नारीपूजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारीपूजा एक नेपाली भाषाको खण्डकाव्य हो । यसका लेखक राजेन्द्र तारकिणी हुन् । प्रस्तुत नारीपूजा खण्डकाव्य विक्रम् सम्वत् २०६७ सालमा रत्न पुस्तक भण्डारले काठमाण्डौंबाट प्रकाशन गरेको हो । शार्दूलबिक्रिडित छन्दमा रचित यस खण्डकाव्यमा मुख्यतः नारी जातिलाई श्रेष्ठ ठानी पूजा अर्थात् सम्मान गर्नुपर्ने भाव व्यक्त गरिएको छ । पौराणिक कालदेखि नै नारी जातिको शक्ति, पराक्रम र गुणको महिमागान विभिन्न ग्रन्थहरूमा गरिएको पाइन्छ । तिनै उच्च मूल्य, मान्यता एवं आदर्शलाई आधार बनाई लेखिएको एक नवीनतम् खण्डकाव्य नारीपूजा हो । खण्डकाव्यमा २२ वटा अध्याय रहेका छन् । 


नारीपूजा खण्डकाव्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:नारीपूजा (२०६७), राजेन्द्रप्रसाद पन्त 'तारकिणी', रत्नपुस्तक भण्डार, काठमाडौं