निलाम्बर आचार्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

निलाम्बर आचार्यको जन्म २००० सालमा सल्यानको खलङ्गामा भएको हो। उनले कानूनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन्।

विद्यार्थी छँदा नै २०१९मा राजनीतिमा लागेका आचार्यले २०४२ बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानून तथा न्याय मन्त्री बनेका थिए। यिनी २०४८मा कम्युनिष्टबाट नेपाली कांग्रेसमा प्रवेश गरे।

२०५३मा उनलाई श्रीलंकाको राजदूत बनाइयो जुन कार्यकाल २०५६ सम्म रह्यो। उनी कांग्रेसको मनोनित कोटाबाट संविधान सभा सदस्य बनाइएका हुन्। यिनी २०६६मा संवैधानिक समितिको सभापति चुनिएर हाल सोही जिम्मेवारीका साथ संविधान लेखन कार्यमा सक्रिय रहेका छन्।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा