निर्गुणभक्तिधारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णराम दुबैलाई पूज्य देव नमानी सांसारिक मोहमाया त्यागेर वैरागयलाई वरण गर्ने सन्तहरूद्वारा निर्गुण भक्ति कविताहरू लेखिएका छन् अर्थात् यिनीहरू निर्गुण निराकार ब्रह्मका बारेमा कविता लेख्छन् । यिनीहरू कवितामा र्इश्वरको निराकार ररूपको उपासना गर्छन् र कर्मकाण्ड, बलिप्रथा, जातीय भेद, अनाचार-दुराचार आदिको तीव्र विरोध गर्छन् । यस धाराका कविहरूमा शशिधरका वैराग्यवर्णन र वाणापनिषद्, अगमदिलदासको सोह्र निर्गुणकविता, अखण्डदिलदासको पाँच निर्गुण भजन, ज्ञानदिल दासका उदयलहरी, भजनसंग्रह आदि रहेका पाइनछन् । [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०३४), ‘’’नेपाली साहित्यको संक्षिप्त इतिहास’’’, काठमाडौँ : नेराप्रप्र