नासो (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नासोबाट अनुप्रेषित)
नासो
लेखकगुरुप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विषयकथासङ्ग्रह
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-9937-32-189-1

नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। 'नासो' मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। नासो कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट छ ।

पात्रहरु[सम्पादन गर्नुहोस्]

देवीरमन, सुभद्रा, लक्ष्मी, सुशील, नौली आदि

सङ्क्षेपीकरण[सम्पादन गर्नुहोस्]

घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडामा सुभद्राजस्ती गृहलक्ष्मीले आफ्ना पति देवीरमणलाई दोस्रो विवाह गर्न लगाउँछन् । सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैँझगडा खप्न नसकी सुभद्रा गौरीघाटमा रहेकी फुपूको शरण लिन पुग्छिन् । सन्तान भए पनि देवीमरणको दोस्रो श्रीमती लक्ष्मी विरामि पर्छिन् र सुभद्रा पुन: घर फिर्छिन्, दोस्रो श्रीमतीबाट भएको सन्तान सुशील सुभद्राको हातमा सुम्पेर लक्ष्मी प्राण त्याग गर्छिन्। यसरी छोरो सुशील एक नासो भएको कथाले अर्थबोध गराउँछ । एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् । [१]

विषयवस्तु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आधुनिक कथासर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५