नारायण प्रसाद पौडेल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एकिकृत नेकपा माओवादीको तर्फबाट अन्य समूहबाट समानुपातिक निर्वाचन प्रणालि अन्तरगत संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद् नारायणप्रसाद शर्मा 'कमलप्रसाद' माओवादीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। २०२८ सालदेखि नै विद्यार्थी राजनीतिबाट वाम राजनीति थाल्नुभएका शर्माले योजना र जनादेश साप्ताहिक पत्रिकाको सम्पादन पनि गर्नुभयो। लामो समय रुकुम र जाजरकोटमा शिक्षण पेशा अङ्गाल्दै राजनीतिमा होमिनुभएका ५० वर्षीय शर्माले नेपाली साहित्यमा स्नातकोत्तर हुनुहुन्छ।
२०४८ साल देखि निरन्तर माओवादीको केन्द्रीय समितिमा रहनुभएका शर्मा झ48डै दुई वर्षजति प्रवासको जिम्मा सम्हालेर भारतमा खट्नुभएको थियो। पछिल्लो समयमा उहाँ महाकालीको इन्चार्ज हँुदै हाल माओवादीको प्रकाशन विभागमा हुनुहुन्छ। २०५५ सालदेखि भूमिगत हुनुभएका शर्मा विगतमा माओवादीको पोलिटब्युरो सदस्य पनि हुनुभयो। उहाले सम्पादन गरेका कम्युनिस्ट दर्शन संवन्धि थुप्रै पुस्तक प्रकाशित छन्। फुर्सदमा लेख्न रुचाउनुहुने मध्यम वर्गीय परिवारका शर्मा दाङको मानपुर गाविस अन्तर्गत बगौसीबासी हुनुहुन्छ। संविधान सभामा वर्गीय रूपमा पछाडि परेका जनताको हितलाई जोड दिने शर्माले बताउनुभयो।[१]