नारायण वाग्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Narayan Wagle
नारायण वाग्ले
जन्मवि.सं. २०२५

नारायण वाग्ले (वि.सं. २०२५) नेपालका पत्रकार तथा लेखक हुन्।[१] हाल यिनी कान्तिपुर दैनिकको प्रधान सम्पादकको रूपमा कार्यरत छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

जनमन्च साप्ताहिक मार्फत पत्रकारिता गर्दै उनी कान्तिपुर दैनिकमा समाचारदाता तथा समाचार सम्पादक हुँदै सम्पादक बने। २०६५ सालमा कान्तिपुर छोडेका वाग्ले केही समय नागरिक दैनिकको प्रधान सम्पादक बने। पछिल्लो समय सेतोपाटी अनलाइन सँग आबद्ध रहेका वाग्ले २०७५ असारमा पुनः कान्तिपुर दैनिकको प्रधान सम्पादकमा फर्केका छन्।

उपन्यासलेखन[सम्पादन गर्नुहोस्]

पल्पसा क्याफे उपन्यासका लागि वाग्लेलाई मदन पुरस्कार २०६१ प्राप्त भयो। [२] नेपालको आख्यान इतिहासमा सबैभन्दा बढी बिक्री भएको उपन्यासका रूपमा 'पल्पसा क्याफे' परिचित छ। उनको पछिल्लो उपन्यास मयूर टाइम्स[३] वि.सं. २०६६ सालमा बजारमा आएको छ। यसले पनि दुई सातामै १० हजार प्रति बिक्री भएर अर्को रेकर्ड बनाइसकेको छ। उपन्यासकारको परिचय उनलाई पाठकहरूले कफीगफ लेखकका रूपमा चिन्थे, जुन एकताका कान्तिपुर कोसेलीको प्रसिद्ध स्तम्भ थियो।[४]

वाग्ले फिरन्ताका रूपमा पनि चिनिएका व्यक्ति हुन्। उनले मुलुकका थुप्रै भाग हिँडेरै छिचोलेका छन्। यसरी घुमफिरमा लागेका बेला पुगेका ठाउँको स्वादलाई फर्केपछि सबैका माझमा पस्कन सक्नु उनको अर्को विशेषता हो।[५] पत्रिका र पुस्तक बाहेक उनले त्यो स्वाद नेपाली संगीतका माध्यमबाट पनि बाँडेका छन्। उदाहरणका निम्ति चर्चित लोक पप समूह नेपथ्यले गाएको लोकप्रिय गीत भेँडाको उनजस्तो... उनकै संकलनको गीत हो।

वाग्ले पूर्वसभामुख दमननाथ ढुंगाना तथा साहित्यकार भुवन ढुंगानाका ज्वाईं हुन्। उनको परिवारमा आमा, श्रीमती निकिता र छोरी नसला छन्।

सभ देखी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]