नेपालका शहरहरू

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

हुन त नेपाल गांउनै गांउले भरीएको देश हो तर पनि यांहा केही ठूला तथा साना सहरहरू रहेका छन तिनीहरू यसप्रकार छन् ।यांहा ती नगरको सन् २००५को अनुमानमा आधारीत जनसंख्या समेत दिइएको छ ।साथ साथै ठूला साना सबै नगरपालीकाको जील्ला पनि प्रष्टयाइएको छ । कतीपय साना नगरपालीका हरू नगरपालीका नभएका बजार हरू भन्दा पनि धेरै साना छन तर नगरपालीका घोषणा हुन बांकी ती बजारहरूको वृष्तृत विवरण संकलन हुन बांकीनै छ । यो लेखमा ती बजार हरूको नाम र जील्ला उल्लेख गरीएको छ ।

राजधानी महानगर (Metropolitan city)[सम्पादन गर्ने]

काठमाडौं (Kathmandu) (७९०.६१२) काठमाडौं

काठमाण्डौ नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो र नेपालको यो एक मात्र माहानगरपालीक हो , प्रागऐतीहासीक इतिहासभएको यो शहरलाई कान्तीपुर पनि भनीन्छ । इतिहासका बिभिन्न कालखण्डमा बिभिन्न बंशले शासन गरेको यो शहर राजा पृथ्वीनारायण शाहले गोरखा बाट आफ्नो राजधानी सारेदेखि यता बर्तमान नेपालको राजधनीको रूपमा रहेको छ ।

काठमाण्डौ उपत्यका भित्रपर्ने यो शहरमा नेपालको सरकारको केन्द्रीय सचिवालय सिंहदरवार, मन्त्रालयहरू, प्राय सबै केन्द्रीय कायर्लयहरू, नारायणहीटी राजदरवार, सरकारी तथा निजी टेलीभीजन स्टेसनहरू थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्थाहरू रहेका छन ।

यसका साथै बिश्वसंपदा सुचीमा सुचीकृत एतिहासीक बसन्तपुर दरवार, पशुपतिनाथ मन्दीर, बौद्धनाथ स्तुपा र स्वयंभुनाथ स्तुपा समेत यसै सहरमा रहेका छन । चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स, त्रिचन्द्र, रत्न राज्य, नेपाल ल, बाल्मीकी विद्यापिठ, सरस्वती, पब्लीक युथ, रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रसासन क्याम्पस, महेन्द्र संस्कृत विश्व विद्यालय काठमाण्डौ कार्यलय, नेपाल मेडीकल कलेज, काठमाण्डौ डेन्टल कलेज, राष्ट्रिय चिकीत्सा अध्यान प्रतिष्ठान विर अस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो शहरमा छन । नेपालका केन्द्रीय अस्पतालहरू विर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, शहीद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आंखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आंखाकेन्द्र, कुष्ठरोग अस्पताल टोखा, नेपाली सेनाको त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनीएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल (माहाराज गंज), नेपाल मेडीकल कलेज शिक्षण अस्पताल (सिनामंगल), आयुर्वेदीक अस्पताल (नरदेवी), सुस्माकोइराला पल्लास्टीक सर्जरी अस्पताल (सांखु) का साथै नर्भीक, मेडीकेएर, काठमाण्डौ मोडेल, एभरेष्ठ लगातयका थुपै प्रशिद्ध निजि तथा सामुदायीक अस्पतालहरू पनि यहाँ रहेका छन । नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा , शस्सत्र प्रहरी बलको प्रधान कार्यलय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यहिरहेका छन, मुलुकको यौटै मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौमै रहेको छ । साथै बिभिन्न निजि कम्पनीहरूको केन्द्रीय कार्यलय केही कारखानाहरू का साथै बालाजु औधोगीक क्षेत्र र थुप्रै बिक्री केन्द्र यांहा रहेका छन । काठमाण्डौको टेलीफोनकोड ०१ हो । यो शहरमा झन्डै ८ लाख मानिस बसोबास गर्दछन । [१]

उपमहानगर (ठूला शहर) (Sub metropolitan city)[सम्पादन गर्ने]

पोखरा[सम्पादन गर्ने]

पोखरा (Pokhara) (१८६.४१०) (कास्की)

पोखरा शहर नेपालको पोखरा उपत्यकामा रहेको छ यो उपत्यका काठमाण्डौ उपत्यका पछि नेपालको दोस्रो महत्वपूर्ण पर्यटक गन्तव्य हो । पोखरा शहर पोखरा उपत्यकाको पश्चिम भागमा पर्दछ । यांहाका मुख्य आर्कषण पोखरा उपत्यका भित्रका फेवा ताल, बेगनास ताल, रूपा ताल ,खास्टे ताल आदी हुन साथै विन्धवासीनी, भिमकाली, जल बाराही, लगायतका मन्दीर का साथै विश्वशान्ती स्तुप पनि आर्कषणका अरू केन्द्र हुन । त्यसै गरी डेवीड फल्स, महेन्द्र गुफा, गुप्तेस्वर गुफा पनि पर्यटक गइरहने ठाउ हुन ।

पोखरा शहर पश्चिमान्चल विकास क्षेत्रको केन्द्र हुनुको साथै यांहा क्षेत्रीय स्तर तथा जिल्ला स्तर का सबै सरकारी कार्यालय रहेका छन भने अग्रणी पृथ्वी नारायण क्याम्पस, मणीपाल मेडीकल कलेज, जनप्रीय क्याम्पस लगायत थुप्रै अरू क्याम्पस तथा विद्यालय रहनुका साथै पोखरा बिश्वविद्यालय पनि यही उपत्यकामा रहेको छ । पश्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल मेडीकल कलेज शिक्षण अस्पताल लगायत थुप्रै सरकारी, सामुदायीक तथा प्राइभेट अस्पताल हरू यो शहरमा रहेका छन । यहाबाट जोमसोम मुक्तीनाथ जाने तथा अन्नपूर्ण क्षेत्र पदयात्रा मार्गमा जाने पर्यटकहरू बिमान तथा पदयात्रामा लाग्ने गर्दछन । पोखरा बिमानस्थल यो शहरको पश्चिमान्चल पट्टी रहेको छ । पोखराको टेलीफोन कोड ०६१ हो । यो शहरमा झन्डै २ लाख पचास हजार मानिस बसोबास गर्दछन ।

ललितपुर[सम्पादन गर्ने]

ललितपुर (Lalitpur Patan) (१८३.३१६)

काठमाण्डौ उपत्यकामै काठमाण्डौ शहरसँग उत्तरको सिमा जोडीएको शहर हो ललितपुर । यो शहर पनि एतिहासीक शहर हो। बिश्वसम्पदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रिय कार्यालय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दीर, पाटन बौद्ध विहार, कृष्ण मन्दीर आदी छन । त्रिभुवन बिश्वविधालयको प्रमुख इन्जीनियरीङ क्याम्पसका साथै पाटन क्यामस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा विद्यालयहरू यो शहरमा रहेका छन । त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै निजिमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पतालहरू यहा रहेका छन, अन्यकेही उत्पादन कारखानाका साथै पाटन औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ । ललितपुरको टेलीफोन कोड पनि काठमाण्डौको जस्तै ०१ हो । यो शहरमा झन्डै २ लाख मानीस बसोबास गर्दछन ।

विराटनगर[सम्पादन गर्ने]

विराटनगर (Biratnagar) (१६८.३३१) (मोरंग)

पूर्वी नेपालको मोरङ जिल्लामा भारतीय सिमासंग जोडीएको यो शहरको पुरानो नाम गोग्राह बजार हो । राणकालमा नै उधोग स्थापना शुरूभएको बिराटनगर औधोगीक तथा राजनैतिक केन्द्र हो । नेपालका पुराना बिराटनगर तथा रघुपति जुटमील यहीं रहेका छन । प्रशिद्ध महेन्द्र मोरङ क्याम्पसका साथै अरू क्याम्पस विद्यालय तथा पूर्वाञ्चल बिश्वविद्यालय समेत यसै शहरमा रहेको छ । कोशी अन्चल अस्पतालका साथै केही सामुदायीक तथा निजि स्वास्थ्य संस्था पनि बिराटनगरमा रहेका छन । यो नेपालको एक प्रमुख पारवहन नाका पनि हो । भारतको बिहारमा पर्ने जोगबनी बिराटनगरको नजीकको भारतीय नाकाहो । विराटनगरमा केही क्षेत्रीयका साथै अन्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यालय पनि रहेका छन । महेन्द्र राजमार्गको निर्माण पछि यो शहरको बिस्तार केही धिमा गतीमा भइ रहेको छ । यो शहरको टेलीफोन कोड ०२१ हो । यो शहरमा डेढलाख भन्दा निकैमाथी जनसंख्या रहेको छ ।

बिरगञ्ज[सम्पादन गर्ने]

विरगंज (Birganj) (१३३.२४४) (पर्सा)

मध्यनेपालको दक्षीणमा पर्ने बिरगंज नेपालको सबै भन्दा मुख्य पारवहन नाका हो । चितवन, काठमाण्डौ, तथा पोखरा का लागि सामान पैठारी गर्नुका साथै देशको मुख्य औधोगीक कोरीडोर पनि हो । ठकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अन्चल अस्पताल का साथै केही नर्सीङ होम समेत रहेको बिरगंजमा अन्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यालय पनि रहेका छन । विरगंजको टेलीफोन कोड ०५१ हो भने शहरमा एकलाख तिस हजार भन्दा बढी जनसंख्या रहेको छ ।

नगरपालिका (शहर) Big Municipalities (City’s)[सम्पादन गर्ने]

धरान (Dharan) (१२८.६०५) (सुनसरी)

पूर्वी नेपालको तराई र पहाडको घांचमा अवस्थीत धरान शहर सुनसरी जिल्लामा पर्दछ र यो नेपालको जनसंख्याका हिसावले छैठौ ठूलो शहर हो । प्रशिद्ध धार्मीक स्थल पिण्डेश्वर, बुढा सुब्बा तथा दन्तकाली धरानमा नै रहेका छन । पूर्वाञ्चल इन्जीनियरीङ क्यम्पस , खाध्यप्रविधी क्याम्पस का साथै श्वययत शैक्षीक प्रतिषठान बि पि कोइराला श्वास्थ बिज्ञान प्रतीष्ठान धरानमै रहेकाले धरान पूर्वी नेपालको शिक्षा तथा श्वास्थको केन्द्र हो।

धरानमा केही अन्चल स्तरीय तथा इलाका स्तरीय सरकारी कार्यालय समेत रहेका छन । धेरै जसो पूर्वसैनीक हरूको बसोबास रहेको धरान नयां शैलीका घर सडक आदीले प्रशिद्ध छ । धरान कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्व पट्टीको द्धार समेत रहेकाले पर्यटक आवागमन पनि भइनै रहेको हुन्छ । अव उपमाहनगरपालीका हुने पर्खाइमा रहेको यो शहरको जनसंख्या एकलाख तिस हजार भन्दा माथी पुगी सकेको छ । यदी बिचको जंगल हुदैनथ्यो भने धरान र इटहरी नगर जोडीइ सकेका हुन्थो । धरानको टेलीफोन कोड ०२५ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.dharan.gov.np/ http://en.wikipedia.org/wiki/Dharan

भरतपुर (Bharatpur) (११७.१६२) (चितवन)

नेपालको पूर्व पश्चिम केन्द्र भागमा रहेको भित्री तराइको चितवन उपत्यकाको पनि केन्द्र भागमा रहेको भरतपुर शहर नेपालको सडक संजालको राजधानी नै हो । साथै प्रस्तावीत कृषि बिश्वविधालय हालको कृषि तथा पशु बिज्ञान अध्यान संस्थान रामपुर, भरतपुर मेडीकल कलेज, चितवन मेडीकल कलेज, नर्सीङ क्याम्पसका साथै वीरेन्द्र, बालकुमारी, सप्त गण्डकी, मैयादेवी कन्या, लगायतका बहुमुखी क्यम्पस तथा अर्कीड साइन्स, चिजकल, प्रेसीडेन्सी, लगायतका थुप्रै क्याम्पस तथा विद्यालय भरतपुर शहरमा रहेका छन । महेन्द्र आर्दश चिकीत्सालय (भरतपुर जनरल अस्पताल) का अलावा महेन्द्र स्मारक आंखा अस्पताल, भरतपुर मेडीकल शिक्षण अस्पताल, चितवन मेडीकल कलेज शिक्षण अस्पताल, नेपालको एक मात्र सरकारी बि.पी. कोइराला क्यान्सर अस्पताल, नारायणी सामुदायीक अस्पताल का साथै थुप्रै स्तरीय निजि अस्पताल तथा नर्सिङहोम रहेको भरतपुर शिक्षा तथा श्वास्थ जस्ता सेवा उध्योगमा काठमाण्डौ उपत्यका पछिको अग्रणी मानिन्छ । बिश्वसंपदा सुचीमा सुचीकृत चितवन राष्टीय निकुन्ज भरतपुरसँग जोडीएर रहेकाले भरतपुर र यो शहरको वरी परीको क्षेत्र नेपालको काठमाण्डौ,पोखरा पछिको तेस्रो मुख्य पर्यटकीय गन्तव्य हो । बिसहजारी ताल तथा सिमसार क्षेत्रका साथै चेपाङ हिलट्रयाक आदीका अरू पर्यटकीय आर्कषण पनि यहा रहेका छन ।

जिल्ला स्तरका सबै सरकारी कार्यालय रहेको भरतपुरमा दियालो बंगला (शाहराजाहरूको शितकालीन दरवार) पनि रहेको छ । प्रशिद्ध देवघाट धाम पनि भरतपुर नगर क्षेत्रमा समेत पर्दछ । त्यसै गरी वागेश्वरी,गणेशस्थान,हरीहर,पशुपतिनाथ,कालीका,जखडीमाई,रामेश्वर लगायतका धार्मिक पिठ मन्दीर तथा बौद्धगुम्वा समेत भरतपुरमा रहेका छन । रत्ननगर नगरापालीका संग जम्मा चारकीलोमीटर जंगलले सांध छुट्याएको भरतपुर दुरत्तर विकास भएका शहरहरू मध्ये पर्दछ । भरतपुरको हालको जनसंख्या १ लाख तिस हजार भन्दा माथी रहेको बिश्वास गरिन्छ ।यो नेपालको, काठमाण्डौ,पोखरा,ललितपुर,बिराटनगर,बिरगंज र धरान पछि जनसंख्याका आधारमा नेपालको सातौ ठूलो शहर हो, भरतपुरको टेलीफोन कोड ०५६ हो । मेहन्द्र राजमार्ग तथा काठमाण्डौ,पोखरा जोडने मुग्लीगं भरतपुर सडकले भरतपुरको वाहै्य यातयात अत्यन्त सहज रहेको छ भने आन्तरीक यातायातका लागि ट्याक्सी रिक्सा टेम्पो उपलब्ध छन्। भरतपुर बिमानस्थल शहरको केन्द्र भागमै रहेकोछ । भरतपुर शहर नारायणी नदीको किनारमा अवस्थीत छ ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal http://www.bharatpurmun.org.np

महेन्द्रनगर (Mahendranagar) (९९.१२४) (कन्चनपुर)

सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो महेन्द्रनगर । यो जनसंख्याका आधारमा नेपालको आठौ ठूलो शहर हो साथै सुदुर पश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो । पूर्वबाट आएको महेन्द्रराजमार्ग यहीं बाट अन्त हुने तथा सेती माहाकाली का लागि सहज यातायात उपलब्ध भएकाले महेन्द्र नगर पश्चिमको एक प्रमुख बाणीज्य केन्द्र पनि हो । अन्चल जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेको महेन्द्रनगर शुक्लाफांटा बन्यजन्तु आरक्षको प्रवेश द्वार रहेको र अध्यागमन कार्यालय समेत रहेकाले पर्यटक आवत जावत भइरहने शहर हो । महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्याम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लागायतका क्याम्पस तथा विद्यालय रहेका छन । त्यसेगरी माहाकली अन्चल अस्पताल का साथै केही निजि अस्पताल समेत सञ्चालित छन । महेन्द्रनगरमा एकलाख भन्दा माथी जनसंख्या रहेको छ । महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो । महेन्द्रनगर आन्तरीक विमानस्थल शहरबाट छोटोदुरीमै रहेको छ । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Mahendranagar http://mnmun.org.np/

बुटवल (Butwal) (९१.७३७) (रूपन्देही)

पश्चिम नेपालको प्रमुख वाणीज्य केन्द्र बुटवलको भौगोलीक स्थिति धरान शहरको जस्तै रहेको छ । यो पहाड र तराइको संगममा बसेको छ । एक लाखको हाराहरी जनसंख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ यातायातको केन्द्र रहेको बुटवलमा केही अन्चल स्तरीय कार्यालयका साथै इलाका स्तरीय कार्यालय रहेका छन । बुटवल बहुमुखी, बाणीज्य क्याम्पस, तिलोतमा क्याम्पस लगायतका अरू क्याम्पस तथा विद्यालय रहेको बुटवलमा लुम्वीनी अन्चल अस्पतालका साथै सिदार्थ वाल अस्पताल लगायत अन्य सामुदायीक तथा निजि स्वास्थ संस्था समेत रहेका छन । प्रसिद्ध सिद्धबाबा मन्दीर , जीतगढी किल्ला , फुलवारी आदी छन । यो शहर तिनाउनदीको किनारमा बसेको छ । बुटवलको टेलीफोन कोड नं. ०७१ रहेको छ ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.butwalmun.org.np/

हेटौडा (Hetauda) (८४.८००) (मकवानपुर)

चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा नेपालको प्रमुख औधोगीक तथा वाणीज्य शहर हो । शहरको दक्षीण पट्टी हेटौडा औधोगीक क्षेत्र रहेको छ । कपडा , फिलिम रिल , दन्तमञ्जन लगायत यो शहरका मुख्य उत्पादन हुन । केही क्षेत्रीय तथा जील्ला स्तारीय कार्यालयका रहेको हेटौडामा वनबिज्ञान अध्यान संस्थान, हेटौडा बहुमुखी क्याम्पस लगायत क्याम्पस तथा विद्यालय रहेका छन, त्यसैगरी हेटौडा अस्पतालका साथै केही निजि नर्सिङहोम हरू पनि रहेका छन । हेटौडा शहर राप्ति नदी किनारमा अवस्थीत छ । हेटौडाको जनसंख्या पुगनपुग नब्बे हजार जती छ, हेटौडाको टेलीफोन कोड नं. ०५७ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.hetaudamun.org.np/ http://en.wikipedia.org/wiki/Hetauda

भक्तपुर (Bhaktapur) (७६.८९०)

काठमाण्डौ उपत्यकामै काठमाण्डौ शहरसँग पश्चिमको तथा ललीतपुरसँग दक्षिण पस्चीमको तथा मध्यपुरसँग सिधा पश्चिमको सिमा जोडीएको शहर हो भक्तपुर । उपत्यका का अरू शहर जस्तै यो शहर पनि एतिहासीक शहर हो । बिश्वसंपदा सुचीमा सुचिकृत भक्तपुर दरवार, यसै शहरमा रहेको छ । भने अर्को विश्वसंपदा चांगुनारायण यो शहरसँग जोडीएको पूर्वी डांडामा अवस्थीत छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध नवदुर्गा मन्दीर,न्यातपोल मन्दीर, कमल बिनायक, सूर्य बिनायक मन्दीर आदी छन । भक्तपुर क्याम्पस,ख्वप क्याम्पस तथा ख्वप प्राबिधीक क्याम्पस तथा अरू थुप्रै क्याम्पस तथा विद्यालयहरू यो शहरमा रहेका छन । केन्द्रीय स्तरको भक्तपुर अस्पताल, सार्क क्षयरोग केन्द्र तथा भक्तपुर क्यान्सर अस्पतालका साथै थुप्रै सामुदायीक तथा निजि अस्पताल यहा रहेका छन । अन्य केही उत्पादन कारखानाका साथै भक्तपुर औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ । भक्तपुरको टेलीफोन कोड पनि काठमाण्डौको जस्तै ०१ हो । यो शहरमा झन्डै ८० हजार मानीस बसोबास गर्दछन ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Bhaktapur http://www.catmando.com/bkt-municipality/

जनकपुर (Janakpur) (७३.७९६) (धनुषा)

राजा जनकको राजधानी मानीने जनकपुर शहर मध्य नेपालको तराईमा पर्दछ । रेल तथा सडकद्धारा नेपाल तथा भारतलाई जोडने जनकपुर त्यसक्षेत्रको वाणीज्य केन्द्र पनि हो , प्रसिद्ध जानकी मन्दीर, राममन्दीर, राम जानकी विवाह मण्डप लगायत बिभिन्न सागर भनीने तलाउहरू जनकपुर का मुख्य आर्कषण हुन । रारा बहुमुखी क्याम्पस, जानकी मेडीकल कलेज लगायत अरू क्याम्पस तथा विद्यालय रहेको जनकपुरमा जनकपुर अस्पताल , आंखा अस्पतालका अलवा केही निजि अस्पताल पनि रहेका छन । अन्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यालय रहेको जनकपुरमा जनकपुर बिमानस्थल रहेको छ भने ढल्केवरसंग जोडने साहायक मार्गले जनकपुरलाई महेन्द्र रामार्गमार्फत देशको बांकी भागसँग जोडेको छ । जनकपुरको जनसंख्या पुगन पुग ७५ हजारको हाराहारी छ । जनकपुरको टेलीफोन कोड नं. ०४१ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Janakpur,

धनगढी (Dhangadhi) (७२.३२६) (कैलाली)

धनगढी सुदुर पश्चिम नेपालको कैलाली जिल्लाको दक्षीणमा रहेको पश्चिम नेपालको एक प्रमुख व्यापारीक नाका हो । धनगढी विमानस्थल यो शहरको नजीकै रहेको छ । यो शहरमा झन्डै ७३ हजार मानीस बसोबास गर्दछन । धनगढीको टेलीफोन कोड नं. ०९१ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.ddckailali.gov.np/ http://en.wikipedia.org/wiki/Dhangadhi

इटहरी (Itahari) (७१.९८७) (सुनसरी)

अत्यन्तै तिब्रगतीमा बिकसीत हुदै गइरहेको पूर्वाञ्चलको यातयात केन्द्रबिन्दु इटहरी सुनसरी जिल्लामा पर्दछ । धरान शहरको दक्षीणमा रहेको इटहरी विराटनगरबाट उत्तरमा रहेको छ । पूर्व नेपालको यातायात केन्द्र यो शहर अत्यन्त छिटो बढीरहेको छ । यहा अन्चल यातायात कार्यालयका साथै केही इलाका स्तरीय कार्यलय मात्र छन । यो शहरमा झन्डै ७२ हजार मानीस बसोबास गर्दछन । टेलीफोन कोड नं. ०२५ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Itahari

त्रियुगा (Gaighat) (६९.३४०) (उदयपुर)

उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा बढीरहेको शहर हो । यो क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो नगरपालीका पनि हो । उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगामा सबै जिल्ला स्तरीय कार्यालयका साथै क्याम्पस विधालय तथा अस्पतालहरू समेत रहेका छन । त्रियुगा नजीकै रहेको एतीहासीक उदयपुर गढी सेन बंसी राजाको राजधानी रहेको थियो । त्रियुगा पाहडी जिल्ला ओखलढुङगा, खोटाङ तथा सोलुखुम्वु जिल्लको मुख्य पैठारी कर्त हो । त्रियुगा शहरमा झन्डै ७१ हजार मानीस बसोबास गर्दछन । गाइघाटको टेलीफोन कोड नं. ०३५हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Triyuga http://www.udayapur.com/tab.html

सिदार्थनगर (Siddarthnagar) (६३.३७२) (रूपन्देही)

बुटवलबाट बिस किलो मिटर दक्षीणमा रहेको सिदार्थनगर रूपन्देही जिल्लाको सदरमुकाम हुनुका साथै पश्चिम नेपालको भारतसँग ब्यापारीक कारोवारको प्रमुख नाका पनि हो । भैरहव बहुमुखी क्याम्पस, कृषि तथा पशु बिज्ञान अध्यान संस्थान (पक्लीहवा क्याम्पस), युनिर्वसल मेडीकल कलेज लगायत अन्य क्याम्पस तथा विद्यालय रहेको भैरहवामा रणअम्वीका आंखा अस्पताल, भिम अस्पताल, युनिवर्सल मेडिकल कलेज शिक्षण अस्पताल लगायत निजि तथा सामुदायी अस्पताल पनि पनि रहेका छन । भैरहवामा शहरमा झन्डै ६४ हजार मानीस बसोबास गर्दछन । सिदार्थनगरको टेलीफोन कोड नं. ०७१ हो । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Siddharthanagar http://www.siddharthanagar.org.np/

नेपालगंज (Nepalgunj) (६१.४७७) (बांके)

मध्य पश्चिम नेपालको बांके जिल्लामा पर्ने नेपालगन्ज मध्य पश्चिम नेपालको प्रमुख नाका हुनुका साथै भेरी अन्चल तथा बांके जिल्लाको सदरमुकाम पनि हो । त्यसैले यहा अन्चल तथा जिल्ला स्तरीय कार्यालयहरू रहेका छन । राझां बिमानस्थल रहेको नेपालगन्ज मध्य पश्चिमका पहाडी क्षेत्र जाने एक हवाइ स्थाल पनि हो । यो शहरमा नेपालगंज मेडीकल कलेज, महेन्द्र क्याम्पस नेपालगंज, नर्सिङ क्याम्पस लगायत अन्य क्याम्पस तथा विधालय रहेका छन । त्यसैगरी भेरी अन्चल अस्पताल, नेपालगंज मेडीकल कलेज शिक्षण अस्पताल लगायत अन्य निजि अस्पताल पनि सञ्चालीत छन ।यो शहरमा झन्डै ६५ हजार मानीस बसोबास गर्दछन । नेपालगंजको टेलीफोन कोड नं. ०८१ हो । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Nepalganj

मध्यपुर (ठिमी) (Madhyapur) (५४.९०५) (भक्तपुर)

काठमाण्डौ उपत्यकाको भक्तपुर जिल्लामा रहेको एतीहासीक नगर हो । मध्यपुर ठिमी यो एतिहासीक कान्तीपुर र भक्तपुरका बिचरहेको छ ।द्रुततर रूपमा जनसंख्या बढीरहेको यो शहर छिट्टै ढाकीने निश्चित जस्तै छ । मध्यपुरमा झन्डै ६० हजार मानीस बसोबास गर्दछन । मध्यपुरको टेलीफोन कोड नं. ०१ हो ।

मेचीनगर (Mecinagar) (५४.०७३) (झापा)

पूर्वको झापा जिल्लाका दुई प्रमुख बजार कांकडभिठ्ठा र धुलावारी मिलाएर बनेको मेचीनगर पूर्वी नेपालको प्रमुख उधोग तथा वाणीज्य केन्द्र हो । पूर्व पट्टी फर्केको काकंडभिठ्ठा नाका नेपालको भारत तथा बंगलादेशसँग ब्यापार गर्ने प्रमुख नाका हो । यो शहरमा झन्डै ५६ हजार मानीस बसोबास गर्दछन । मेचीनगरको टेलीफोन कोड नं. ०२३ हो ।

त्रिभुवननगर (Tribhuvannagar) (४९.४२६) (दाङ)

राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर दागं उपत्यकाको दांग जिल्लामा पर्दछ । लमीही बाट सहायक रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । महेन्द्र संस्कृत विस्वविद्यालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजि तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजि श्वास्थ संस्था पनि रहेका छन्। रोल्पा रूकुम लगायतका जिल्लासंग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुरसम्म पक्कि तर त्यहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगरसम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/ http://www.merodang.com/ http://en.wikipedia.org/wiki/Tribuvannagar

लेखनाथनगर (Lekhnath) (४६.२२१) (कास्की)

पोखरा उपत्यकोको पोखरा नगरको पूर्वपट्टी रहेको लेखनाथ नगर कास्की जिल्लामा पर्दछ । सात तालको शहर भनिने लेखनाथमा बेगनास,रूपा,मैदी,दिपाङ तालहरू रहेका छन । द्रततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ । यहा हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षा लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा रहेका छन । लेखनाथमा झन्डै ५४ हजार मानीस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नं. ०६१ हो ।

टिकापुर (Tikapur) (४४.७६२) (कैलाली)

सुदुर पश्चिमको कैलाली जिल्लामा रहेको यो नगर धनगढी बाट केही किलोमीटर मात्र टाढा छ । टिकापुरमा नेपालकै ठूलो महेन्द्र स्मृती पार्क रहेको छ भने क्यम्पस तथा विद्यालय अनि स्वास्थ संस्था रहेकाले यो त्यसक्षेत्रको केन्द्र हो । टिकापुरमा झन्डै ५१ हजार मानीस बसोबास गर्दछन । टिकापुरको टेलीफोन कोड नं. ०९१ हो ।

किर्तिपुर (Kirtipur) (४४.६३५) (काठमाडौं)

किर्तिपुर काठमाण्डौ उपत्यकाको काठमाण्डौ जिल्लामा रहको एतीहसीक नगर हो । नेपालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको धेरै हिस्सा यही नगरपालिकामा पर्दछ । यहा प्रशिद्ध बाघभैरवको मन्दीर रहेको छ । काठमाण्डौ उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह यहा पर्दछ । किर्तिपुरमा झन्डै ५० हजार मानीस बसोबास गर्दछन । किर्तिपुरको टेलीफोन कोड नं. ०१ हो ।

बिरेन्द्रननगर(Birendranagr) (४५.९८६) (सुर्खेत)

सुर्खेत उपत्यकाको सुर्खेत जिल्लमा रहेको वीरेन्द्रनगर मध्य पश्चिम विकास क्षेत्र तथा सुर्खेत जिल्लाको सदरमुकाम हो ,तसर्थ यहा क्षेत्रीय स्तर तथा जिल्ला स्तरका बिभिन्न सरकारी कार्यालयहरू अवस्थीत छन । यहा प्रशिद्ध देती बज्यैको मन्दीर,लाटीकोइली तथा कांक्रे विहार मन्दीर रहेका छन्। साथ साथै वीरेन्द्रनगर मध्य पश्चिम पहाडी क्षेत्रको श्वास्थ तथा शिक्षाको केन्द्र पनि हो । यहा वीरेन्द्रनगर बहुमुखी, सुर्खेत बहुमुखी, सामुदायीक मेडीसीन ,नर्सीङ क्याम्पस लगायतका क्याम्पस तथा विद्यालय रहेका छन त्यसैगरै मध्यपस्चीमन्चल क्षेत्रीय अस्पताल, सुर्खेत जिल्ला अस्पताल तथा आंखा उपचारकेन्द्रका साथै केही निजि श्ववास्थ संस्था समेत रहेका छन .

वीरेन्द्रनगर रत्न राजमार्गद्धारा महेन्द्र राजमार्ग मार्फत देशका वांकी भागसंग जोडीएको छ। साथै सल्यान हुदै दागंको तुल्सीपुर तथा त्रिभुवन नगरसँग जोडीएको छ भने कर्णाली राजमार्ग मार्फत कालीकोट तथा जुम्ला संग जोडीएको छ । भर्खरै मात्र यहाबाट जाजरकोट सदरमुकामसँग जोडीने सडक समेत पुरा भएको छ । वीरेन्द्रनगर शहरमा झन्डै ४९ हजार मानीस बसोबास गर्दछन । वीरेन्द्रनगरको टेलीफोन कोड नं. ०८३ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Birendranagar

रत्ननगर (Ratnanagar) (४३.६६५) (चितवन)

रत्ननगर चितवन उपत्यकाको चितवन जिल्लामा पर्ने एक वाणीज्य केन्द्र हो । यो भरतपुरबाट ४ कि मीको दुरीमा रहेको छ, पर्यटकीय स्थल सौराह प्रवेश मार्ग तथा पूर्वी चितवनको वाणीज्यकेन्द्र समेत रहेकाले रत्न नगरको बिशेष महत्व रहेको छ ।याहां हालै मात्रै निर्माण भएको रत्न नगर सामुदायीक अस्पताल तथा सहीद स्मृती क्याम्पस लगायतका शिक्षा श्वास्थ केन्द्र रहेका छन । रत्ननगरमा झन्डै ४५ हजार मानीस बसोबास गर्दछन । रत्ननगरको टेलीफोन कोड नं. ०५६ हो ।

तुल्सीपुर (Tulsipur) (४०.०६१) (दाङ)

दागं उपत्यकाको दागं जिल्लामा पर्ने तुल्सीपुर त्रिभुवन नगरबाट ३० कि. मीको दुरीमा रहेको छ हालै मात्र अन्चल अस्पताल बनाउन लागीएको तुल्सीपुरमा केही अन्चल स्तरीय तथा इलाका स्तरीय कार्यालयहरू छन । यो शहरमा झन्डै ४३ हजार मानीस बसोबास गर्दछन । तुल्सीपुरको टेलीफोन कोड नं. ०८२ हो । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस :- http://www.merodang.com/

कलैया (Kalaiya) (३९.३६७) (बारा)

बारा जिल्लाको सदरमुकाम कलैया नारयणी अन्चलमा पर्दछ यो औधोगीक क्षेत्र समेत हो । यहा प्रशिद्ध गढीमाइ (सबै भन्दा बढी बली चढने मन्दीर) रहेको छ । कलैया बिरंगजसंग विविध कारणले नजीक छ । यो शहरमा झन्डै ४० हजार मानीस बसोबास गर्दछन । कलैयाको टेलीफोन कोड नं. ०५३ हो ।

कमलामाई (Kamalamai) (३६.४४०) (सिन्धुली)

कमला उपत्यकाको सिन्धुली माढी अवस्थीत कमलामाई सिन्धुली जिल्लाको सदरमुकाम हो । कमलामाई नगर कमला उपत्यकामा बसेको छ । केही माथी डांडामा एतीहासीक सिन्धुलीगढी दरवार रहेको छ। जांहा पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोकका अङ्ग्रेजी सेनालाई नेपाल एकीकरण ताका पराजीत गरेका थिए। पछि राणा कालमा दरवार बनेपछी सो क्षेत्रको प्रशासनीक केन्द्र बनइएको थियो । सिन्धुलीमाढी शहरमा झन्डै ४० हजार मानीस बसोबास गर्दछन । कमलामाई सिन्धुलीमाढीको टेलीफोन कोड नं. ०४७ हो । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Kamalamai

दमक (Damak) (३५.७६६) (झापा)

झापा जिल्लामा पर्ने दमक पूर्वी नेपालको महत्वपूर्ण बाणीज्य केन्द्र हो । आम्दा अस्पताल रहेको दमकमा क्याम्पस तथा विद्यालयहरू समेत रहेकाले पश्चिमी झापा तथा पूर्वी मोरङको शिक्षा श्वास्थ केन्द्र पनि हो । यो शहरमा झन्डै ३८ हजार मानीस बसोबास गर्दछन । दमकको टेलीफोन कोड नं. ०२३ हो ।

पृथ्वीनारायण (Prithbinarayan)(३४.८४५) (गोरखा)

गोरखा नेपाल निर्माता राजा पृथ्वी नारायण शाहको राजधानी हो । पृथ्वी नरायणकै नामबाट यस नगरपालीकाको नाम राखीएको हो । एतीहासीक गोर्खा दरवार बजारको माथील्लो टाकुरामा अवस्थीत छ । तल्लो दरवार, संग्राहलय, बजार छेउको तल्लो दरवारमा छ । गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यहा सबै जिल्ला स्तरीय कार्यालय रहेका छन् । गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस लगायतका क्याम्पस तथा विद्यालय हरू रहेका छन । गोरखा अस्पताल लगायत केही निजी स्वास्थ संस्था पनि रहेका छन, गोरखा शहरमा झन्डै ३५ हजार मानीस बसोबास गर्दछन । गोरखा बजारको टेलीफोन कोड नं. ०६४ हो । अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Prithbinarayan

साना (नगरपालिका) शहरहरु (Municipality) Towns[सम्पादन गर्ने]

नगरपालिका नभएका तर प्रमुख चोक बजार पर्यटकीयस्थलहरू (Towns with out Municipality)[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]