नारायणमान बिजुक्छे
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन्। उनी रोहित उपनामले पनि चिनिन्छन्। उनले 'हरिबहादुर श्रेष्ठ' उपनाममा लेखहरू लेख्ने गर्दछन्।
[सम्पादन गर्ने] वाल्यकाल तथा परिवार
नारायणमानको जन्म वि.सं. १९९६ साल फागुन २६ गते बागमती अञ्चल, भक्तपुर जिल्लाको सुकुलढोका-८मा भएको थियो। पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका पाँच भाइ छोराहरू मध्ये उनी जेठा हुन्। उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। उनी हिन्दू धर्म मान्दछन् र उनको विवाह रामेछाप जिल्लामा घर भएकी एक शिक्षककी छोरी सोभा प्रधानसँग भयो। परीक्षामा सम्मिलित भए पनि उनिमानविकी शास्त्रमा स्नातक छैनन्। राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे। रोहितका दुई छोराहरू- सुवेगमान र सुवानमान छन्।
[सम्पादन गर्ने] राजनैतिक जीवन
वि.सं. २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक, ०१२ सालमा रौतहट जिल्लाका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्यालीमा सहभागिता, ०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्य,०१७-१८मा युनियन (कलेज)को अध्यक्ष, ०१५ सालताका मार्क्सवादी अध्ययनसर्कलमा संलग्न, ०१६-१७मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष , ०१६ सालमा चीनमा उपचारार्थ रहनुभयो। ०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य, ०३१ सालमा पुष्पलाल समूहबाट अलग भई ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन्।
[सम्पादन गर्ने] लेखन
नारायणमानका प्रकाशित कृतिहरू निम्न प्रकार छन् :
- नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन
- विश्वकाप्रसिद्ध मजदुर आन्दोलनहरू
- नेपाल-भारतसम्बन्ध र भारत
- चार रचना
- आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास
- कोरिया भ्रमण
- चीन भ्रमण र
- भियतनाम परिचय
उनका दुई पुस्तकहरू चीन भ्रमण र भियतनाम परिचय नामका दुई पुस्तकहरू पञ्चायती व्यवस्थाको समयमाछापाखानाबाटै जफत भएको थियो। उनी नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारी राम्ररी लेख्ने तथा बोल्ने गर्छन्।
उत्तर कोरिया, क्यूबा, लाओस, भियतनाम, कम्बोडिया र चीन उहाँका मनपर्ने ठाउँ हुन्। कार्ल मार्क्स, फ्रेडरिख एंगेल्स, लेनिन, स्टालिन, माओ त्से तुङ, हो चि मिन्ह र किम इल सुङलाई आदर्श मान्नुहुन्छ। नेपाली, हिन्दी र अङ्ग्रेजीका साथसाथै मातृभाषा नेवारी राम्ररी लेख्न र बोल्न सक्नु हुन्छ।