नेपाली युनिकोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली युनिकोड कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई भनिन्छ। यसमा भएको विकासले नै विकिपिडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरूपता आएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कम्प्युटर बनाउनेहरूले यसमा प्रयोग हुने सबै अक्षर तथा अङ्कहरूलाई कम्प्युटरले बुझ्ने एकमात्र भाषा बाइनरि (अङ्ग्रेजीमा binary) भाषामा सङ्केतबद्ध गर्नका निम्ति एस्कि (ASCII) प्रयोगमा ल्याए। एस्कि प्रणालीमा अङ्ग्रेजीमा प्रयोग गरिने २६ वटा ठूला अक्षर, २६ वटा साना अक्षर, १० अङ्क र अन्य लिपि-सङ्केतहरू गरी जम्मा १२८ वटा सङ्केतहरूलाई मात्र आबद्ध गर्न सकिन्छ। फलस्वरूप कम्प्यटरमा अङ्ग्रेजी भाषाका अक्षरहरू मात्र प्रयोग गर्न सकियो। युरोपकै धेरै भाषामा प्रयोग गरिने बर्णमालाका कतिपय अक्षरहरू पनि त्यसमा अटाएनन्। पछि युरोपका ती अक्षरहरू अटाउने गरी एस्किलाई बिस्तार गरी २५६ सङ्केतहरू अट्ने बनाइयो।

अझै पनि देवनागरी, जापानी, चिनीया, कोरियाली, उर्दू लगायत विश्वका थुप्रै भाषाका बर्णमाला सङ्केताबद्ध भएनन्। जापानी, कोरियाली र चिनियाहरूले त्यसको निम्ति बैकल्पिक व्यवस्था तयार पारेर समस्या समाधान गरे पनि, देवनागरीको कुनै व्यवस्था नभैसकेको अवस्थामा नेपाली भाषाका प्रयोगकर्ताहरूलाई घरायसी र कार्यालयका दैनिक कामकाजहरू कम्प्युटरको सहायताले गर्दा धेरै समस्या पर्ने गर्थे। कम्प्युटरले नेपाली भाषा नचिन्नु नै त्यसको मुख्य कारण थियो।

छापाखाना लगायत अन्य प्रकाशकहरूले एस्किकै फन्टहरूलाई नेपाली अक्षरको रूपमात्र दिएर समस्याको कामचलाउ समाधान निकाले । जस्तै: आमा टेक्स्टुअल वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-१९ मिति, प्रिती, रुकमिनी आदि तथा गणितको काम गर्न सजिलो होस् भनेर केबिना म्याथ, आमा न्यूमेरीक वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-१९ मितिजस्ता थुप्रै फन्टहरूले एस्किकै अक्षरहरूलाई आ-आफ्ना हिसाबले नेपाली रूप दिए। त्यसो गर्नाले फरक-फरक फन्ट बिच एकरूपता भएन र नेपालीमा टाइप गरिएका कुराहरू कम्प्युटरमा सङ्ग्रह गर्दा अङ्ग्रेजीमा सङ्ग्रह हुने गर्थ्यो।

अन्तर्राष्ट्रिय स्तरमै नेपाली लगायत यस्ता थुप्रै भाषाहरूलाई कम्प्युटरमा सङ्केताबद्ध गर्न युनिकोड प्रणालीको विकास गरियो। युनिकोडमा संसारका थुप्रै भाषाका गरी करिब एक लाख अङ्क र अक्षरहरू सङ्केताबद्ध गरिएको छ। यसो गर्नाले ती सबै बर्णमालाका अक्षरहरू कम्प्युटरले सङ्ग्रह गर्दा ती अक्षरको आ-आफ्नै सङ्केत प्रयोग गर्न सक्यो।

विशेषताहरू[सम्पादन गर्नुहोस्]

नेपालमा पहिले अङ्ग्रेजी नजान्नेले कम्प्युटर सिक्न निक्कै गाह्रो थियो। तर अब त्यस्तो अवस्था छैन। किनभने कम्प्युटरले नेपाली भाषा बुझ्न थालेको छ। हाल उपलब्ध खुला-श्रोत वा व्यवसायिक आधुनिक सञ्चालन प्रणाली र अन्य सफ्टवेयरहरूमा युनिकोड प्रयोग क्षमता हुन्छ। नेपाली भाषामा कम्प्युटर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा भएको युनिकोड सुविधा खोल्नु पर्ने हुन सक्छ, तर कतिपयमा यो सुरुमै खोलिएको पनि हुन सक्छ।

एकरूपता[सम्पादन गर्नुहोस्]

एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि रूपरङ्ग विग्रने जस्ता यावत समस्याको समाधान नेपाली युनिकोड हो। युनिकोडले नेपाली (देवनागरी) लिपिका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अङ्ग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझिने समस्या साँच्चै समाधान भएको छ।

फाइदाहरू[सम्पादन गर्नुहोस्]

  • सञ्चालन प्रणालीमा नेपाली भाषाको व्यापक प्रयोग
  • अ आ ..... क ख ग घ गरी क्रम मिलाउन सकिने
  • अङ्ग्रेजी र नेपालीका अक्षरहरूलाई मिसाएर लेख्न र फेर्न सकिने
  • फाइलको नाम पनि नेपालीमै दिन सकिने
  • निश्चिच नेपाली फण्ट नभए पनि कम्प्युटरको पूर्वनिर्धारित नेपाली फण्टले फाइल खोल्न/पढ्न सकिने
  • नोटप्याड एक्सेल फ्रन्टपेज जुनसुकै प्रोग्राममा पनि चल्ने
  • नेपालीमा नै इमेल पठाउन सकिने
  • नेपाली इन्टरनेट पेजका लेख नक्कल गर्न सकिने
  • नेपाली शब्द नै प्रयोग गरेर इन्टरनेटका गुगल लगायतका खोज यन्त्रहरूमा चाहिएको कुरा खोज्न सकिने, आदि

स्वरूप[सम्पादन गर्नुहोस्]

नेपाली युनिकोडमा चलाउन मिल्ने विभिन्न फन्टहरू पनि बनेका छन् जसको प्रयोगले आकर्षक अक्षरहरू छाप्न सकिन्छ। कालीमाटी, मङ्गल, केबिना युनिकोड, थाक्या राविसन, समानता, जनसंस्कृत, कोकिला, रघुहिन्दी, यूनि नेपाली, कान्जिरोवा, गार्गी आदि देवनागरी फन्टका केही उदाहरणहरू हुन्।

प्रयोग[सम्पादन गर्नुहोस्]

कुञ्जिपठ परिवर्तन[सम्पादन गर्नुहोस्]

परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो हुन्छ। अङ्ग्रेजी र नेपाली कुञ्जिपठहरू बिच परिवर्तन गर्न विन्डोज कम्प्युटरमा Alt+Shift थिचेर गर्न सकिन्छ। यस्तै फेरी Alt+Shift थिच्तै पहिलेकै कुञ्जिपठ छान्न पनि सकिन्छ। त्यसतै अन्य सञ्चालन प्रणालीका आ-आफ्नै छोटकरी उपायहरू छन्। छानिएको कुञ्जिपठको बारेमा टास्क बारमा NP, NE, NEP, Nepali, SA (नेपाली जनाउन), EN, En, Eng, English (अङ्ग्रेजी जनाउन) आदि सङ्केतहरूले जनाउ दिन्छ।

उपलब्धता[सम्पादन गर्नुहोस्]

नेपाली युनिकोड विश्व यूनिकोड कन्सोर्सियमको गुणस्तरअनुसार विन्डोज, लिनक्स, म्याकिन्टोस लगायत थुप्रै सञ्चालन प्रणालीमा उपलब्ध छ। त्यस्तै नेपालका विभिन्न संस्थाहरूले पनि यसको प्रयोग सजिलो बनाउन र युनिकोड फन्ट विकासमा थुप्रै कार्यहरू गरेका छन्। यस मध्ये मदन पुरस्कार पुस्तकालयले खुला श्रोत लिनक्सको निम्ति कुञ्जिपठ र सबै तिर प्रयोग गर्न सकिने धेरै नि:शुल्क फन्टहरूको विकास गरेको छ।

विन्डोज ९८मा युनिकोड सङ्केताबद्ध नभएकाले युनिकोड प्रयोग गर्न मिल्दैन। तर विन्डोज २००० र नयाँ संस्करणहरूमा भने, यो चल्छ। लिनक्समा भने सित्तैमा डाउनलोड गर्न सकिने लगभग सबै नयाँ संस्करणहरूमा युनिकोड सुबिधा छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]