नेपाल भाषा

नेपाली विकिपीडियाबाट
(नेपालभाषा बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपालभाषा
नेपाल भाषा
बोलिने  स्थान: नेपाल
प्रयोग क्षेत्र: दक्षिण एशिया
मातृभाषाप्रयोगकर्ता: ८ लाख
भाषा परिवार:
शाखा भाषा:
दोलखाली, बनेपा-धुलिखेल-पनौति, भक्तपुर-थिमि, काठमाडौं-पाटन-कीर्तिपुर, चित्लाङ, तिस्तुङ, पालुङ
लिपि देवनागरी, कुटाक्षरी लिपि, रञ्जना लिपि, प्रचलित लिपि, ब्रह्मी लिपि, गुप्त लिपि, भुजिमोल लिपि, गोलमोल लिपि
कार्यालय प्रयोजनको अवस्था
औपचारिक मान्यता:  नेपाल,
सिक्किम  भारत
नियन्त्रक संस्था: नेपाल भाषा परिषद
भाषा कोड:
आइएसओ 639-2 new
आइएसओ 639-3 new


नेपालभाषा वा नेवार भाषा (नेपालभाषामा नेपालभाषा वा नेवाः भाय्) नेपालको एउटा प्रमुख भाषा हो। यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ। ऐतिहासिक रूपमा देवनागरी लिपिमा पनि लेखिने चिनी-तिब्बती यही एउटा मात्र छ।

वर्गिकरण[सम्पादन गर्ने]

मिति वि.सं. २०।७।२०१७ को ‘नेपाल भाषा पत्रिकाˈ दैनिक पत्रिका

यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ।

लिपि[सम्पादन गर्ने]

नेपालभाषा धेरै लिपिहरूमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरू रञ्जना लिपि, प्रचलित, ब्राह्मि, भुजिमोल हुन्। यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि लिपि भने माथिबाट तल लेखिन्छ। यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरू हुन्छन्। नेपाल भाषाका चौधवटा लिपि हुन्:-

भाषिका[सम्पादन गर्ने]

विकासक्रम[सम्पादन गर्ने]

नेपालभाषा काठमाडैं उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौं उपत्यकामा भएकोमा विद्वहरूको सहमति छ। काठमाडौं उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस (नेपाली) भाषाको प्रभाव यो भाषामा देखिन्छ।

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषा परिवार भाषासँगको सम्बन्धले गर्दा नेपाल भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ।

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा नेपाली भाषालाई दिईएको प्राथमिकता तथा पञ्चायती व्यवस्थाको "एक भाषा" नीतिले यो भाषाको विकासक्रममा केही सुस्तायो। प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ।

साहित्य[सम्पादन गर्ने]

King Mahindra Malla (reigned 1560–1574) is regarded as the first Nepal Bhasa poet.

नेपालभाषा साहित्य कहिले सुरू भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन। यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरूले पुष्टि गर्दछन्। नेपालभाषाका महाकवि सिद्धिदास महाजु हुन्। यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ई.सं. १११४ को ललितपुर रुद्रवर्ण महाविहारस्थित ताड पत्रलाई लिइएको छ । मल्लकालको उदयसँगै राजकीय मान्यता पाएपछि यस भाषाले राम्ररी फल्ने फुल्ने मौका पायो । यहीअनुरूप १४औँ शताब्दीमा आएर हरमेखला, नारदसंहिता, अमरकोश, गोपालराज वंशावली आदिजस्ता महत्वपूर्ण ग्रन्थहरू रचिए भने तत्कालीन आवश्यकता र शासकहरूको रुचिअनुसार विविध विषयको प्रशस्त वाङ्मय ग्रन्थहरूको रचना भए । फलतः नेपालमा संस्कृतपछि प्राचीन वाङ्मय ग्रन्थको बढी रचना नेपालभाषाबाटै भयो । ई.सं. १५०५को भागवत् पुराण ग्रन्थदेखि यस भाषाको साहित्यिक इतिहास सुरू हुन्छ ।<<[१]>>

१) प्राचीन काल -ई.सं. १५०५-१८४७

२) माध्यमिक काल -ई.सं. १८४७-१९४१

३)आधुनिक काल -ई.सं. १९४१ देखि हालसम्म

१) प्राचीन काल -ई.सं. १५०५-१८४७[सम्पादन गर्ने]

नेपालभाषाको साहित्यिक इतिहासमा मल्लकाललाई स्वर्ण युग मानिन्छ । तत्कालीन शासकहरू स्वयंले यस भाषाबाट गीत, नाटक नाटिका आदि रचेर नेपालभाषा साहित्य उत्थानको निमित्त महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यस समयमा विकास भएका प्रमुख साहित्यिक विधा कथा, गीत तथा नाटक हुन् ।

कथा[सम्पादन गर्ने]

प्राचीन कथाहरू विशेषतः स्वतन्त्र लेखन नभई अरू भाषाको अनुवादको रूपमा रहे पनि रचनाकारहरूले तत्कालीन धर्म संस्कृतिलाई प्रतिबिम्बित गरेर आफ्ना सिर्जनशीलता देखाएका छन् । यस्ता प्राचीन कथाहरूमा पुराण, अवदान, जात, तीर्थव्रत महात्म्य आदि जस्ता धार्मिक कथाहरू, पुराण, जातक, तीर्थव्रत माहात्म्य आदिजस्ता धार्मिक कथाहरू, हितोपदेश -ई.स‌ १५७१) तन्त्राख्यान -ई.स. १५१८) जस्ता औपदेशिक कथाहरू, बेताल पंचविंशति - ई.सं. १६२०) शुकबहत्तरीजस्ता लौकिक मनोरञ्जनात्मक कथा तथा महाभारत रामायणसम्बन्धी भित्ते चित्र कथाहरू प्रमुख छन् ।

गीति काव्य[सम्पादन गर्ने]

प्राचीन साहित्यमा सङ्ख्यात्मकरूपले मात्र नभई सबभन्दा बढी सिर्जनात्मक सशक्तता प्रतिबिम्बित भएको विधा गीति काव्य हो । हालसम्मको प्रमाणित तथ्यअनुसार ई.सं. १५६९को वीर रस प्रधान प्रणमति जुगपति नामक गीतलाई नेपालभाषाको सबभन्दा पहिलो काव्य तथा राजा महिन्द्र मल्ललाई -ई.सं. १५६०-१५७४) आदिकविको रूपमा लिइएको छ । अरू प्रमुख कविहरूमा-राजा जगतप्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, प्रताप मल्ल, रानी ऋद्धी लक्ष्मी, रणजीत मल्ल, वृद्धिलक्ष्मीˌ जयप्रकाश मल्ल तथा जनसाधारणमा, केशव उदास, जगत्केशरी आदि प्रमुख छन् । त्यस्तै काव्यको विषयको रूपमा भक्ति तथा, श्रृगार नै मुख्य छन् ।

नाटक[सम्पादन गर्ने]

नाटक लेखनमा पहिले नेपालभाषालाई निर्देशनको माध्यमको रूपमा मात्र प्रयोग गरिएको थियो भने ई.सं. १६०८मा आएर सिद्धिनरसिंह मल्लका एकादशी व्रतजस्ता एकाङ्की तथा ई.सं. १६६५मा जगतप्रकाश मल्लको मूलदेव शशीदेवपाख्यानजस्ता पूर्णाङ्की पनि यस भाषामा देखा पर्न थाले । तत्कालीन शासकहरूले आफैले नाटकहरूको रचना गर्ने मात्र नभई विवाह व्रतवन्धजस्ता महत्वपूर्ण पर्वहरूमा प्रदर्शन गरेर नाटक साहित्यको विकासलाई महत्वपूर्ण टेवा पुर्‍याएका थिए । राजा सिद्धिनरसिंह मल्ल, ˌश्रीनिवास मल्ल,ˌ जगत्प्रकाश मल्लˌ ,भूपतिन्द्र मल्ल, रणजित मल्ल, जयप्रकाश मल्ल आदि त्यस बेलाका प्रमुख नाटकारहरू हुन् भने सङ्गीत नृत्य आदि तत्कालीन नाटकका अभिन्न अङ्ग हुन् ।

यसरी मल्लकालमा असाध्यै मौलाएको नेपालभाषा साहित्य मल्ल शासनको अन्त्यसँगै यसको विकासमा गतिरोध आयो तर पहिले जस्तै साहित्य लेखनमा राजारानीहरू सरिक नभए पनि केही भाइ भारदार तथा अज्ञात कविहरूले मन्द गतिमा भए पनि यसको क्रमलाई टुट्न दिएनन् । उक्त कविहरूले भजन, मुक्तक तथा गीति कथाका रूपमा तत्कालीन जनताले भोग्नु परेका घात-प्रतिघातलाई निर्भीक निडरतापूर्वक अभिव्यक्त गरेका छन् । शिलु तिर्थ, ˌशितलामाजु गीति कथा यसका ज्वलन्त उदाहरण हुन् ।

२) माध्यमिक काल -- ई· स‍ं· १८४७-१९४१[सम्पादन गर्ने]

महाकवि सिद्धिदास महाजु (ईसं १८६७-१९२९)

माध्यमिक कालको पहिलो चरणलाई अन्धकार युग पनि भनिन्छ । नेपालभाषालाई प्रत्यक्षरूपले दमन गर्ने कार्य यही समयदेखि भयो । ई.सं. १८४७मा भएको भयानक कोत पर्वले भाइ-भारदारहरूमा डर-त्रास उब्जायो भने तत्कालीन सन्त महन्तको अर्ति उपदेशले पनि उनीहरूमा गहिरो प्रभाव पारेको थियो । फलतः स्वामी अभयानन्द, हरिभक्त माथेमा, मानलाल मास्के आदिजस्ता भाइ-भारदारहरूबाट उपदेशात्मक प्रवृत्तिको भक्ति काव्य सिर्जना भयो । उता तात्कालीन शासकहरूको भाषिक दमनले साहित्यिक प्रवाहमा गतिरोध ल्याए पनि त्यसको प्रतिरोध गर्ने युग पुरूषहरू पनि समयले जन्माएका थिए । साथै छिमेकी देश भारतमा भएको तत्कालीन भाषिक, सांस्कृतिक जागरणले पनि यहाँका युवाहरूमा गहिरो प्रभाव पारेको थियो । फलस्वरूप यी युग पुरुषहरूबाटै नेपालभाषा साहित्यको पुनर्जागरणको थालनी भयो ।

पण्डित निष्ठानन्द बज्राचार्यले हस्तलिखित परम्परालाई तोडी मुद्रण परम्पराको थालनी गरे भने ललितविस्तरजस्ता ग्रन्थहरू रचेर धार्मिक तथा भाषिक जागरण ल्याए । महाकवि सिद्धिदासले सिद्धिरामायण, सत्यसती, सज्जन हृदयाभरणजस्ता काव्य रचेर नेपालभाषालाई विविध विधा, विविध विषयबाट सम्पन्न गराए, नैतिकमूलक उपदेशात्मक प्रवृत्तिको काव्यको थालनी गरे । कवि योगवीर सिंहले काव्यमार्फत भाषिक तथा सांस्कृतिक जागरणका स्वरहरू घन्काए । मास्टर जगतसुन्दर मल्लले मातृभाषामा शिक्षा दिने पाठ सिकाए । शहीद शुक्रराज शास्त्रीले 'नेपालभाषा व्याकरण' जस्ता पुस्तक लेखी स्तरीय भाषा बनाउनमा सहयोग पुर्‍याए । धर्मादित्य धर्माचार्यले 'बुद्धधर्म र नेपालभाषा' नामक पत्रिका प्रकाशन गरेर पत्रिकाको परम्परा बसाले । त्यस्तै सिद्धिदासको 'शिवविलास', निष्ठानन्दको 'ललितविस्तर', धर्मादित्य धर्माचार्यको 'नेपालभाषा व थ्वया साहित्य' जस्ता गद्य लेखनले तत्कालीन गद्य विधालाई नै स्तरीय बनाए ।

३. आधुनिक काल -- ई.सं. १९४१ देखि हालसम्म[सम्पादन गर्ने]

Chittadhar Hridaya, sketched in jail, ca. 1944. He was sentenced to six years for writing a poem.

नेपालभाषा साहित्यले आधुनिक मोड लिनुमा तत्कालीन भाषिक साहित्यिक गतिविधिहरूको पनि ठूलो भूमिका रहेको छ । वि.सं. १९९७ सालको काण्डमा जेलमा परेका कवि लेखकहरू तथा देश निकाला गरिएका तत्कालीन भिक्षुहरूको साहित्यिक योगदान ‘धर्मदूत, धर्मोदय, नेपालˈ आदि पत्र पत्रिकाको प्रकाशन, च्वसापासा, नेपालभाषा परिषद् आदिजस्ता सङ्घ, संस्थाको स्थापना, तत्कालीन प्रजातन्त्रको खुला वातावरण आदिले नयाँ-नयाँ साहित्यिक विधाहरू नेपालभाषा साहित्यमा पनि भित्रिए भने पहिले भएका विधाहरूले पनि आधुनिक रूप लिए । फलतः नेपालभाषा साहित्यले आधुनिक युगमा प्रवेश गर्‍यो । त्यस्तै पञ्चायती व्यवस्थाको भाषिक दमनको विरुद्ध भएको साहित्यिक क्रियाकलाप, वि.सं. २०४६ तथा वि.सं.२०६२/६३को जनआन्दोलन, विश्वमा देखापरेको उत्तर आधुनिकवादको लहर, साइबर संस्कृतिको विकास आदिले यस आधुनिक क्रमलाई अझ अगाडि बढाए ।

काव्य[सम्पादन गर्ने]

नेपालभाषामा स्वच्छन्दतावादी धाराको प्रयोग ई.सं. १९२८ नै कवि बैकुण्ठप्रसाद लाकौलले गरिसकेका भए पनि यसलाई अधि बढाउने काम आधुनिक कालको प्रारम्भसँगै भयो । यसको अग्रणी भूमिका सिद्धिचरणले निर्वाह गरे भने दुर्गालाल, ˌनारायणदेवीजस्ता थुप्रै कवि कवयित्रीहरूले यसलाई साथ दिए । त्यस्तै ई.सं. १९६०को दशकमा ˈगाजलं दाःगु चा, सरासुˈ जस्ता काव्य सङ्ग्रहको प्रकाशनले नेपालभाषामा पनि आधुनिक कविताको सूत्रपात गरे । पूर्णबहादुर वैद्य, ˌश्यामसुन्दर सैजु, ˌबुद्ध सायमि, योगेन्द्र प्रधान, आनन्द जोशी यस प्रवृत्तिका अगुवा सर्जकहरू हुन् भने अरू थुप्रै नयाँ पुस्ताका कविहरूमा त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, सुदन खुसः, नर्मदेश्वर प्रधान, प्रतिसरा सायमि, केशवमान शाक्य, नवीन चित्रकारˌ राजभाइ जकःमिˌ सुरेश किरण, ईश्वरी मैया आदि छन् । त्यस्तै परबन्ध काव्यतर्फ चित्तधर हृदयको ˈसुगत सौरभˈ महाकाव्यलाई यस आधुनिक कालको एक प्रमुख उपलब्धि मान्नु पर्दछ ।

कथा[सम्पादन गर्ने]

नेपालभाषामा आधुनिक कथाको सुरूवात चित्तधर हृदयको ˈखुपु बाखंचाˈदेखि -ई.सं.१९४७ आरम्भ भएको मानिन्छ । प्रारम्भमा बढी कथाहरू सामाजिक सुधार तथा नेवारी सांस्कृतिक परिवेशमा केन्दि्रत छन् भने नयाँ पुस्ताका कथाकारहरू सूक्ष्म, साङ्केतिक तर बृहत् समाजलाई सङ्गालोर कथा लेख्नमा प्रयत्नशील छन् । चित्तधर 'हृदय', मोतिलक्ष्मी, पूर्णदास श्रेष्ठ, माधवलाल कर्माचार्य, पूर्ण पथिकˌ हितकरवीर सिंह त्यस्तै नयाँ पुस्तामा मथुराकृष्ण सायमि, राजा शाक्य, लक्ष्मण राजवंशी, सुवर्ण केशरी, शशिकला, ˌनारद, केदार सितु आदि यस विधाका प्रमुख सर्जकहरू हुन् ।

निबन्ध[सम्पादन गर्ने]

नेपालभाषामा वास्तविक निबन्धको थालनी रत्नध्वज जोशीको तत्कालीन हस्तलिखित नेपाल -ई.सं. १९४५ पत्रिकामा प्रकाशित ˈच्वय्गु छाय??? ˈ बाट भएको छ भने वस्तुपरक निबन्धको विकासमा पनि रत्नध्वज जोशीको योगदान उल्लेखनीय छ । त्यस्तै निजात्मक निबन्धको थालनी प्रेमबहादुरको न्हूपुखूदेखि भयो भने यस प्रवृत्तिको निबन्धलाई अझ फराकिलो र विस्तार गर्ने काम पद्मरत्न तुलाधरˌ, मङ्गलप्रसाद, पूर्णबहादुर वैद्य आदिबाट भयो तर नेपालभाषामा देखापरेका निबन्धहरू विषयगत हिसाबले संस्कृतिसम्बन्धी नै बढी छन् । यस विधामा देखा परेका अरू सर्जकहरू हुन्-मोतिलक्ष्मी, ˌठाकुरलाल मानन्धर, फणिन्द्ररत्न बज्राचार्य, युवा पुस्तामा विजयश्वर वैद्य, रमेशकाजी स्थापितˌ सौरभ शाक्य आदि ।

नाटक[सम्पादन गर्ने]

आधुनिक नाटकको प्रारम्भ पनि यही आधुनिक कालमा आएर मात्र भयो । राणाकालीन समयमा इन्द्रजात्रा तथा अरू पर्वमा नेपालभाषाबाट डबली नाच देखाउने यथेष्ट परम्परा भए पनि त्यसलाई लिखितरूपमा राख्ने चलन भएन । फलतः प्रकाशनको हिसाबले एकाङ्कीमा ई.सं. १९४७को चित्तधर हृदयको शक्यानी तथा पूणरङ्कीमा ई.सं. १९५४को सुदर्शन श्रामणेरको अम्वपालीलाई मान्नुपर्दछ । सुदर्शन श्रामणेर, हेमलाल जोशी तथा सत्यमोहन जोशीले विशेष गरेर ऐतिहासिक तथा पात्र प्रधान नाटकको विस्तार गरेका छन् भने ईश्वरानन्द श्रेष्ठाचार्यले फसंपू लप्ते, थाःगु छेँजस्ता नाटक लेखेर समस्यामूलक नाटकको अभावपूर्ति मात्र गरेको नभई यस्को विकासको निमित्त पनि महत्वपूर्ण सधाउ पुर्‍याएको छ । अरू नाटककारहरूमा वाशु शशि, गिरिजाप्रसाद जोशी, दुर्गालाल श्रेष्ठ, राम शेखर, पद्मरत्न तुलाधर, विजयबहादुर मल्ल, दिनेश भुजु, राजभाइ जकःमि आदि उल्लेखनीय छन् ।

उपन्यास[सम्पादन गर्ने]

ई.सं. १९५४मा प्रकाशित धुस्वां सायमीको ˈमिसाˌदेखि नेपालभाषामा उपन्यासको आरम्भ भयो । विश्व साहित्यमा उपन्यास विधा धेरै विकसित भइसकेपछि मात्र नेपालभाषामा यस विधाले प्रवेश गरेको हुनाले आफ्नो आगमनको साथै यसले उन्नत रूप देखाएको थियो । धुस्वां प्रथम उपन्यासकार मात्र नभई नेपालभाषाको उपन्यासको अर्को नाम भने पनि हुन्छ । त्यस्तै अरू उल्लेखनीय उपन्यासकारहरूमा ईश्वरानन्द श्रेष्ठाचार्य, धर्मरत्न यमि, चिनियालाल बज्राचार्य, रत्नबहादुर सायमि,जगदीश चित्रकारˌ मथुराकृष्ण सायमि, शशीकला मानन्धर आदि छन् ।

समालोचना[सम्पादन गर्ने]

नेपालभाषामा पहिलो सिर्जनात्मक कृतिको समालोचना ई.सं.१९७९मा प्रकाशित रत्वध्वज जोशीको धर्मोदया कहानित हो भने समालोचना साहित्यको राम्ररी विकास नेपालभाषा विषयको पठनपाठन कलेजमा भइसकेपछि -ई.सं. १९६२ मात्र भएको देखिन्छ । यस विधामा कलम चलाउने धेरै जसो प्राध्यापन पेसामा संलग्न शिक्षकहरू नै छन् तथा समालोचनाका विषयहरू पनि बढी पाठ्यपुस्तकसम्बन्धी नै छन् । रत्नध्वज जोशी, माधवलाल कर्माचार्य, कृष्णचन्द्रसिंह, प्रधानमाणिकलाल श्रेष्ठ, कमलप्रकाश मल्लˌ डा. जनकलाल वैद्य, नर्मदेश्वर प्रधान, इन्द्र माली आदि यस विधाका उल्लेखनीय हस्तीहरू हुन् ।

प्रसिद्ध साहित्यकारहरू[सम्पादन गर्ने]

नेपाल भाषा देवनागिरी लिपिमा[सम्पादन गर्ने]

स्वर वर्ण[सम्पादन गर्ने]

नेपाल भाषा नेपालीमा उच्चरण
अ: लामो "अ"
आ: लामो "आ"
लमो "ऋ"
लृ लृ
लॄ लामो "लृ"
अँ अँ
अं लामो "अँ"
अय् लमो "ए"
आय् अयाय्
एय् धेरै लामो "ए"

व्यञ्जन वर्ण[सम्पादन गर्ने]

नेपालभाषाका व्यञ्जन वर्णहरूको उच्चरण नेपालीमा जस्तो हुन्छ। नेपालभाषामा नेपली भन्दा बढी व्यञ्जन वर्णहरू हुन्छन्।

ह्ङ
न्ह
म्ह
ह्य ह्र ल्ह व्ह
क्ष त्र
ज्ञ्

चलनचल्तीका केही शव्द तथा वाक्यहरू[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
ज्वजलपा नमस्ते
छिगु नां छु ख? तपाईंको नाम के हो?
जिगु नां … ख । मेरो नाम … हो ।
न्हुगु दं या भिन्तुना! नयाँ वर्षको शुभकामना!
गुथि संस्था
छेँ घर
मनु मान्छे
वासः औषधी
बुखं समाचार
बुँख्याचा खेतमा चरा तर्साउन राखिएको मान्छेजस्तो नमुना
ख्वप मुकुन्डो
प्याखं नृत्य
स‌किपा चलचित्र
दबली स्टेज
लाय्‌कू दरबार
ज्यास: कार्यालय
पस:/ पसल पसल
चूकः चोक
न्हेपू दिमाग
नूगः मुटु
सुभाय् धन्यबाद
लसंहना बधाई
मतिना माया
हो
मखु होइन
जिउ हुन्छ
मजिउ हुन्न

सम्बोधन[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
जि
झी हामी
छि तपाइँ
तिमी / तँ
भाजु श्रीमान्
मेजु श्रीमाती
वेयक वहाँ
आंका यहाँ
उ /उनी
थो यो
हुँ त्यो

खानेकुरा[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
जाकि चामल
वा धान
छो गहुँ
लाजा / लाव्जा मकै
मुस्या भटमास
म्या मास
जा: भात
छुचुङ्ग पीठो
मरी / मारी रोटी
बजी / बै चिउरा
सुकुला सुकुटी
धैा दही
ल: / ना पानी
ला: मासु
मेर्इ ला: राँगाको मासु
खार्इ ला: कुखुराको मासु
दुकुचर्इ ला: बोकाको मासु
फाँर्इ ला: ब‌‌ंगुरको मासु
लाभा लसुन
हलु हलेदो
जिमले जिरा
चि नुन
बेचि विरेनुन
मन्ता खुर्सानी
मले मरीच
अैला रक्सी
थों जाँड
बजाङ्ग हुक्का तम्माखु

सम्बन्ध[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
मां आमा
अबु बुवा
अजी हजुरआमा
अजा हजुरबुवा
पासा साथी
दाजू दार्इ
किजा भार्इ
तता /अता दिदी
केए बहिनी
मिसा श्रीमती
मिज‌ं श्रीमान्
पाजु मामा (आमापट्टीको दाजुभार्इ) फूपाजु (बुवापट्टीको दिदीबहिनीको श्रीमान्)
मलेजु माइजु
निनी फूपु
त:मा ठूली आमा
चिर् मा कान्छी आमा
त:बा ठूलो बुबा
क:का सानो बुबा
काय: छोरा
म्ह्या छोरी
काय: चा भतिजा
म्ह्या: चा भतिजी
भि‌न्चा भान्जा / भान्जी
छ्ये नाती / नातीनि
भऔ बुहारी
सस: मा सासु आमा
सस: बा सासु बुवा
सस: ले ससुराली
जिलाजं ज्वार्इ

रंग[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
तुइयु सेतो
हाकुगु कालो
ह्याँगू रातो
वाउँ हरियो
वचु नीलो
भसुँ पहेँलो
सिउगु खैरो

शरीर[सम्पादन गर्ने]

नेपालभाषा नेपाली
म्ह शरीर
कप /कपा टाउको
सँ /साँ कपाल
न्हेपु दिमाग
भ्हस्त निधार
मिखा आँखा
ख्व अनुहार
नेताले गाला
न्ह्या नाक
म्हुतु मुख
वाँ दाँत
मेच जिबो
मनस चिउँदो
ह्ला हात
पातिंचा औंला
पस अन्जुली
बोले कुम
प्वा पेट
टुटी खुट्टा
लुसी नङ्ग
जाँले ढाँड
खम्पा खुट्टाको पाखुरा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्

वाह्य लिंक[सम्पादन गर्ने]