नारायण प्रसाद अधिकारी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

२०३९ साल देखि राजनीतिमा लागेका माओवादीका सभासद नारायणप्रसाद अधिकारीले लामो समयसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो। आइ. ए तह सम्म अध्ययन गरेका अधिकारी शिक्षण पेशामै रहँदै माओवादीको जिम्मेवार तहमा पुग्नु भएको थियो।

फुर्सदको समय अध्ययन लेखनमा बिताउने अधिकारीको जन्म सामान्य किसान परिवारमा भएको हो। मर्काबाङ -४ रातापानीमा २०२० पुस ६ गते अधिकारीको जन्म भएको हो। अधिकारीका बुबा उहाँ नजन्मदै बितिसक्नु भएको थियो। माओवादीको एरिया सदस्यहुँदै प्युठान जिल्ला समितिको सदस्य तथा सेक्रेटरी भएका अधिकारीले राप्तीका सबै जिल्लामा काम गर्नुभएको छ। अधिकारीका श्रीमती, छोरा पनि माओवादीका एरिया सदस्य छन्। अधिकारीले गरीव निमुखा जनताको पक्षमा संविधान लेखिने बताउनुहुन्छ। राज्यबाट सँधै उपेक्षित रहेको क्षेत्रले अब बन्ने संविधानमा विशेष स्थान पाउनुपर्ने अधिकारीको भनाई छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा