निर्मला प्रसाई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
निर्मला प्रसाई
२०३२ सालदेखि राजनीतिमा सक्रिय निर्मला प्रसाई आफ्ना बुबा,श्रीमान् र विशेषतः बी.पी. कोइरालाबाट प्रभावित भई शुरुदेखि नै नेपाली कांग्रेससँग आवद्ध रहँदै आउनुभएको छ। नेपाल महिला सङ्घ र महिला सञ्जाल (इलाम)मा क्रियाशील प्रसाई संविधानसभामा समानुपातिक तर्फबाट सभासद हुनुहुन्छ। सिक्किम, भारतमा जन्मेकी प्रसाईले दार्जलिङबाट आइ.ए. सम्मको अध्ययन गर्नुभएको छ। राजनीति बाहेक खेती-किसानीमा संलग्न रहेकी प्रसाईका दुई छोरा छन्। प्रजातन्त्रका पक्षमा राजनीति गर्न र साथीभाइसँग घुलमिल हुन रमाउने निर्मला प्रसाईले इलाम जिल्लामा नेपाल महिला संघको सभापति र नेपाली कांग्रेसको उपसभापतिको जिम्मेदारी वहन गरिसक्नुभएको छ। संविधानसभामा मुख्यतः महिला अधिकार र राज्यका सबै अङ्गमा महिलाको समान सहभागिताको मुद्दालाई उठाउने उहाँ बताउनुहुन्छ। प्रजातन्त्रप्रतिको प्रतिबद्धता, जनसंपर्क र सैद्धान्तिक निरन्तरताले आफूलाई संविधानसभामा पुर्याएको उहाँको विश्वास छ।