिवर्तन्] पुरस्कार तथा सम्मान

नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो ।

खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए । बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा कान्छी मस्याङ लेखेका थिए । उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बिर् हस्पिटल मा भएको भयो ।


[परिवर्तन्] प्रमुख एल्बमहरू

[परिवर्तन्] बाहिरी लिंकहरू

अरु भाषामा