नेपालको एकिकरणकाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
फ्रान्सीस बुचानन लगायतका इतिहासकार हरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज)मा बाँडीए पनि कस्मीर देखि भुटान सम्मको हिमालय पाहाडको दक्षीण तथा गङ्गाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो भनेका छन। नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ कस्मीर राज्यबाट पूर्व लागेपछी भुटान सम्म प्राय उस्तै प्रकारको रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजा हरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिश्तारको प्रयास कमै गरेका छन चाहे ती राजा मानदेव हुन, चाहे जुम्लाका राजा जितारी मल्ल हुन या उपत्यका का राजा यक्ष मल्ल व त पाल्पा का राजा मणीमकुन्द सेन अथवा गोरखा का राजा पृथ्वी नारायण शाह नै किन नहुन। नभन्दै इलामको घरमा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै दार्जलिङ देखि जलपाइ गुडी सम्म खाइन्छ त्यस्तै डोटीकै जस्तो चलन र बैतडीका जस्तै चन्द हरू सिमलामा पनि पाइन्छन्।
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ। राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकाल का बाडेर गए।तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए।अहिलेको नेपाल पृथ्वी नरायण शाहले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो।
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभइ अठारौ सताब्दीको शुरूवात तिर पूर्ण विराम लागेको थियो। नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखि कांगडा सम्मका नेपाली सहभागी भएका थिय त्यसैगरी हिमाली जाती देखि तराइका थारू तथा दनुवार जातीको समेत सहभागीता थिय। नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपाली हरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागि सहभागी हुने गर्थे। आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपाली हरू पश्चिममा कांगडा तथा पूर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए।
पृथ्वी नारायण शाहले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा)मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए। पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायतले अगाडी बढाइ रहे। नेपाल एकिकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो।
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भूभाग ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो। तर बृटीसले नेपाललाई १८२२मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको क्रिया कलापबाट खुसी भएर राप्ती देखिमाहाकाली बिचको तराइ भूभाग १८६०मा फर्काएका थिए।
नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।[सम्पादन गर्ने]
वडावीर सेनपति काजी शिवराम सिंह बस्न्यात
मुल काजी कृतिमान सिंह बस्न्यात
काजी माथवर सिंह थापा
भिम सिहँ थापा
चौतारीया फत्तेजंग शाह
चौतारीया शुरूप्रताप शाह
चौतारीया दलमर्दन शाह