नेपाली समालोचनाको काल विभाजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ । [१]

प्रथम चरण (१९४८-१९९८)[सम्पादन गर्नुहोस्]

मोतीराम भट्टको कवि भानुभक्त आचाईको जीवन चरित्र नामक समालोचानात्मक कृतिबाट नेपाली साहित्यमा समालोचना विधाको प्रारम्भ भएको देखिन्छ ।

द्वितीय चरण (१९९९- २००६)[सम्पादन गर्नुहोस्]

नेपाली समालोचनालाई आधुनिकतातर्फ डोर्याउने रामकृष्ण शर्मा (१९७८-१०४३) र यदुनाथ खनाल यस चरणका उल्लेख्य समालोचक हुन् ।

तृतीय चरण (२००७-२०२४)[सम्पादन गर्नुहोस्]

यस चरणमा समालोचकका रूपमा प्रसिद्धि पाउन सफल धेरै समालोचक छन्, जसमध्ये पनि र्इश्वर बराल (१९८०-२०५४), कृष्णचन्द्र सिंह प्रधान १९८२- ?) र तारानाथ शर्मा (१९९१) विशेष प्रसिद्ध छन् ।

चतुर्थ चरण (२०२५ देखि हालसम्म)[सम्पादन गर्नुहोस्]

यस चरणका समालोचकहरूमा इन्द्रबहादुर राई (१९८४), केशवप्रसाद उपाध्याय (१९९०), गोविन्द भट्ट (१९९४), ठाकुर पराजुली (१९९७), मोहनराज शर्मा (१९९७), वासुदेव त्रिपाठी (१९९९), दयाराम श्रेष्ठ (२०००) को नाम अग्र पङ्क्तिमा रहेको देखिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]