नुवाकोट गाविस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नुवाकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम मुसिकोट खलंगाबाट ८ कोष टाढा दक्षिणमा रहेको नुवाकोट गाविस पनि एक हो। यो गाविस रुकुम जिल्लाको राजनैतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं। २ र इलाका नं। ८मा पर्दछ। पहाडी भूगोलमा रहेको नुवाकोट गाविस आफ्नै खालको भौगोलिक स्वरूप ऐतिहासिक धार्मिक साँस्कृतिक सामाजिक र राजनैतिक महत्व र विशेषता बोकेर रहेको छ।
यो गाविसको पूर्वमा पेउघा गाविस पश्चिममा खोलागाउँ गाविस उत्तरमा अर्मा र सिम्ली गाविस र दक्षिणमा सल्यान जिल्लाको दार्माकोट गाविसको बीचमा रहेको छ।
यस गाविसको ऐतिहासिक पृष्ठभूमिको तथ्य कारण खुल्न नसके पनि नुवाकोट गाविसको नामले यो गाविस परिचित हुनुभन्दा अगाडी हालको वडा नं। ३मा रहेको नुवाकोट डाँडा थियो रे। त्यही डाँडाको नामबाट पछाडी नुवाकोट गाविसको नाम रहन गएको भन्ने भनाई त्यहाँका बुढापाकाको भनाई रहेको छ।
नुवाकोट गाविसको भौगोलिक अवस्थितिलाई हेर्दा २८ डिग्री३८ मिनेट देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री १७ मिनेट देखि ८२ डिग्री २४ मिनेट पूर्वी देशान्तर भित्र पर्दछ। नुवाकोट गाविसको अधिकांश भू-भाग पहाडी भागमा पर्दछ भने थोरै भाग स-साना बेसी फाँट तथा ज्युलामा पर्दछ। भौगोलिक बनावट अनुसार यस गाविसलाई लेक मध्ये भूमी र ज्युला गरी तीन भागमा विभाजन गरिएको पाइन्छ।
नुवाकोट गाविसको एक हजार चार हेक्टर वन क्षेत्र र नौ सय ७६ हेक्टर चरण क्षेत्रले ओगटेको एक तथ्याङ्कमा उल्लेख गरेको पाइन्छ। यस गाविसको वन जङ्गलमा बाघ भालु स्याल दुम्सी चितुवा सर्प हरिण रातो वाँदर गुनु खरायो जस्ता वन्यजन्तुहरू पाइन्छन् भने कालिज तित्रा चाखुरा ढुकर जुरेली काग र सारौँ जस्ता पन्छिहरू पाइने गर्दछन्।
यस गाविसलाई धेरै जसो वन क्षेत्रले आगटेका कारण साज चिलाउने साल चिउरी रइँज काफल सल्लो उत्तिस बाँस निगालो जामुनो मौवा कोइराल खस्रो टुनी गुराँस आदि प्रजातिका वोटविरुवाहरू पाइने गर्दछन्। समशितोष्ण हावापानी भएका कारण यस गाविसमा समायो पाँचऔँले कुरिलो टिमुर भलायो रिठा खोटो चोथ्रा अमला बाँदर केरा बावियो अलैँचि निम बोझो बेल असुरो दालचिनी आदि प्रजातिका जडिबुटीहरू पनि पाइने गर्दछन्।
यस गाविसमा रहेको माईको मन्दिर मठेला थान कालिका मन्दिर लाटीको छहरा कुमकी देउता प्रमुख धार्मिक स्थलको रूपमा परिचित रहेका छन्। २०५८ सालको जनगनणा अनुसार पाँच हजार तीन सय १३ जना जनसंख्या रहेको यस गाविसमा क्षेत्री जातिको सबै भन्दा बढी वसोवास रहेको पाइन्छ।
यसरी नै कामी दमाई ब्रम्हन ठकुरी सार्की मगर लगायत विभिन्न जात जातिको बसोवास रहेको पाइन्छ। अनेक जात जातिका वसोवास रहेको भएता पनि चाडपर्व धर्म भेष भुषा रहन सहनमा भने एकरूपता भएको पाइन्छ।
धान मकै जौँ गौँहु कोदो फापर नुवाकोट गाविसमा लगाइने प्रमुख खाद्य वालिहरू हुन् भने खुसा्रनी तोरी अदुवा वेसार आदि नगदेवाली उत्पादन हुने गर्दछन्। कुल साक्षरता ५५ दशमलव ९७ प्रतिशत रहेको यस गाविसका अधिकांश मानिसहरू कृषि पेशामा नै निर्भर रहेका छन् भने साक्षरता प्रतिशतको अनुपातमा थोरै मानिसहरू सरकारी सेवामा जोडिएका छन्। कृषि पेशाका अलावा यहाँका मानिसहरू रोजगारी खोज्दै बाहिरी मुलुकमा गएको प्रशस्त मात्रामा भेट्न सकिन्छ।
कुनै पनि ठाउँ र मानिसको जीवन परिवर्तनका लागि नभई नहुने विकासका पूर्वाधारहरूबाट नुवाकोट गाविस अझै पनि पछाडी परेको छ। जुन ठाउँमा शिक्षा स्वास्थ्य साचार यातायात विद्युतका विकास हुँदैन तवसम्म कुनै पनि स्थानको विकास हुने सम्भावना नै देखिदैन।
सडकले छोएको भए पनि त्यसलाई मात्रै विकास भन्न नहुने आम मानिसको भनाई रहेको छ। किन भने गाडी आयो भने फलफुल तरकारी जडिबुटी राखेर यहाँ देखि बाहिर सम्म पठाई केही आम्दानीको श्रोत बढाई मानिसको जीवन स्तर परिवर्तन भयो भने मात्रै विकास भन्ने तर्क गर्दै आइरहेका छन्।
रुकुमको विकासका लागि प्रकृतिले रुकुमलाई प्राकृतिक सुन्दरताका उपहारै उपहार दिएको छ। तर दुखका साथ भन्नुपर्छ त्यस्ता चिजलाई चिन्न नसक्दा रुकुम जिल्ला पछाडी परेको छ। नुवाकोट गाविसमा पनि प्रकृतिले एउटा सुन्दर उपहार दिएको छ।
नुवाकोट गाविस वडा नं। २मा रहेको सिद्ध गुफामा चार सय देखि पाँच सय सम्म मानिसहरू अटाउन सक्ने क्षमता रहेको रुकुमकै सबै भन्दा ठूलो गुफा हो। यस गाविसमा रहेका विभिन्न खालका खोला नालाको िसञ्चाईमा उचित प्रयोग र लघु जलविद्युत निकालेर प्रयोगमा
ल्याएमा आर्थिक आम्दानीको यो एउटा महत्वपूर्ण श्रोत हो तथापि यसलाई प्रयोग गर्नतिर भने कसैको पनि ध्यान गएको देखिदैन किन कि ती खोला नालाहरू जस्ता थिए त्यस्तै छन्।[१]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]