निलकण्ठ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निलकण्ठ नगरपालिका
Nilkantha Municipality
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लाधादिङ जिल्ला
सरकार
 • मेयरभीम प्रसाद ढुंगाना
 • उप मेयरमनराज भण्डारी
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३९५७८
 • धर्म
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०१०
वेबसाइटwww.nilkanthamun.gov.np

मध्य नेपालको धादिङ जिल्लामा रहेको निलकण्ठ नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी यसै नगरपालिकामा रहेको छ । धादिङवेसी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा निलकण्ठ, सुनौलाबजार,मुरलीभञ्ज्याङसांकोष गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा निलकण्ठ पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । हाल यस नगरपालिकामा साबिकका ज्याम्रुङ् खाल्टे र धुवाकोट गा बि स मिलेर यसको आकार केही बढेको छ । हाल यस नगरपालिकाको कुल जनसङ्ख्या ६१००० रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

निलकण्ठ,सुनौलाबजार,मुरलीभञ्ज्याङसांकोष गाविसहरूलाई मिलाएर निलकण्ठ नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३९,५७८ रहेको छ ।[२]हाल यस नगरपालिकामा साबिकका ज्याम्रुङ् खाल्टे र धुवाकोट गा बि स मिलेर यसको आकार केही बढेको छ । हाल यस नगरपालिकाको कुल जनसङ्ख्या ६१००० रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

नीलकण्ठ नगरपालिका पश्चिम नेपाल मा नभई मध्यमाञ्चल विकास क्षेत्रमा पर्छ / पृथ्वी राजमार्ग स्थित मलेखुबाट जम्मा १८ किमीबाट उत्तर मा पर्ने नीलकण्ठ नगरपालिका हुदै धादिंग को उत्तरी क्षेत्रमा जना सकिन्छ /


निलकण्ठ नगरपालिकामा रहेको बुढानिलकण्ठको मूर्ति




यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]