नेपालभाषा

नेपाली विकिपीडियाबाट

नेपालभाषा
बोलिने ठाउं नेपाल, भारत
क्षेत्र दक्षिण एशिया
बोल्नेहरुको संख्या १० लाख
भाषा परिवार
भाषा वर्गीकरण
चीनी-तिब्बती

   तिब्बती-बर्मेली
    हिमाली

    नेपालभाषा

भाषा कोड
ISO 639-1 new


नेपालभाषा वा नेवार भाषा (नेपालभाषामा नेपालभाषा वा नेवाः भाय्) नेपालको एउटा प्रमुख भाषा हो। यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ। ऐतिहासिक रुपमा देवनागरी लिपिमा पनि लेखिने चिनी-तिब्बती यही एउटा मात्र छ।


विषयसूची

[परिवर्तन्] वर्गिकरण

यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ।

[परिवर्तन्] लिपि

नेपालभाषा धेरै लिपिहरुमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरु रञ्जना, प्रचलित, ब्राह्मि, भूजिँगोल, देवनागरी आदि हुन् | यी सबै लिपिहरु देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि भने माथिबाट तल लेखिन्छ | यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरु हुन्छन्|

[परिवर्तन्] विकासक्रम

नेपालभाषा काठमाडौं उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौं उपत्यकामा भएकोमा विद्वहरुको सहमति छ। काठमाडौं उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ| लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस(नेपाली)भाषाको प्रभाव यो भाषामा देखिन्छ|

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषासँगको सम्बन्धले गर्दा नेपाल भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ|

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा खस भाषालाई दिईएको प्राथमिकता तथा पंचायत कालको भाषाघाती "एक भाषा" नितिले यो भाषाको विकासक्रममा केहि सुस्तायो| प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ|

[परिवर्तन्] साहित्य

नेपालभाषा साहित्य कहिले सुरु भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन| यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरुले पुष्टि गर्दछन्|

नेपालभाषाका महाकवि सिद्धिदास महाजु हुन्|

[परिवर्तन्] साहित्यकारहरु

[परिवर्तन्] चलन्चल्तीका केहि शव्द तथा वाक्यहरु

नेपालभाषा जा नेपाली भात्
ज्वजलपा नमस्ते
छिगु नां छु ख? तपाईंको नाम के हो ?
जिगु नां _____ ख
न्हुगु दं या भिन्तुना ! नयाँ वर्षको शुभकामना!
यःमा आमा
अबु बुवा
अजी हजुरआमा
अजा हजुरबुवा
पासा साथी
गुथि संस्था
छेँ घर
मनु मान्छे
वासः औषधी
बुखं समाचार
प्याखं नृत्य
दबली स्टेज
लाय्‌कू दरबार
ज्यास: कार्यालय
पस:/ पसल पसल
चूकः चोक
न्हेपू दिमाग
नूगः मुटु
लः / ना पानी

[परिवर्तन्] वाह्य लिंक