निरुपमा राव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निरूपमा राव
सन् २०१० मा निरूपमा राव
संयुक्त राज्य अमेरिकाका लागि भारतीय राजदूत
कार्यकाल
१ अगस्ट २०११ – ५ नोभेम्बर २०१३
पूर्वाधिकारीमीरा शङ्कर
उतराधिकारीएस जइशङ्कर
२८औँ भारतीय विदेश सचिव
कार्यकाल
१ अगस्ट २००९ – ३१ जुलाई २०११
पूर्वाधिकारीशिवशङ्कर मेनन
उतराधिकारीरन्जन मथाइ
चीनको लागि भारतीय राजदूत
कार्यकाल
१ नोभेम्बर २००५ – ३१ जुलाई २००९
पूर्वाधिकारीनलिन सुरी
उतराधिकारीएस जइशङ्कर
श्रीलङ्काका लागि भारतीय उच्चायुक्त
कार्यकाल
१ अगस्ट २००४ – ३० सेप्टेम्बर २००६
पूर्वाधिकारीनिरुपम सेन
उतराधिकारीआलोक प्रसाद
व्यक्तिगत विवरण
जन्म (1950-12-06) ६ डिसेम्बर १९५० (उमेर ७३)
मालाप्पुरम, केरला, भारत
राष्ट्रियताभारतिय
पेशाकूटनीतिज्ञ
वेबसाइटwww.nirupamamenonrao.net

निरूपमा मेनन राव (जन्म ६ डिसेम्बर १९५०) भारतीय विदेश सेवाकी एक सेवानिवृत्त अधिकारी हुन्, जसले ३१ जुलाई २००९ देखि ३१ जुलाई २०११ सम्म विदेश मन्त्रालयमा भारतीय विदेश सचिवको रूपमा कार्य गरी सकेकी छन्। उनी भारतीय विदेश सेवाको यस सर्वोच्च पदमा पुग्ने चोकिला अय्यर पछिकी दोस्री महिला हुन्। उनी १ अगस्त २०११ देखि ५ नोभेम्बर २०१३ सम्म संयुक्त राज्य अमेरिकामा भारतकी राजदूत रही सकेकी छन्।

आफ्नो जीवनकालमा उनले कैयौँ पदहरूमा रहेर काम गरिसकेकी छन्, जसमा - वासिङ्गटनमा प्रेस मामला मन्त्री, मास्कोमा मिशनकी उप-प्रमुख, विदेश मन्त्रालयमा संयुक्त सचिव (पूर्व एसिया), (बाहिरी प्रचार) जसमा उनलाई विदेश मन्त्रालयकी पहिलो महिला प्रवक्ता बनाइयो, कार्मिक प्रमुख, पेरूचीनकी राजदूत र श्रीलङ्काकी उच्चायुक्त।[१][२]

प्रारंभिक जीवन[सम्पादन गर्नुहोस्]

निरूपमा रावको जन्म मलप्पुरम, केरलामा मीमपाट थरवाड़मा भएको थियो। उनका बुवा सेनामा थिए। उनले आफ्नो पढाइ बेगलोर, पुणे, लखनऊ, कून्नूर जस्ता विभिन्न सहरहरूबाट गरिन्। उनले बेङ्गलोरको माउण्ट कारमेल कलेजबाट सन् १९७० मा बीए (अङ्ग्रेजी) अनर्सबाट गरेकि थिइन्;[३] त्यतिबेला यो कलेज मैसूर विश्वविद्यालयसँग सम्बद्ध थियो। पछि उनले महाराष्ट्रमा त्यो बेला मराठवाडा विश्वविद्यालयबाट चिनिने विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा परास्नातक डिग्री प्राप्त गरिन्। उनले सन् १९७३ मा अखिल भारतीय नागरिक सेवा परीक्षामा सर्वोच्च स्थान प्राप्त गरिन र भारतीय विदेश सेवासँग जोडिइन। [२]

सेवा र कार्यकाल[सम्पादन गर्नुहोस्]

निरूपमा रावले भारतीय विदेश सेवाको सन् १९७३ को ब्याचमा सर्वोच्च स्थान प्राप्त गरेकी थिइन्। भारतमा आफ्नो प्रशिक्षण पुरा गरे पछि उनले सन् १९७० को दशकको मध्यमा भियना (अस्ट्रिया)को भारतीय दूतावासमा काम गरिन्। उनले सन् १९८१‍-१९८३ सम्म श्रीलंकाको भारतीय उच्चायोगमा पहिलो सचिवको रूपमा काम गरिन्। विदेश मन्त्रालयमा आफ्नो शुरुवाति वर्षहरूमा उनले भारत-चीन सम्बन्धमा विशेषज्ञता हासिल गरिन् साथै प्रधानमन्त्री राजीव गान्धीद्वारा डिसेम्बर १९८८ मा बेइजिङको ऐतिहासिक यात्राको बेला उनी शिष्टमण्डलकी सदस्य समेत रहिसकेकी छन्।

राव सन् १९९२-९३ मा हार्वर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रीय मामलालो वेदरहेड केन्द्रमा एक सहयोगी (फेलो) थिइन्, जहाँ उनले एसिया-प्रशान्त क्षेत्रको सुरक्षा सम्बन्धी विशेषज्ञता हासिल गरिन्।

उनले वाशिङ्टन र मस्कोको भारतीय दूतावासमा क्रमशः मन्त्री र मिशन उप-प्रमुखको रूपमा कार्य गरिन्। उनीलाई पहिलो पटक राजदूतको रूपमा सन् १९९५-१९९८ को बीचमा पेरू र बोलिभियाको संयुक्त जिम्मेवारी दिइएको थियो। सन् २००१ मा उनी विदेश मन्त्रालयको पहिलो महिला प्रवक्ता बनिन्। सन् २००४ उनीलाई भारतको उच्चायुक्तको रूपमा श्रीलङ्कामा नियुक्त गरिएको थियो। सन् २००६ मा उनी चीनमा भारतको पहिलो महिला राजदूत बनिन्। १ अगस्त २००९ मा उनी शिवशङ्कर मेननको ठाउँमा भारतकी विदेश सचिव बनिन्।

२१ डिसेम्बर २०१० को भारत सरकारले भारतको विदेश सचिवको रूपमा निरूपमा रावको कार्यकाल ३१ जुलाई २००१ सम्म बढाएको थियो। [४]

लेखन[सम्पादन गर्नुहोस्]

उनले 'रेन राइजिङ' नामक एक कविता सङ्ग्रह लेखेकी छन्।[५] उनका कविताहरूलाई चीनियाँरूसी भाषामा अनुवाद गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]