नास्तिकता
| यस शृङ्खालाको एक भाग |
| नास्तिकता |
|---|
| अवधारणा |
|
नास्तिकता · नास्तिकता र धर्म |
| इतिहास |
| नास्तिकताको निम्ति तर्कहरु |
|
अनीश्वरवादी तर्क |
| विविध |
| नास्तिकताको आलोचना · जनसांख्यिकी भेदभाव र उत्पीडन उल्लेखनीय नास्तिकहरु · राज्य नास्तिकता |
| संवन्धित अवधारणाहरु |
| Portal विकिपरियोजना · |
नास्तिकता अथवा नास्तिकवाद अथवा अनीश्वरवाद (Atheism) त्यो सिद्धांत जो जगतलाई सृष्टि गरने, यसलाई सञ्चालन र नियंत्रण गर्ने भनिएको कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन । (नास्ति = न + अस्ति = छैन , अर्थात ईश्वर छैन।) नास्तिकहरु ईश्वर (भगवान)को अस्तित्व झूटो मान्दछन् । अधिकांश नास्तिक कुनै पनि देवी देवता, परालौकिक शक्ति, धर्म र आत्मालाई मान्दैनन् । हिन्दू दर्शनमा नास्तिक शब्द उनीहरुको निम्ति प्रयुक्त गरिएको छ जो वेदहरुलाई मान्यता दिंदैनन् ।
दर्शनको अनीश्वरवादका अनुसार ब्रह्माण्ड स्वयंसञ्चालित र स्वयंशासित छ। ईश्वरवादी ईश्वरको अस्तित्वको जो प्रमाण दिन्छन्, अनीश्वरवादी ती सबैको खण्डन गर्छन् र संसारगत दोषहरु भनेर निम्नलिखित प्रकारका तर्कहरुद्वारा यो सिद्ध गर्ने प्रयास गर्दछन् कि यस संसारलाई ईश्वरले रचेको होइन।
ईश्वरवादी भन्दछन् कि मनुष्यको मनमा ईश्वर प्रत्यय जन्मदेखि नैं हुन्छ र त्यो स्वयंसिद्ध एवं अनिवार्य हो। यसले ईश्वरको अस्तित्वको बोध गराउँछ। यसको उत्तरमा अनीश्वरवादी भन्दछन् 'ईश्वरभावना सबै मनुष्यहरुमा अनिवार्य रूपमा पाइंदैन र यदि पाइएमा त्यो केवल मनको भावना हो, मनको भावनाले बाहिरी वस्तुहरुको अस्तित्व सिद्ध हुँदैन। मनका धेरै धारणाहरुलाई विज्ञानले असिद्ध प्रमाणित गरिसकेकोछ।
संसारमा सबै वस्तुहरुको कारण हुन्छ। बिना कारण कुनै कार्य हुँदैन। कारण दुई प्रकारका हुन्छन्-एक उपादान, जसद्वारा कुनै वस्तु बन्दछ, र अर्को निमित्त, जसले त्यसलाई बनाउँछ। ईश्वरवादी भन्दछन् घट, पट र घड़ी सरह समस्त जगत् पनि एक कार्य (कृत घटना) हो अतएव यसका पनि उपादान र निमित्त कारण हुनुपर्छ। केही मानिसहरु ईश्वरको जगतको निमित्त कारण र केही मानिस निमित्त र उपादान दुइटै कारण मान्दछन्। यस युक्तिको उत्तरमा अनीश्वरवादी भन्दछनः- यसको कुनै प्रमाण हामीसित छैन कि घट, पट र घड़ी सरह समस्त जगत् पनि कुनै समय उत्पन्न अथवा आरंभ भएकोथियो। यसको प्रवाह अनादि छ, अत: यसको स्रष्टा र उपादान कारणलाई खोज्ने आवश्यकता छैन। यदि जगतको स्रष्टा कुनै ईश्वर मानिलिएमा अनेक कठिनाइहरुको सामना गर्नु पर्नेछ; जस्तै:- उसले सृष्टि गर्नुमा के प्रयोजन थियो? भौतिक सृष्टि केवल मानसिक अथवा आध्यात्मिक सत्ताले कसरी गर्न सक्छ? यदि यसको उपादान कुनै भौतिक पदार्थ मानी लियौं भनें पनि ता उसले यसको नियंत्रण कसरी गर्न सक्छ? उ स्वयं भौतिक शरीर अथवा उपकरणहरुको सहायताले कार्य गर्दछ अथवा बिना यसको सहायताले? सृष्टि नभई ती उपकरण र भौतिक शरीर कहाँबाट आए? यस्तो सृष्टिको रचना गर्नसित ईश्वरलाई, (जसलाई उसका भक्त सर्वशक्तिमान, सर्वज्ञ र कल्याणकारी मान्दछन्) के प्रयोजन छ, जसमा जीवनको अंत मरणमा, सुखको अंत दु:खमा संयोगको वियोगमा र उन्नतिको अवनतिमा हुनेगर्छ? यस दु:खमय सृष्टिलाई बनाएर, जहाँ एउटा प्राणीलाई खाएर अर्को प्राणी बाँच्ने गर्छ र जहाँ सब प्राणी एक-अर्काका शत्रु छन् र आपसमा सब प्राणीहरुमा संघर्ष हुनेगर्छ, यसमा उसलाई(ईश्वरलाई) के लाभ हुन्छ? यस जगत् को दुर्दशाको वर्णन योगवासिष्ठको एक श्लोकमा राम्ररी दिएकोछ, जसको आशय निम्निलिखत छ--
कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरु छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरुको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ?
ईश्वरवादी एक युक्ति यो दिने गर्दछन् कि यस भौतिक संसारमा सबै वस्तुहरुभित्र, र समस्त सृष्टिमा, नियम र उद्देश्य सार्थकता पाइन्छ। यो कुरा यसको द्योतक हो कि यसलाई सञ्चालन गरने कोई बुद्धिमान ईश्वरछ यस युक्तिको अनीश्वरवाद यस प्रकार खंडन गर्दछ कि संसारमा धेरै घटनाहरु यस्ता पनि जसको कुनै उद्देश्य, अथवा कल्याणकारी उद्देश्य हुँदैन, जस्तै:- अतिवृष्टि, अनावृष्टि, अकाल, बाढ़, आगो लाग्नु, अकालमृत्यु, बुढो हुनु, व्याधी आउनु र धेरै हिंसक र दुष्ट प्राणी। संसारमा जति नियम र ऐक्य देखिन्छ उति नैं अनियमितता र विरोध पनि देखिन्छ। यी कुराहरुको कारण खोज्नु त्यति नैं आवश्यक छ जति नियमहरुको र ऐक्यको। जसरी, समाजमा सबै मानिसहरुलाई राजा अथवा राज्यप्रबंध एक-अर्का प्रति व्यवहारमा नियंत्रित राख्छ, त्यसै गरि संसारका सबै प्राणीहरुमाथि शासन गरने र उनीहरुलाई पाप र पुण्यको निम्ति यातना, दण्ड र पुरस्कार दिने ईश्वरको आवश्यकता छ। यसको उत्तरमा अनीश्वरवादी यो भन्दछन् कि संसारमा प्राकृतिक नियमहरुका अतिरिक्त र कुनै नियम देखिंदैन। पाप र पुण्यको भेद मिथ्या हो जो मनुष्यले आफ्नो मनले बनाएको हो। यहाँ सब क्रियाहरुका प्रतिक्रियाहरु हुन्छन् र सब कामहरुको लेखा बराबर हुन्छ। यसको लागि कुनै अर्को नियामक तथा शासकको आवश्यकता छैन। यदि पाप र पुण्यको लागि दण्ड र पुरस्कारको प्रबंध हुन्थ्यो तथा त्यसलाई रोक्ने र गराउने कुनै ईश्वर हुन्थ्यो; अनि पुण्यात्माहरुको रक्षा हुनेगर्थ्यो र पापात्माहरुले दण्ड पाउंथे भनें ईसामसीह र गांधी जस्ता पुण्यात्माहरुको नृशंस हत्या हुनेथिएन।
यस प्रकार अनीश्वरवाद ईश्वरवादी सूक्तिहरुको खंडन गर्दछ र यहाँ सम्म भन्ने गर्छ कि यस्तो संसारको सृष्टि गर्ने यदि कसैलाई मान्नुपर्छ भनें बुद्धिमान र कल्याणकारी ईश्वरलाई होइन, तर दुष्ट र मूर्ख शैतानलाई नैं मान्नुपर्छ।
पाश्चात्य दार्शनिकहरुमध्ये अनेक अनीश्वरवादी भइसके, र हुँदैछन्। भारतमा जैन, बौद्ध, चार्वाक, सांख्य र पूर्वमीमांसा दर्शन अनीश्वरवादी दर्शन हुन्। यी दर्शनहरुमा दिएको युक्तिहरुको सुंदर संकलन हरिभद्र सूरि लिखित षड्दर्शन समुच्चयमाथि गुणरत्नद्वारा लेखिएको भाष्य, कुमारिल भट्टको श्लोकवार्तिक, र रामानुजाचार्यको ब्रह्मसूत्रमाथि लेखिएको श्रीभाष्यमा पाइन्छ।
धर्मले मनुष्यलाई बाटँने काम गर्छ । अतः ईश्वर केवल जनताको अफीम हो ।
विषयसूची |
[सम्पादन गर्ने] भारतीय दर्शनमा नास्तिक
भारतीय दर्शनमा नास्तिक शब्द तीन अर्थमा प्रयुक्त भएको छ।
(1) जसले वेद लाई परम प्रमाण मान्दैनन् उनीहरु नास्तिक हुन्। यस परिभाषाका अनुसार बौद्ध, जैन, र लोकायत मतका अनुयायी नास्तिक मानिन्छन् र यी तीन दर्शनलाई नास्तिक दर्शन भनिन्छ।
(2) जसले परलोक र मृत्युपश्चात् जीवनमा विश्वास गर्दैनन्; यस परिभाषा अनुसार केवल चार्वाक दर्शन जसलाई लोकायत दर्शन पनि भनिन्छ, भारतमा नास्तिक दर्शन मानिन्छ र त्यसका अनुयायी नास्तिक मानिन्छन्।
(3) जसले ईश्वर (खुदा, गॉड)को अस्तित्वमा विश्वास गर्दैनन्। ईश्वरमा विश्वास नगर्ने नास्तिक धेरै प्रकारका हुन्छन्। घोर नास्तिक उनीहरु हुन् जो ईश्वरलाई कुनै रूपमा मान्दैनन्। चार्वाक मत मान्ने भारतमा र रैंक एथीस्ट मानिसहरु पाश्चात्य देशमा ईश्वरको अस्तित्व कुनै रूपमा स्वीकार गर्दैनन्; अर्धनास्तिक उनीहरुलाई भनिन्छ जो ईश्वरको सृष्टि, पालन र संहारकर्ताको रूपमा मान्दैनन्। यस परिभाषाको अनुसार भारतका धेरै दर्शन नास्तिकका कोटिमा पर्छन्। वास्तवमा न्याय र वेदांत दर्शनहरुलाई छोडेर भारतका अन्य दर्शन सांख्य, योग, वैशेषिक, मीमांसा, बौद्ध र जैन नास्तिक दर्शन मान्न सकिन्छ किन भनें यिनमा ईश्वरलाई सर्जक, पालक र विनाशक मानिंदैन। यस्ता नास्तिकहरुलाई नै अनीश्वरवादी भनिन्छ।
[सम्पादन गर्ने] नास्तिकतामा तर्क
कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरु छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरुको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ?
[सम्पादन गर्ने] नास्तिकताको पक्षमा तर्क
ईश्वरको अस्तित्वको कुनै साबूत छैन । उसलाई हेर्न, सुन्न, महसूस गर्न सकिंदैन । प्रकृतिका सारा नियम कानून विज्ञानद्वारा बुझ्न सकिन्छ। जगत र जीवनको उद्भव पनि विज्ञानले बुझाउन सक्छ । धर्मग्रन्थमा बकवास कुराहरु लेखिएकाछन् । पुराणका कथाहरु परीकथा जस्तै हुन्, जसको ऐतिहासिक प्रमाण छैन । यदि ईश्वर छ, भनें यस संसारमा यत्रो पाप, दुख र दर्द किन हुन्छ ? धर्मग्रन्थहरुले एक मनुष्यलाई अर्को मनुष्यसित अलग गरिदिएकोछ।
[सम्पादन गर्ने] आधुनिक कालमा नास्तिक
नास्तिक अर्थात् अनीश्वरवादी मानिसहरु सबै देशहरु र कालहरुमा पाइन्छन् । यस वैज्ञानिक र बौद्धिक युगमा नास्तिकहरुको कमी छैन। अचेल धेरै कम बुद्धिजीवीहरु र विद्वान् हरु छन् जो नास्तिक (अनीश्वरवादी) छैनन्। नास्तिकहरु भन्दछन् कि ईश्वरमा विश्वास गर्ने आवश्यकता नैं छैन। सर्जक मान्ने आवश्यकता तब हुन्छ जब कि यो प्रमाणित होस् कि कुनै समय सृष्टिको उत्पत्ति भएकोथियो। यो जगत् सदादेखि चलीरहेको देखिन्छ। यसको कुनै समयमा उत्पन्न भएको कुनै प्रमण छैन। उत्पन्न भयो भनें पनि यसको के प्रमाण छ कि यसलाई विशेष व्यक्तिले बनाएको हो, आफ्नो कारणहरुले स्वत: बन्यो होला। यसको चालक र पालक मान्ने आवश्यकता छैन किन भनें संसारमा यति साह्रो मारकाट, यत्रो नाश र ध्वंस तथा यत्रो दु:ख र अन्याय देख्ता यसको सञ्चालक र पालक कुनै समझदार र सर्वशक्तिमान् भगवान् मान्न सकिंदैन। संसारमा सर्जन र संहार दुइटै साथ साथ चल्दैछन्। यस कारण यो भन्नु व्यर्थ हुनेछ कि कुनै दिन संसारको पूर्ण संहार हुनेछ र यो गर्न ईश्वरलाई मान्ने आवश्यकता छ। नास्तिकहरुको विचारमा आस्तिकहरुद्वारा ईश्वरको अस्तित्वलाई सिद्ध गर्नका लागि दिएका सबै प्रमाण व्यर्थ छन् ।