नेपाल उद्योग वाणिज्य महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल उद्योग वाणिज्य महासङ्घ
सङ्क्षिप्त नामएफएनसिसिआई
गठनवि.सं. २०२२ साल पुस १४
१९६५; ५९ वर्ष अघि (१९६५)
प्रकारउद्योग वाणिज्य सङ्घ
कानुनी वैद्यतागैर नाफामुलक
स्थान
प्रमुख व्यक्ति
शेखर गोल्छा
(अध्यक्ष)
कर्मचारी
६०
वेबसाइटwww.fncci.org

नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित महासङ्घ हो। यो सङ्घ वि.सं. २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित एवम् राजा महेन्द्रबाट समुद्घाटित 'प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलन'को निर्णयानुसार उद्योग वाणिज्य क्षेत्रको सङ्घीय संस्थाका रूपमा वि सं २०२२ साल पुस १४ गते स्थापना भएको हो। स्थापनाकालमा २४ वटा मात्र सदस्य थिए। काठमाडौंको टेकू शहीद शुक्रमिलन मार्गस्थित महासङ्घको भव्य र आधुनिक भवनको समुद्घाटन २०५२ साल मार्ग २५ गते भएको हो।[१][२]

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालको उद्योग वाणिज्यको प्रवर्द्धन गर्नुको साथै नेपाली उत्पादनको वैदेशिक व्यापार प्रवर्द्धनमा पनि काम गर्दछ। यसले अन्य मुलुकका उद्योग वाणिज्य महासङ्घहरूसँग सम्पर्क गरी काम गर्ने गर्दछ।[३]

कृषि उद्यम केन्द्र मार्फत यसले देशको कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]