नेपालको चलचित्रको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र हो । यसलाई डी.बी परियारले वि.सं २००७मा कलकत्तामा बनाएका थिए । डिबी  परियारको ‘सत्य हरिश्चन्द्र’ नेपाली भाषामा छायाङ्कन भएको पहिलो चलचित्र हो, जुन कलकत्तामा  छायाङ्कन भएको थियो तर नेपाली चलचित्रको इतिहास हेर्ने हो भने नेपालको पहिलो चलचित्रका रुपमा २०२१ असोज २२ मा प्रदर्शनमा आएको ‘आमा’ चलचित्रलाई मानिन्छ। तत्कालीन श्री ५ को सरकार, सूचना विभागले निर्माण गरेको सो चलचित्र हीरासिंह खत्रीले निर्देशन गरेका  थिए । यस चलिचत्रमा शिवशङ्कर मानन्धर र भुवन चन्दले अभिनय गरेका थिए।नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए । नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा (चलचित्र) हो । यसलाई वि.सं २०२०मा हीरासिंह खत्रीले बनाएका थिए । नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]