निर बहादुर कुँवर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माओवादीका 'वागी उम्मेदवार' सभासद्मा विजयी हुने दुई सभासद्मध्ये एक हुनुहुन्छ निरकुमारी दर्लामी मगर। उहाँको ठाउँमा माओवादीले जनमोर्चा नेपालका लिलामणि पोखरेललाई समर्थन गरेको थियो। त्यसैगरी एमाले नेता केपी ओलीलाई हराउने विश्वदीप लिंगदेन पनि माओवादी बागी उम्मेदवार हुनुहुन्थ्यो। त्यो ठाउँमा माओवादीले जनमोर्चाकै युक्त भेटवाललाई समर्थन गरेको थियो।

मगर तात्कालीन केन्द्रीय सदस्य एवं जनमुक्ति सेनामा बृगेड कमाण्डर शेरमान कुँवरपत्नी हुनुहुन्छ। सेनाले मगरकी छोरी र श्रीमान् दुवै जनालाई हत्या गरेको थियो। लामो समय शिक्षण गर्नुभएकी मगर ०५२ देखि मात्र राजनीतिमा होमिनुभएको थियो। यसअघि श्रीमान् राजनीतिम रहे पनि उहाँ पूर्णकालीन हुनुहुन्नथ्यो। श्रीमान् भूमिगत नेता भएकाले कारणले उहाँ एक वर्षकी छोरी छाडेर श्रीमान्सँगै पूर्णकालीन हुनुभयो। त्यसबेला उहाँ माओवादी एरिया समिति सदस्य हुनुहुन्थ्यो। ०५४मा जिल्ला समितिमा जानुभयो। र, अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य पनि। क्षेत्रीय ब्युरो सदस्य भएपछि उहाँ सिन्धुली-ओखलढुंगा इन्चार्ज हुनुभयो। त्यसपछि उहाँ सोलुको इन्चार्ज पनि हुनुभयो। हाल मगर माओवादी राज्य समिति सदस्य हुनुहुन्छ।

उहाँकी ११ वर्षकी छोरीलाई सेनाले हत्या गरेका थिए। मगरका हाल एक छोरा र एक छोरी छन्।

एलएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी मगरले उत्पीडनमा परेका महिला र जनजातिको अधिकारलाई संविधानमा सुनिश्चित गर्नु उहाँको मूल एजेण्डा रहेको छ। दलले अर्को उम्मेदवारलाई समर्थन गरे पनि जनताले यही क्षेत्रमा लगानी गरेकी शहीदपत्नी भएकाले पनि उम्मेदवारी फिर्ता नलिन भने। माओवादीले १० वर्षसम्म गरेको त्याग, श्रीमान्को बलिदानका कारण पनि पार्टीले अर्को उम्मेदवारलाई समर्थन गरे पनि आफूलाई जिताएको उहाँको दाबी छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा