निरौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थर
निरौला
भाषानेपाली
उत्पत्ति
उत्पत्ति भएको क्षेत्रदक्षिण एशिया, डोटी, निरौली
भाषाको उत्पत्तिनेपाली, संस्कृत
मूलब्राह्मण
अन्य नाम
भिन्नताभण्डारीबाट उप बिभाजन
अर्थब्राह्मण
यो पनि हेर्नुहोस्पौडेल, भट्टराई, अधिकारी, सुवेदी,
वंशज
भारद्वाज ऋषि

निरौला थर नेपालमा रहेका विभिन्न जातजाति अन्तर्गत ब्राह्मण जातको समुदायमा पर्दछन । भारद्वाज ऋषिका वंशज यी ब्राह्मणहरूको गोत्र: भारद्वाज गोत्र हुन पुग्यो। यी वंशज भण्डारीबाट उप विभाजित भइ निरौला हुन पुगेको विश्लेषण निरौलावंश - वृक्ष टिप्पणी पुस्तकमा देख्न सकिन्छ ।

बसोबास[सम्पादन गर्नुहोस्]

निरौलाहरू बाक्लो बसाइँ नेपालको डोटी, सल्यान, धादिङ्ग, मोरंग, ओखलढुङ्गा, खोटाङ्ग, तथा अन्य राज्यहरू, भारतको सिक्किम, आसाम, दार्जीलंग, भुटान, बर्मा, लगायत विश्वका अन्य धेरै देशमा बसोबास गरेका र त्यहाँका पुर्ख्यौली वासिन्दा भएको पाइन्छ ।

निरौला थरको प्रादुर्भाव[सम्पादन गर्नुहोस्]

गढवालको गडसिला गाँउ छाडी हालको डोटी तत्कालिन शैलदेशका राजाको एक शाखा ठिहरी श्रीनगरबाट डोटीमा आउँदा साथमा आउनु मुसु भट्ट । तिनका सन्तानमा निरौली सेरा गडाली समेत विर्ता पाई निरौला उपाधि धारण गर्ने प्रथम पुरुष अर्नुन भट्ट रहेछन् । यिनैले दिल्लीका तखत (सभा) मा भाग लिनजाने शैलराजा अर्जुन मल्ल (शाके १४७८ आश्विन) दिल्ली गएका ब्राह्मणले राजगुरु उपाधि पाएको कुरा निरौलाको वंशावलीमा लेखिएको पाइएको छ । यो पश्चिम तिर पाइन्छ । अर्जुन पछि भण्डारी उपाधि पाउने पुरुषोत्तम भट्ट हुन् । यिनलाईं डोटीका राजा पहाडि शाहीले शाके १५७० मा भण्डारी सम्बोधन गरी खडा गरिदिएको ताम्रशासनपत्र अचेल डोटी मुडभरा गाँउ निवासी श्री महेश्वर भट्टसँग छ । निरौलको बढी कुरा जान्नलाई डोटीबाट कैलालीमा बसाई सरी बसेका दीननाथ भट्ट, कृष्णप्रसाद भण्डारी र असाम धामीगाँउका चतुर्भुज धामीसँग पाउन सकिन्छ ।

सगोत्री[सम्पादन गर्नुहोस्]

निम्न दियिएका थरहरू सगोत्री पर्न जान्छन अर्थात यी थर भएका ब्राह्मणहरूसङ्ग निरौलाहरुले विवाह गर्नुहुदैन।

उल्लेखनीय निरौलाहरू[सम्पादन गर्नुहोस्]

  • दीपाश्री निरौला, (जन्म वि.स. १९७५) नेपाली अभिनेत्री
  • मोहन निरौला (कलाकार/ निर्देशक)
  • लेखनाथ निरौला (कलाकार / निर्देशक)
  • हरि निरौला "कक्रोच" (कलाकार / निर्देशक)
  • पवित्रा निरौला खरेल, नेपाली राजनीतिज्ञ
  • डा. सरोज निरौला (क्यान्सर चिकित्सक)
  • डा. रामकृष्ण निरौला (वातावरण विश्लेषक)
  • प्रा.डा.लेखप्रसाद निरौला (कवि, निबन्धकार, समालोचक, सम्पादक तथा पाठ्यपुस्तक लेखक)
  • डा. तारा निरौला (कानुन प्राध्यापक)
  • जोश बि. निरौला (प्रेरक वक्ता)
  • यज्ञकुमार निरौला (प्रधानाध्यापक)
  • डा.रविनराज निराैला (वातावरण विश्लेषक)

स्रोत[सम्पादन गर्नुहोस्]